अमेरिकाको स्वतन्त्रता दिवस
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ मा मनाइन्छ । यो सङ्घीय (सार्वजनिक) बिदाको दिन हो। यसलाई फोर्थ अफ जुलाई भनिन्छ। सन् १७७६ जुलाई ४ मा बेलायतबाट अमेरिका स्वतन्त्र भएका अवसरमा यो दिवस मनाइन्छ। यस अवसरमा पटाका, झिरझिरे बाल्नुका साथै कवाज गरिन्छ। मासु पोलेर खाने, उत्सव गर्ने, मेला गर्ने, वनभोज जाने, संगीत कार्यक्रम आदि गर्ने गरिन्छ।
[सम्पादन गर्ने] पृष्ठभूमी
यो सन्दर्भ करिब अढाई सय वर्षअघिको हो । अमेरिकामाथि बेलायती कब्जा थियो । बेलायती कानुनको विभेदपूर्ण व्यवहारका कारण अमेरिकीलाई बेलायती-शासन मनपरेको थिएन। यहि क्रममा सन् १७७४ मा १३ मध्ये १२ उपनिवेशका प्रतिनिधिहरू पेन्सलभानिया राज्यको फिलाडेल्फियामा भेला हुनुभयो। जर्जियाका प्रतिनिधिमात्र अनुपस्थित हुनुहुन्थ्यो। यी उपनिवेशमा बेलायतविरुद्ध लड्ने तयारी भइरहेको थियो। अनि बेलायतविरुद्ध युद्ध पनि शुरु भयो। सन् १७७५ मा कंग्रेस बस्दा युद्ध चलिरहेको थियो। उक्त कंग्रेसले थोमस जेफरसन र अन्य ज्ञातालाई 'स्वतन्त्रताको घोषणा-पत्र'तयार गर्ने जिम्मेवारी दियो। जेफरसनले घोषणा-पत्र तयार पारेपछि जोन एडम्स्, बेन्जामिन फ्र्याङ्कलिनसहितको समितिलाई मूल्यांकन गर्न दिनुभयो। उक्त समितिले घोषणा-पत्रमा केही संशोधन गरेपछि कंग्रेसमा पढेर सुनाइयो। यी १३ उपनिवेशले स्वतन्त्रताको घोषणा-पत्र सन् १७७६ जुलाई ४ मा ग्रहण गरे ।
[सम्पादन गर्ने] शुरूका १३ राज्य
अमेरिकामा शुरूमा १३ राज्यहरू मात्र थिए। ती - डेलावर, पेन्सलभेनिया, न्यू जर्सी, जर्जिया, कनेक्टिकट, मासाचुसेट्स, मेरिल्याण्ड, साउथ क्यारोलाइना, न्यु ह्याम्सर, भर्जिनिया, न्यूयोर्क, नर्थ क्यारोलाइना र रोड आइल्याण्ड हुन् । बेलायतको उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र बनाउने शुरुका यी १३ राज्य हुन्।
| Independence Day | |
|---|---|
Displays of fireworks, such as these over the Washington Monument, take place across the United States on Independence Day. |
|
| अन्य नाम: | The Fourth of July The Glorious Fourth The Fourth |
| समुदाय: | United States |
| प्रकार: | National |
| महत्व: | The day the Declaration of Independence was adopted by the Continental Congress |
| तिथी: | (2011) Monday, July 4 |
| अनुष्ठान : | Fireworks, Family reunions, Concerts, Barbecues, Picnics, Parades, Baseball games |