मानव अधिकार दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानव अधिकार दिवस प्रत्येक वर्ष डिसेम्बर १० का दिन मनाइन्छ । सन् १९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ । सन् २०१८ को नारा दिगो विकास र मानव अधिकार मूल आधार भन्ने रहेको । यो मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर मनाउने गरिन्छ । यो घोषणापत्र सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको घोषणापत्र हो ।