इशानी श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इशानी श्रेष्ठ
इशानी
जन्मसन् १९९१ मे ५
काठमान्डौ, नेपाल
उचाइ१.७४ मिटर
उपाधिमिस नेपाल वर्ल्ड २०१३
ब्युटी विथ पर्पस बिजेता
२०१३ द पिपल च्याम्पियन (मल्टिमेडिया) दोश्रो उप-बिजेता
मिस वर्ल्ड २०१३ उत्कृष्ट १० (५औ स्थान)
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गखैरो
आँखाको रङ्गखैरो
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २०१३
मिस वर्ल्ड २०१३

इशानी श्रेष्ठ सत्रौँ मिस नेपाल हुन्। सन् २०१३ मा भएको मिस नेपाल प्रतियोगिताको अन्तिम प्रश्न एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने थियो । यसको जवाफ दिँदै उनले उपाधि हात पारेकी हुन् । उनले सो प्रतियोगिता जिते बापत ५० हजार र एउटा अपार्टमेन्ट पाइन् । सन् २०१३ मा नेपालको प्रतिनिधित्व गर्दै इशानीले मिस वर्ल्ड २०१३ मा उत्कृष्ट १० मा ५ औ स्थान हात पार्न सफल भइन् ।

मिस नेपाल प्रतियोगिता - २०१३[सम्पादन गर्नुहोस्]

यो प्रतियोगिता सन् २०१३ मार्च २० मा भएको थियो । इशानी श्रेष्ठपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः रोजिशा शाही ठकुरीश्रीतिमा शाह भएका थिए । यो प्रतियोगिता हिडन ट्रेजरले आयोजना गरेको थियो । प्रथम रनर-अप र द्वितीय रनर-अपले क्रमशःले ३५ हजार र २५ हजार रूपैयाँ नगद र एक-एक अपार्टमेन्ट पाए ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल वर्ल्ड
२०१३
पछिल्लो
सुविन लिम्बू
( नेपाल)
पूर्वाधिकारी विश्व सुन्दरी

ब्युटी विथ अ पर्पस
२०१३

बहालवाला

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]