योगेश भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
योगेश कुमार भट्टराई
योगेश कुमार भट्टराई सन् २०१५ मा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
पद बहाली
२०७६ श्रावण १५
प्रधानमन्त्रीओली
पूर्वाधिकारीरविन्द्र अधिकारी
अनेरास्ववियु अध्यक्ष
कार्यकाल
२०५१–२०५६
व्यक्तिगत विवरण
जन्मवि. सं. २०२३ साल भदौ २१
September, 1966 A.D.
ताप्लेजुङ, साँघु-३
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी
जीवन साथीविन्दा घिमिरे
अभिभावकs
  • भीमलाल भट्टराई (पिता)
  • महेन्द्रादेवी भट्टराई (आमा)
वेबसाइटwww.http://yogeshbhattarai.com/

योगेश कुमार भट्टराई (जन्म वि.सं. २०२३ भदौ २१) एक नेपाली राजनीतिज्ञ तथा वर्तमानमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन्।[१][२] भट्टराई वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको लागि निर्वाचित भएका थिए। ‍‍

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

योगेश भट्टराईको जन्म ताप्लेजुङको साँघुमा भएको हो।[३] उनको बुवाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो। उनले समाजशास्त्र र मानवशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन्।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

भट्टराई विद्यालय अध्ययन गर्ने समयमा झापा विद्रोह चरममा थियो। ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि विद्यालय पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो। उनको परिवारका सदस्यहरू पनि बामपन्थी पृष्ठभूमिका थिए। उनले वि. सं. २०३७ सालमा अनेरास्ववियुको सदस्यता लिए र राजनीति थाले। उनले विद्यालयको प्रारम्भिक समिति हुँदै क्याम्पस समितिमा समेत रहेर काम गर्न भ्याए। स्वतन्त्र विद्यार्थी सङ्घको चुनावमा पटक पटक भाग लिए र अन्ततः वि. सं. २०५१ सालमा उनी अनेरास्ववियूको अध्यक्ष भए। त्यसपछि नेकपा एमालेको जिल्ला समिति, अञ्चल समिति हुँदै केन्द्रीय सदस्यसम्म पुगे। भट्टराई यसअघि वि. सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर ६ बाट र वि. सं. २०७० सालको दोस्रो चुनावमा क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेका थिए।

पर्यटन मन्त्री[सम्पादन गर्नुहोस्]

तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको पदमा बहाल रहेकै बेलामा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना परि २०७५ फागुन १५ गते मृत्यु भएपछि भट्टराईलाई रिक्त रहेको रहेको पदमा दोस्रो ओली मन्त्रिमण्डलको पर्यटन मन्त्रीको रूपमा नियुक्त गरिएको थियो।

जतनाले निकै आश गरेका युवा मन्त्री भएपनि उनको कार्य शैलीले उनी र सरकार निकै आलोचित बन्नु पर्यो।

  • पर्यटन मन्त्रीको अभिव्यक्ति: कोरोना मुक्त देश भनेर प्रचार गरी पर्यटक भित्र्याऔ [४][५]
  • आगलागी, डढेलोका कारण अस्ट्रेलियामा जनजीवन नै अस्थव्यस्त भएको समयमा अस्ट्रेलियामा मानवीय संवेदनाका दुःखद् घटना भइरहेका बेला पर्यटनमन्त्री भट्टराई भने नेपाल भ्रमण वर्षको प्रचार [६]
  • योगेश भट्टराईका कारण शनिवार एउटा विमान समयमा नउडेपछि यात्रुहरूले गरेको विरोध[७]
  • आर्यघाटमा राष्ट्रगान बजाउने निर्णय

प्रतिनिधि सभा २०७९[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ताप्लेजुङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २१९४३ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।[८] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१७३५ मत प्राप्त गरेका थिए।[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०४ 
  2. "पर्यटनमन्त्री बनेका योगेश भट्टराई को हुन् ?", दैनिक नेपाल (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०४ मिति
  3. रातोपाटी, "को हुन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका योगेश भट्टराई ?", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०४ 
  4. सूचना
  5. 'कोरोनामुक्त नेपाल'को विदेशमा प्रचार गर्न पर्यटनमन्त्रीको निर्देशन
  6. पर्यटनमन्त्री भट्टराईको अस्ट्रेलिया भ्रमण विवादमा, फिर्ता बोलाउन काँग्रेस नेतृ सुजाताको माग
  7. योगेश भट्टराईः मन्त्रीका कारण विमान उडानमा भएको विलम्बले उब्जाएका प्रश्न
  8. "ताप्लेजुङ : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२३ 
  9. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]