राष्ट्रिय विज्ञान दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाइन्छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो ।[१] यो वर्षको राष्ट्रिय विज्ञान दिवसको नारा विज्ञान र प्रविधि, देशको समृधि हो, यो दिन विहान त्रिचन्द्र कलेजवाट प्रभातफेरी सुरु गारि अमृत क्याम्पसमा गइ अमृत प्रसाद प्रधानको शालिकमा माल्यार्पण गारि समापन हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारकाप्रमुख काम र उपलब्धि, पृष्ठ– ९१