सामग्रीमा जानुहोस्

हुमायुन आहमेद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हुमायुन आहमेद
सन् २०१० मा आहमेद
सन् २०१० मा आहमेद
मूल नाम
হুমায়ূন আহমেদ
जन्म(१९४८-११-१३)१३ नोभेम्बर १९४८[]
नेत्रकोना, मयमनसिंह, पूर्वी बङ्गाल, पाकिस्तान (हाल नेत्रकोना, मयमनसिंह विभाग,  बङ्गलादेश)
मृत्यु१९ जुलाई २०१२(2012-07-19) (उमेर ६३)
न्युयोर्क, संयुक्त राज्य अमेरिका
समाधि स्थलनुहास पोल्ली, पिरूजाली सङ्घ, गाजीपुर, बङ्गलादेश
पेशालेखक, चलचित्र निर्देशक, पटकथा लेखक, नाटककार
राष्ट्रियताबङ्गलादेशी
शिक्षापोलिमर रसायनशास्त्रीमा विद्यावारिधी
अल्मा मेटरढाका विश्वविद्यालय (विज्ञान स्नातक, विज्ञान स्नातकोत्तर)
नर्थ डाकोटा स्टेट विश्वविद्यालय, (विद्यावारिधि)
उल्लेखनीय पुरस्कारहरूबाङ्ला एकेडेमी साहित्य पुरस्कार
एकुशे पदक
सक्रिय अवधिसन् १९७२–२०१२
जीवनसाथी
  • गुलतकिन खान
    (
    वि १९७६; सवि २००३)
  • मेहेर आफरोज साओर
    (
    वि २००४⁠–⁠२०१२)
    []
बच्चाहरू
  • नोभा आहमेद
  • शिल्पा आहमेद
  • विपाशा आहमेद
  • नुहासा हुमायनु
  • निशाद हुमायुन
  • निनिथ हुमायुन
आफन्तहरू

हस्ताक्षर

हुमायुन आहमेद (१३ नोभेम्बर १९४८ - १९ जुलाई २०१२) एक बङ्गलादेशी उपन्यासकार, लघु कथा लेखक, नाटककारगीतकार, पटकथा लेखक तथा चलचित्र निर्माता थिए।[][] उनी बीसौँ शताब्दीका सबैभन्दा लोकप्रिय बङ्गाली कथा लेखकहरू मध्ये एक हुन्। उनलाई बङ्गलादेशको स्वतन्त्रतापछिका महान् लेखकहरूमध्ये एक मानिन्छ। उनी बङ्गाली कथामा संवादको नयाँ शैलीका अग्रणी साहित्यकार तथा आधुनिक बङ्गाली विज्ञान कथाका प्रवर्तक हुन्। उनी एक नाटकचलचित्र निर्देशकको रूपमा पनि प्रशंसित छन्। उनका प्रकाशित पुस्तकको सङ्ख्या तीन सयभन्दा बढी रहेको छ। उनका धेरै पुस्तकहरू विश्वका विभिन्न भाषाहरूमा अनुवाद गरिएका छन् जसमध्ये केही विद्यालय, कलेज तथा विश्वविद्यालयहरूको पाठ्यक्रममा समावेश गरिएको छ। मिसिर आली र हिमु उनले सिर्जना गरेका दुई लोकप्रिय काल्पनिक पात्रहरू हुन्।

ढाका कलेजबाट उच्च माध्यमिक शिक्षा पूरा गरेपछि उनले ढाका विश्वविद्यालयबाट रसायन शास्त्र र नर्थ डकोटा स्टेट युनिभर्सिटीमा पोलिमर रसायनशास्त्रको अध्ययन गरे। उनले ढाका विश्वविद्यालयमा रसायनशास्त्रको प्राध्यापकको रूपमा लामो समयसम्म काम गरेका थिए। पछि उनले लेखन र चलचित्र निर्माणका लागि शिक्षण पेशा त्यागेका थिए।

सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्ध क्रममा उनलाई पाकिस्तानी सेनाद्वारा पक्राउ गरी यातना दिइएको र गोली हानी गम्भीर घाइते बनाएको थियो। यद्यपि उनी चमत्कारिक रूपमा बाँच्न सफल भएका थिए।[] हुमायुुन आहमेदको पहिलो उपन्यास नन्दित नरके सन् १९७२ मा प्रकाशित भएको थियो। सन् १९७० को दशकदेखि आफ्नो मृत्युसम्म उनी बङ्गाली कथा र उपन्यासका एक अद्वितीय साहित्यकार थिए। यस अवधिमा उनका कथा र उपन्यासको लोकप्रियता निकै उच्च रहेको थियो। हिमु, मिसिर आली र शुभ्रो पात्रहरूको उनको अभूतपूर्व सिर्जनाले बङ्गलादेशका युवाहरू माझ नयाँ तथा गहिरो तरङ्ग छाडेको छ। विज्ञान कथा पनि उनको सिर्जनाको एक भाग हो उनले लेखेको पहिलो विज्ञान कथा तोमादेर जोन्नो भालोबासा हो। त्यसपछि उनका टेलिभिजन नाटकहरूले निकै लोकप्रियता प्राप्त गरेका थिए। सङ्ख्यामा धेरै नभए पनि उनले लेखेका गीतले पनि लोकप्रियता हासिल गरेका छन्। उनका केही उपन्यासहरू मध्यहु, जोछना र जननीर गोल्पो, मताल हावा, लीलावती, कवि, बादशाह नामदार आदि हुन्। सन् १९८१ मा उनले बङ्गाली साहित्यको उपन्यास शाखामा उनको उल्लेखनीय योगदानको लागि बाङ्ला एकेडेमीद्वारा प्रदान गरिएको बाङ्ला एकेडेमी साहित्य पुरस्कार प्राप्त गरेका थिए। सन् १९९४ मा बङ्गलादेश सरकारले उनलाई बङ्गाली भाषा र साहित्यमा उनको योगदानको लागि देशको दोस्रो सर्वोच्च नागरिक सम्मान एकुशे पदकबाट सम्मानित गरेको थियो।

उनीद्वारा निर्मित चलचित्रहरूको सामान्य रूपमा व्यापक प्रशंसा गरिएको थियो। सन् १९९४ मा बङ्गलादेशको मुक्ति युद्धमा आधारित उनको पहिलो चलचित्र आगुनेर परश्मोनी सार्वजनिक भएको थियो। यस चलचित्रले उत्कृष्ट चलचित्र विधामा राष्ट्रिय चलचित्र पुरस्कार सहित आठ वटा पुरस्कार जितेको थियो। उनका अन्य प्रशंसित चलचित्रहरू श्रावण मेघर दिन (सन् १९९९), दुई दुवारी (सन् २०००), श्यामल छाया (सन् २००४) र घेतु पुत्र कमला (सन् २०१२) हुन्। 'श्यामल छाया' र 'घेतुपुत्र कमला' बङ्गलादेशबाट विदेशी भाषाको चलचित्र विधामा ओस्कार पुरस्कारका लागि मनोनयनमा परेका थिए। उनले आफ्नो चलचित्र घेतु पुत्र कमलाको लागि सर्वश्रेष्ठ निर्देशक विधामा राष्ट्रिय चलचित्र पुरस्कार पनि प्राप्त गरेका थिए।

समुद्र विलास, जहाँ आहमेदलेे लेख्ने गरेका थिए

एक लेखकको रूपमा आहमेदका २०० भन्दा बढी कथाउपन्यासहरू रहेका छन्। उनको कृतिको एक मुख्य विशेषता समृद्ध कथा हो। यसबाहेक उनले आफ्ना साहित्यिक कृतिहरू मार्फत सहजतापूर्वक र विश्वसनीय रूपमा अवास्तविक घटनाहरूलाई मूर्त रूप दिन सफल मानिन्छन्। उनका कथा र उपन्यास प्रायः संवादमुखी छन्। उनको कथन सरल र सहस छ भने उनीसँग सानो क्षेत्रमा केही वाक्यहरूको साथ पात्रहरू चित्रण गर्न अभूतपूर्व प्रतिभा रहेको मान्न सकिन्छ। उनका कृतिहरूमा सामाजिक चेतनाको कुनै कमी नभएको र राजनीतिक प्रोत्साहनहरू उनको कृतिमा कतैपनि झल्किएका छैनन्।। सबै कृतिहरूसँग सद्भावनाको बलियो भावना हुन्छ; फलस्वरूप उनको लेखनमा 'नकारात्मक' पात्रले पनि राम्रो रूप प्राप्त गर्ने गरेको छ। यस सन्दर्भमा उनी अमेरिकी लेखक जोन स्टाइनबेकबाट प्रभावित थिए।

हुमायुुन आहमेदद्वारा निर्मित नुहस पल्लीमा "वृष्टि विलास", जहाँ आहमेद काव्यात्मक धारणमा बसेर वर्षाको आनन्द लिन्थे

धेरै कृतिहरूमा उनको व्यक्तिगत अनुभव र धारणाको प्रतिबिम्ब देख्न सकिन्छ। ऐतिहासिक प्रसङ्गमा लेखिएको उपन्यास मोध्यान्नो उनको उत्कृष्ट कृतिमध्येको एक मानिन्छ। यसबाहेक जोशना ओ जननीर गोल्पो अर्को ठूलो कृति हो जुन सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धमा आधारित छ। यद्यपि उनले प्रायः समकालीन घटनाहरूको बारेमा लेखेका छन्।

दर्शक तथा समालोचकहरूको प्रतिक्रिया

[सम्पादन गर्नुहोस्]

नोबेल पुरस्कार विजेता बङ्गलादेशी अर्थशास्त्री मुहम्मद युनुसले हुमायुुन आहमेदको समग्र प्रभावको मूल्याङ्कन गर्दै भनेका थिए "रवीन्द्रनाथ ठाकुरकाजी नजरुल इसलामपछि हुमायुनका कृतिहरू साहित्यमा सबैभन्दा गहन र सबैभन्दा फलदायी छन्"।[] त्यस्तै बङ्गलादेशी कवि अल महमुदले उनको बारेमा भनेका थिए "बङ्गाली साहित्यको एक स्वर्णयुग ठाकुर र नजरुलमार्फत समाप्त भएको र हुमायुुन आहमेदबाट अर्को युगको सुरुवात भएको छ"। बङ्गलादेशी लेखक इमदादुल हक मिलनले उनलाई "बङ्गाली साहित्यको सर्वशक्तिशाली सर्जक"को रूपमा वर्णन गरेका थिए जसले उनले सिर्जना गरेको चरित्रको सबै कार्य र विचारहरू नियन्त्रण गर्दछन्। बङ्गाली लेखक सुनील गङ्गोपाध्यायले उनलाई "बङ्गाली साहित्यमा एक शताब्दीको सबैभन्दा लोकप्रिय लेखक"को रूपमा वर्णन गर्दै उनी शरतचन्द्र चट्टोपाध्याय भन्दा बढी लोकप्रिय छन् भनेर भनेका थिए।[] बङ्गाली लेखक शिरशेन्दु मुखर्जीले उनलाई "उपमहाद्वीपका सर्वश्रेष्ठ लेखकहरूमध्ये एक"को रूपमा वर्णन गरेका थिए।[] बङ्गलादेशी लेखक तथा ढाका विश्वविद्यालयको अङ्ग्रेजी विभागका प्राध्यापक सैयद मन्जुरुल इसलामले आहमेदद्वारा बङ्गाली साहित्यमा नयाँ युगको सुरुवात भएको बताएका थिए। पाकिस्तानको सबैभन्दा पुरानो र सबैभन्दा धेरै पढिने अङ्ग्रेजी अखबार डनले उनलाई 'बङ्गलादेशको साँस्कृतिक किंवदन्ती' भनेर सम्बोधन गरेको थियो।[]

पुरस्कार तथा सम्मान

[सम्पादन गर्नुहोस्]

हुमायुन आहमेदलाई उनको थुप्रै बहु-आयामिक सिर्जनाहरूका लागि विभिन्न पुरस्कारहरू प्रदान गरिएको थियो। उनले सन् १९७३ मा बङ्गाली कथामा उनको योगदानको लागि लेखक शिविर पुरस्कार प्राप्त गरेका थिए। उनले सन् १९८१ मा बङ्गाली उपन्यासहरूमा उल्लेखनीय योगदानको लागि बाङ्ला एकेडेमी पुरस्कार प्राप्त गरेका थिए। उनले बङ्गलादेश शिशु एकेडेमी पुरस्कार पनि प्राप्त गरेका थिए। सन् १९८७ मा उनलाई माइकल मधुसूदन पदकबाट सम्मानित गरिएको थियो। सन् १९९० मा उनले हुमायुुन कादिर स्मृति पुरस्कार प्राप्त गरेका थिए। उनलाई जयनुल आबेदिन स्वर्ण पदकबाट पनि सम्मानित गरिएको थियो।

उनले सन् १९९२ मा चलचित्र शङ्खनील कारागारका लागि सर्वश्रेष्ठ कथा लेखकको लागि आफ्नो पहिलो राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए।[१०] सन् १९९४ मा बङ्गलादेश सरकारले उनलाई बङ्गाली भाषासाहित्यमा उनको उल्लेखनीय योगदानको लागि देशको दोस्रो नागरिक सम्मान एकुशे पदकबाट सम्मानित गरेको थियो। सोही वर्ष उनले चलचित्र आगुनेर परश्मोनीका लागि सर्वश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ कथा लेखक र सर्वश्रेष्ठ संवाद लेखकको विधामा तीनवटा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। उनले चलचित्र श्रवण मेघेर दिनका (सन् १९९९) लागि सर्वश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ कथा लेखक र सर्वश्रेष्ठ गीतकारको लागि बाचसास पुरस्कार जितेका थिए।[११] यसबाहेक साइट र साउन्ड पत्रिका सर्वेक्षणमा समीक्षकहरूको निर्णयमा यो चलचित्र शीर्ष १० बङ्गलादेशी चलचित्रहरूको सूचीमा नवौँ स्थानमा रहेको थियो।

आफ्नो उपन्यासमा आधारित उनले तौकीर आहमेदद्वारा निर्मित चलचित्र सिनामोन आइल्यान्डका (सन् २००७) लागि सर्वश्रेष्ठ पटकथाको लागि राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए।[१२] उनी ११औँ मेरिल-प्रथोम आलो पुरस्कारमा चलचित्र आमार अच्छे जल (सन् २००८) का लागि उत्कृष्ट चलचित्र निर्देशकको विधामा मनोनित भएका थिए। उनले आफ्नो उपन्यासमा आधारित मोर्सेदुल इस्लामद्वारा निर्देशित चलचित्र प्रियतोमेशु (सन् २००९) का लागि सर्वश्रेष्ठ कथा लेखकको लागि बाचसास पुरस्कार जितेका थिए। उनले चलचित्र घेतुपुत्र कमलाका (२०१२) लागि सर्वश्रेष्ठ निर्देशक र सर्वश्रेष्ठ पटकथाको लागि दुई राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए।[१३] यस चलचित्रको लागि उनले १५औँ मेरिल-प्रथोम आलो पुरस्कारमा समालोचक पुरस्कार विधामा सर्वश्रेष्ठ चलचित्र निर्देशकको पुरस्कार प्राप्त गरेका थिए। उनले आफ्नो उपन्यास अनिल बागचिर एकदिन (सन् २०१५) मा आधारित चलचित्रका लागि ४०औँ राष्ट्रिय चलचित्र पुरस्कारमा मरणोपरान्त सर्वश्रेष्ठ संवाद लेखकको पुरस्कार जितेका थिए।[१४]

तस्वीर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Humayun Ahmed's 71st birth anniversary : Refined musical taste of Humayun Ahmed", Dhaka Tribune, १३ नोभेम्बर २०१९, अन्तिम पहुँच १३ नोभेम्बर २०१९ 
  2. "চার বছর হুমায়ুন আহমেদ একা একা ঈদ করেছেন। ঈদের দিন খাবার দেবার মত লোক ছিলোনা।" (बङ्गालीमा), १३ नोभेम्बर २०१९, मूलबाट २०२१-१२-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ नोभेम्बर २०२०युट्युबद्वारा। 
  3. "The storytelling magician"দ্য ডেইলি স্টার (अङ्ग्रेजी भाषा)। २०१२-०७-२८। सङ्ग्रह मिति २०१७-१२-०८ 
  4. "Humayun Ahmed dies"bdnews24.com। १९ जुलाई २०१२। सङ्ग्रह मिति २२ जनवरी २०१८ 
  5. "'হুমায়ূন আহমেদ' : ফয়জুল লতিফ চৌধুরী"। বণিকবার্তা। 
  6. বারী, রাশিদুল (१६ अगस्ट २०१२)। "Tears for Humayun Ahmed: The Shakespeare of Bangladesh" (अङ्ग्रेजी भाषा)। দ্য টাইমস অব ইন্ডিয়া। सङ्ग्रह मिति १७ नोभेम्बर २०१७ 
  7. মুস্তফা, সাবির (२० जुलाई २०१२)। "Bangladesh's most enduring storyteller"বিবিসি নিউজ (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति १७ नोभेम्बर २०१७ 
  8. "'End of a new era in Bengali literature'" (अङ्ग्रेजी भाषा)। দি ইন্ডিপেন্ডেন্ট (বাংলাদেশ)। २२ जुलाई २०१२। सङ्ग्रह मिति १७ नोभेम्बर २०१७ 
  9. "Bangladesh mourns death of cultural legend Humayun Ahmed" (अङ्ग्रेजी भाषा)। ডন। আজঁস ফ্রঁস-প্রেস। २० जुलाई २०१२। सङ्ग्रह मिति १७ नोभेम्बर २०१७ 
  10. "জাতীয় চলচ্চিত্র পুরস্কার প্রাপ্তদের নামের তালিকা (১৯৭৫-২০১২)"বাংলাদেশ চলচ্চিত্র উন্নয়ন কর্পোরেশন। सङ्ग्रह मिति १८ अक्टोबर २०१५ 
  11. "একুশে পদকপ্রাপ্ত সুধীবৃন্দ"সংস্কৃতি বিষয়ক মন্ত্রণালয়। सङ्ग्रह मिति १६ नोभेम्बर २०१७ 
  12. "চার বছরের জাতীয় চলচ্চিত্র পুরস্কার ঘোষণা"দ্য ডেইলি স্টার। १ सेप्टेम्बर २००८। सङ्ग्रह मिति १६ नोभेम्बर २०१७ 
  13. "'জাতীয় চলচ্চিত্র পুরস্কার ২০১২' ঘোষণা"। দৈনিক ইত্তেফাক। ७ फेब्रुअरी २०१४। सङ्ग्रह मिति १६ नोभेम्बर २०१७ 
  14. "২০১৫ সালের 'জাতীয় চলচ্চিত্র পুরস্কার' ঘোষণা"। দৈনিক জনকণ্ঠ। १९ मे २०१७। सङ्ग्रह मिति १६ नोभेम्बर २०१३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]