नयाँ वर्ष

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नयाँ वर्ष प्रचलनमा रहेको क्यालेण्डरको प्रथम दिनलाई भन्ने चलन छ। सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न आयोजन गरिन्छ। नेपालविक्रम संवत अपनाउने स्थानहरूमा बैशाख १ गते का दिन भने ईस्वी संवतमनाउने स्थानहरूमा जनवरी १ तारीख का दिन नयाँ वर्ष मनाइन्छ। यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ प्रेमीप्रेमिका इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ यस दिन सार्वजनिक बिदा पनि हुन्छ। विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ। नेपालमा बैशाख १ गते सार्वजनिक विदा दिइन्छ। यस दिन परिवार र आफन्तजन भेला भएर रमाइलो गर्ने र शुभकामना आदान प्रदान गर्ने प्रचलन रहेको छ। हाल नयाँ बर्षमा बनभोज जाने प्रचलन पनि बढ्दो छ। कोहीकोही नयाँ बर्षको अवसरमा नयाँ ठाउँ घुम्न जान्छन्।

विभिन्न देशमा नयाँ वर्ष मनाउने तरिका आ-आफ्नै रहेका छन्। केही देशमा नयाँ वर्ष कसरी मनाइन्छ भन्ने कुराको जानकारी निम्न छन्।

  • भारत :यहाँको स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ। बङ्गालमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाँचगान र हाँसखेल गरिन्छ कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेंलो लुगा लगाएर आफ्नो बन्धुलाई उपहार प्रदान गरिन्छ। आसाममा यस दिन पशुलाई पूजा गर्दछन्। पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै गणेशलक्ष्मीको पूजा गरी सामूहिकरूपमा नाँचगान गरिन्छ। राजस्थानमा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन रहेको पाइन्छ।
  • इन्डोनेसिया :यहाँ नयाँ वर्षलाई 'गोलुगान' भन्छन्। त्यसदिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन्। मीठामीठा परिकार खाएर एक आमसमा बधाई र शुभकामना व्यक्त गर्दछन्।
  • मङ्गोलिया : यस दिन मङ्गोलियन रातभरि जागा रहेर आफ्ना आमाबाबु तथा मान्यजनबाट आर्शीवाद लिई मीठा परिकार खाएर रम्छन्।
  • कुवेत : नयाँ वर्षको अवसरमा रातभरि घरमा दीपावली गरी खुसीले शुभकामना आदानप्रदान गरी नाँचगान गर्छन्।
  • मेक्सिको : यहाँका जनजातिको वाहुल्यता भएको स्थानमा यस दिन चर्चमा गएर सामूहिक विवाह गरी नयाँ वर्ष मनाउँछन्।
  • जर्मनी : यस दिन त्यहाँ पानीले भरिएको धातुको भाँडामा मुद्रा -सिक्का) खसाएर त्यसको आकृतिलाई नियालेर भविष्य वक्ताले मानिसको भविष्यवाणी गर्ने चलन रहेको छ।
  • पोर्चुगल: यस देशमा नव वर्षको दिन साँढे जुद्धाएर रमाइलो गर्नुका साथै सहरभर धुनी जगाएर पटाकावाजी गरेर धूमधामका साथ रम्ने रमाउने प्रचलन रहेको छ।
  • बेलायत : यहाँ ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन्। नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाँच्छन् रातको ठीक १२ बजे बढाई हुन्छ। यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुआत भएको भन्ने हुन्छ।

१ जनवरी।१ जनवरी