सामग्रीमा जानुहोस्

शेख हसिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शेख हासिना
मस्कोभा सम्मेलनमा शेख हासिना
बङ्गलादेशको १२औँ प्रधानमन्त्री
कार्यकाल
६ जनवरी, २००९ – ५ अगस्ट २०२४
राष्ट्रपतिइयाजउद्दिन आहम्मेद
जिल्लुर रहमान
आब्दुल हामिद
पूर्वाधिकारीफखरुद्दीन आहमेद
कार्यकाल
२३ जुन, १९९६ – १५ जुलाई, २००१
राष्ट्रपतिआबदुर रहमान विश्वास
शाहाबुद्दिन आहमेद
पूर्वाधिकारीमुहाम्मद हाबिबुर रहमान
उतराधिकारीलतिफुर रहमान
राष्ट्रिय संसद प्रतिपक्षी नेत्री
कार्यकाल
१० अक्टोबर, २००१ – २९ अक्टोबर, २००६
पूर्वाधिकारीखालेदा जिया
उतराधिकारीखालेदा जिया
कार्यकाल
२० मार्च, १९९१ – ३० मार्च, १९९६
पूर्वाधिकारीए. एस. एम. आबदुर रब
उतराधिकारीखालेदा जिया
बङ्गलादेश अवामी लिग
पद बहाली
१७ मे १९८१ – हाल
पूर्वाधिकारीआसादुज्जामान खान
व्यक्तिगत विवरण
जन्म (1947-09-28) २८ सेप्टेम्बर १९४७ (उमेर ७७)
टुङ्गिपाडा, गोलापगञ्ज, तत्कालीन वृहत् फरिदपुर जिल्ला, पूर्व बाङ्ला, पाकिस्तान
(वर्तमान बङ्गलादेश)
राष्ट्रियताबङ्गलादेशी
राजनीतिक दलबङ्गलादेश अवामी लिग (सन् १९८१–हाल)
अन्य राजनीतिक
संलग्नता
महाजोट (२००८–हाल)
जीवन साथीवाजेद मिया
सन्तान(हरू)सजीव वाजेद जोय
सायमा वाजेल पुतुल
अभिभावकs
मातृ शिक्षाप्रतिष्ठानआजिमपुर कन्या उच्च विद्यालय
इडेन कन्या महाविद्यालय
ढाका विश्वविद्यालय

शेख हसिना दक्षिण एसियाली राष्ट्र बङ्गलादेशकी १० औं प्रधानमन्त्री हुन्। उनको जन्म सन् १९४७ सेप्टेम्बर २८ का दिन पूर्वी बङ्गालको टुङ्गिपाडा भन्ने ठाउँमा भएको थियो। उनी बङ्गलादेशकी १०औँ प्रधानमन्त्री हुन् र उनले यो पद सन् २००९ जनवरीबाट सम्हाल्दै आएकी छन्। साथै उनी बङ्गलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने व्यक्ति समेत हुन्।

शेख हसिना बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हुन्। उनको राजनितिक जीवन करिब ४ दशक भन्दा लामो रहेको छ। उनी सन् १९८६ देखि १९९० र सन् १९९१ देखि १९९५ सम्म प्रतिपक्षी दलको नेताको रूपमा रहेकी थिइन् भने उनी सन् १९९६ देखि सन् २००१ सम्म बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा कार्यरत थिइन् भने उनले सन् १९८१ देखि अवामी लिगको सभापतिको दायित्व पालन गरेकी थिइन्।[][][][] सन् २००८ मा जनताको अधिक मतका कारण उनी प्रधानमन्त्री चुनावमा विजयी भई पुनः प्रधानमन्त्री पदमा निर्वाचित भएकी थिइन्।

सन् २०१४ जनवरीमा एक विरोधीदलबिहीन निर्वाचनमा उनी तेस्रो पटक जस्तै प्रधानमन्त्री पदमा निर्वाचित भएकी थिइन् तर त्यो निर्वाचनलाई विपक्षीले अस्वीकार गरेका थिए भने अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि यसको बारेमा आलोचना गरेका थिए। सन् २०१६ मा उनी चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् भने उक्त निर्वाचनलाई विपक्षीद्वारा धाँधली भएको आरोप लगाइएको थियो। हसिना विश्वका सर्वश्रेष्ठ क्षमताशाली महिला व्यक्तिहरूको रूपमा पनि चुनिएकी थिइन्। सन् २०१६ मा फोर्ब्स पत्रिकाद्वारा सार्वजनिक एक प्रतिवेदनका अनुसार विश्वका १०० क्षमताशाली महिलाहरूको सूचीमा हसिना शीर्ष २६ मा पर्न सफल भएकी थिइन् भने सोही पत्रिकाद्वारा सन् २०१७ मा सार्वजनिक सोही शीर्षकको सूचीमा उनी ३०औँ स्थानमा रहेकी थिइन्।[] यस बाहेक शेख हसिनालाई अमेरिका स्थित पत्रिकाले विदेश नीतिको आधारमा विश्वका शीर्ष १०० विश्वव्यापी विचारकहरूको सूचीमा सामेल गरेको थियो।[] उनी विश्व महिला नेत्री परिषद्की एक सदस्य पनि हुन् जो वर्तमान र पूर्व महिला अध्यक्षहरू तथा प्रधानमन्त्रीहरूको एक अन्तर्राष्ट्रिय सञ्जाल हो।[] प्रधानमन्त्रीको रूपमा उनको कार्यकालमा धेरै घोटालाहरू र अधिनायकवादी घटनाहरू घटेका थिए। पद्मा सेतु काण्ड, हलमार्क स‍नालि बैङ्क काण्ड, शेयर बजार काण्ड, रानम प्लाज ध्वस र बङ्गलादेश सडक सुरक्षा आन्दोलन आदि उनको शासाकालका केही प्रख्यात काण्डहरू रहेका थिए।[] उनको शासनकालमा उनले आर्थिक विकासको लागि प्रशंसा प्राप्त गरेकी थिइन्।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

शेख हसिनाको जन्म सन् १९४७ सेप्टेम्बर २८ का दिन पूर्वी पाकिस्तानको टुङ्गिपाडामा भएको थियो। उनको बुबा बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमान र उनकी आमा बेगम फाजिलातुन्नेछा थिइन्। हसिनाले टुङ्गिपाडामा प्रारम्भिक शिक्षा लिएकी थिइन् भने सन् १९५४ देखि उनी आफ्नो परिवारको साथमा ढाकाको मोगलटलिको रजनी बोस लेनको घरमा बसोबास गर्न सुरु गरेकी थिइन् र पछि उनको परिवार मिन्टो सडकमा रहेको एक सरकारी निवासमा सरेका थिए। सन् १९५६ मा उनी थप शिक्षा हासिल गर्नका लागि टिकाटुलीमा रहेको नारीशिक्षा मन्दिर कन्या विद्यालयमा भर्ना भएकी थिइन्। सन् १९६१ अक्टोबर १ देखि उनको परिवार धानमोन्डी स्थित ७२ सङ्ख्याको घरमा बस्न सुरु गरेका थिए।

शेख हसिनाले सन् १९७३ मा ढाका विश्वविद्यालयबाट स्नातकोत्तर सम्पन्न गरेकी थिइन्। विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा उनको वाजेद मियाँसँग विवहा भएको थियो। हसिना र वाजेदका सजीव वाजेद जोय र सायमा वाजेल पुतुल नामक दुइ सन्तानहरू रहेका छन्। वाजेद मियाको सन् २००९ मा मृत्यु भएको थियो। सन् १९७५ अगस्ट १५ का दिन सैनिक विद्रोहमा उनी र उनको बहिनी शेख रेहाना बाहेक उनको परिवारका सबै सदस्यहरू मारिएका थिए भने तत्कालीन समयमा उनी र उनकी बहिनी पश्चिम जर्मनीमा अध्ययन गरिरहेका थिए।

दोस्रो प्रधानमन्त्रीकाल (२००९-२०२४)

[सम्पादन गर्नुहोस्]

दोस्रो कार्यकाल (२००९-२०१४)

[सम्पादन गर्नुहोस्]

तेस्रो कार्यकाल (२०१४–२०१९)

[सम्पादन गर्नुहोस्]

चौथो कार्यकाल (२०१९–२०२४)

[सम्पादन गर्नुहोस्]

पाँचौं कार्यकाल र राजीनामा (२०२४)

[सम्पादन गर्नुहोस्]
हसिनाले फेब्रुअरी २०२३ मा कोटालीपारा, गोपालगञ्ज मा पार्टी रैलीलाई सम्बोधन गर्दै
२०२४ मा ६० औं म्यूनिख सुरक्षा सम्मेलनमा अजरबैजानी राष्ट्रपति इल्हाम अलीयेभ र हसिना

मुख्य विपक्षीले बहिष्कार गरेको चुनावमा कम मतदाताको उपस्थितिको बीचमा उनको पार्टी, अवामी लिगले ३०० संसदीय सीटहरू मध्ये २२४ सिट जित्दा हसिनाले लगातार चौथो कार्यकाल जितिन्।[१०]

जुलाई २०२४ मा, कोटा प्रणाली सुधारको समर्थनमा विरोध प्रदर्शन भयो। [११] प्रतिक्रियामा, हसिनाले एक प्रेस सम्मेलनमा भने,

स्वतन्त्रता सेनानीका नातिनातिनाले कोटाको सुविधा नपए के त्यो रजाकारका नातिनातिनामा पाउने हो ? देशवासीलाई मेरो प्रश्न यही हो ।[१२]

प्रदर्शनकारीहरूले यसलाई हसिनाले उनीहरूलाई रजाकार भनेर सम्बोधन गरेको रुपमा लिए र सम्बोधनलाई उनीहरूका केही नाराहरूमा अपनाए। [१३][१४] प्रहरी, सशस्त्र बल र अवामी लिग, छात्र लीग र जुबो लीगका सदस्यहरू संलग्न भए पछि विरोध प्रदर्शन हिंसात्मक भयो, जसको परिणामस्वरूप २०० भन्दा बढीको मृत्यु भयो र २०,००० भन्दा बढी घाइते भए।[१५][१६][१७] त्यसपछि सरकारले सबै गैर-आवश्यक उद्देश्यका लागि इन्टरनेट पहुँच बन्द गर्‍यो, सशस्त्र बलको सहयोगमा प्रदर्शनकारीहरूमाथि ठूलो दमन सञ्चालन गर्‍यो र पाँच दिनसम्म कर्फ्यू लगाइयो।[१८][१९] सर्वोच्च अदालतले कोटा प्रणाली परिमार्जन गर्न सहमति जनाएको थियो,[२०][२१] तर प्रदर्शनकारीहरूले त्यसपछि प्रदर्शनका क्रममा मारिएकाहरूका लागि न्याय र हसिनाबाट आधिकारिक माफी माग गरे र हिंसा भड्काउन जिम्मेवार ठानेका केही मन्त्रीहरूको राजीनामा माग गरे।[२२][२३] ३ अगस्टमा, आन्दोलन आयोजकले एउटै माग हसिना र उनको सम्पूर्ण मन्त्रिपरिषद्को राजीनामा माग गर्दै[२४] असहयोग आन्दोलन घोषणा गरे। राखेर असहयोग आन्दोलनको घोषणा गरे,[२५] उनले दुई दिनपछि अगस्ट ५ मा राजीनामा दिएकी थिइन् । उनको राजीनामा सेनाका प्रमुख वकेर-उज-जमानले घोषणा गरेका थिए, जसले पछि एक विज्ञप्तिमा भने, "म अहिले जिम्मेवारी लिइरहेको छु र यस बीचमा हामी राष्ट्रपतिसमक्ष जानेछौं र देशको नेतृत्व गर्न अन्तरिम सरकार गठन गर्न आग्रह गर्नेछौं।" [२६][२७][२८][२९] त्यही दिन उनी देश छोडेर भारत गएकी थिइन् ।[] उनका छोरा सजीब वाजेदले आफू राजनीतिमा नफर्किने बताएका छन् ।[३४][३५]

६ अगस्त २०२४ सम्म, शेख हसिना कडा सुरक्षामा भारत भित्र गोप्य स्थानमा बस्दै छिन्। [३६]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "AL hold 20 th council with Sheikh Hasina"। BSS। सङ्ग्रह मिति ६ नोभेम्बर २०१६ 
  2. "Hasina re-elected AL president, Obaidul Quader general secretary"। Dhaka Tribune। 
  3. "Legacy of Bangladeshi Politics"। Asian Tribune। 
  4. "Sheikh Hasina Wazed"Encyclopædia Britannica। सङ्ग्रह मिति १५ फेब्रुअरी २०१५ 
  5. "The World's 100 Most Powerful Women"Forbes। Forbes। ४ डिसेम्बर २०१८। सङ्ग्रह मिति ४ डिसेम्बर २०१८ 
  6. "The World's 100 Most Powerful Women"Forbes। Forbes। १ नोभेम्बर २०१७। सङ्ग्रह मिति २ नोभेम्बर २०१७ 
  7. "2019 Global Thinkers"Foreign Policy। Foreign Policy। १५ जनवरी २०१९। सङ्ग्रह मिति १५ जनवरी २०१९ 
  8. "Council of Women World Leaders Biographies" (PDF)। सङ्ग्रह मिति ९ अप्रिल २०१९ 
  9. "Landslide victory for Bangladesh ruler in polls hit by violence"The Business Times (अङ्ग्रेजी भाषा)। ३१ डिसेम्बर २०१८। सङ्ग्रह मिति ३१ डिसेम्बर २०१८ 
  10. "Bangladesh election: PM Sheikh Hasina wins fourth term in controversial vote" (en-GBमा), ७ जनवरी २०२४, अन्तिम पहुँच ५ अगस्ट २०२४ 
  11. Hasnat, Saif (११ जुलाई २०२४), "Tens of Thousands of Students Protest Job Quotas in Bangladesh's Streets", The New York Times, मूलबाट १५ जुलाई २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०२४ 
  12. "How PM Hasina's 'razakar' barb became catchword of Bangladesh protests; here's what it means", WION, २० जुलाई २०२४। 
  13. "মধ্যরাতে 'তুমি কে, আমি কে, রাজাকার রাজাকার' স্লোগানে উত্তাল ঢাকা বিশ্ববিদ্যালয়", Jaijaidin (बङ्गालीमा), १५ जुलाई २०२४। 
  14. "Protest erupts at Dhaka University over PM's quota remarks", Dhaka Tribune, १५ जुलाई २०२४। 
  15. "কোটা সংস্কার আন্দোলন: সংঘর্ষে নিহত ৬", RTV (बङ्गालीमा), अन्तिम पहुँच १६ जुलाई २०२४ 
  16. "সারাদেশে সহিংসতায় নিহত ১১" [11 killed in violence across the country], RTV (बङ्गालीमा), अन्तिम पहुँच १८ जुलाई २०२४ 
  17. "Drenched in blood – how Bangladesh protests turned deadly", www.bbc.com (en-GBमा), मूलबाट ४ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०२४ 
  18. "Bangladesh wakes to TV, internet blackout as deadly protests spike", France 24 (अङ्ग्रेजीमा), १९ जुलाई २०२४, मूलबाट २४ जुलाई २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०२४ 
  19. Shih, Gerry (१९ जुलाई २०२४), "Bangladesh imposes curfew after dozens killed in anti-government protests", Washington Post (en-USमा), आइएसएसएन 0190-8286, मूलबाट २० जुलाई २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०२४ 
  20. "Bangladesh's top court rolls back some job quotas after deadly protests", २१ जुलाई २०२४। 
  21. "Bangladesh's top court scales back 'discriminatory' job quota system after deadly protests", २१ जुलाई २०२४। 
  22. "Bangladesh protests resume after ultimatum ignored", CNA, २९ जुलाई २०२४, मूलबाट २९ जुलाई २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०२४  वेब्याक मेसिन अभिलेखिकरण २९ जुलाई २०२४ मिति
  23. "In Bangladesh, protests are no longer about the quota system", Aljazeera, २३ जुलाई २०२४, मूलबाट २५ जुलाई २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुलाई २०२४ 
  24. "One-point demand: Protesters call for PM Hasina to step down", Dhaka Tribune, ३ अगस्ट २०२४। 
  25. "It's now one point", The Daily Star, ३ अगस्ट २०२४, मूलबाट ३ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अगस्ट २०२४ 
  26. Isaac Yee; Tanbirul Miraj Ripon (५ अगस्ट २०२४), "Bangladesh prime minister resigns as deadly anti-government rallies grip nation", CNN (अङ्ग्रेजीमा)। 
  27. "Sheikh Hasina lands at Hindon Air Base near Delhi, after resigning as Bangladesh PM", The Economic Times, ५ अगस्ट २०२४। 
  28. Gupta, Anant (५ अगस्ट २०२४), "Bangladeshi Prime Minister Sheikh Hasina resigns, army chief says", Washington Post 
  29. Alam, Julhas; Pathi, Krutika (५ अगस्ट २०२४), "Prime Minister Sheikh Hasina resigns and leaves Bangladesh, ending 15-year rule", Associated Press, अन्तिम पहुँच ५ अगस्ट २०२४ 
  30. "Sheikh Hasina resigns LIVE updates: Army to form interim government amid Bangladesh crisis" (en-INमा), ५ अगस्ट २०२४, मूलबाट ५ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०२४ 
  31. Dhar, Aniruddha (५ अगस्ट २०२४), "Bangladesh Prime Minister Sheikh Hasina resigns, flees country as protestors storm palace", Hindustan Times, अन्तिम पहुँच ५ अगस्ट २०२४ 
  32. "Bangladesh protests: Sheikh Hasina resigns as Bangladesh PM, leaves country with sister: reports" (en-INमा), ५ अगस्ट २०२४, मूलबाट ५ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०२४ 
  33. Ethirajan, Anbarasan (५ अगस्ट २०२४), "How Bangladesh's protests ended Sheikh Hasina's 15-year reign", BBC News, मूलबाट ५ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०२४ 
  34. "My mother will not return to politics: Sajeeb Wazed Joy", The Business Standard (अङ्ग्रेजीमा), ५ अगस्ट २०२४। 
  35. "Hasina won't return to politics: Joy", The Daily Star, ५ अगस्ट २०२४। 
  36. "Hasina moved to secure location in India", Dhaka Tribune (अङ्ग्रेजीमा), ६ अगस्ट २०२४, अन्तिम पहुँच ६ अगस्ट २०२४ 
  1. Multiple references:[३०][३१][३२] to India.[३३]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
राजनीतिक कार्यकाल
पूर्वाधिकारी बङ्गलादेशका प्रधानमन्त्री
जुन २३, १९९६ - जुलाई १५, २००१
पछिल्लो
लतिफुर रहमान
पूर्वाधिकारी बङ्गलादेशको प्रधानमन्त्री
जनवरी ६, २००९ – हाल
बहालवाला