कालु थापा क्षत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालु थापा क्षत्री
डोटी[१] र ताकम[२]का राजा
राजा कालु थापा क्षत्रीको चित्र
शासनकालवि.सं. १२४६ – १२५१
राज्याभिषेकवि.सं. १२४६ (श्री शाके ११११)[३][२]
पूर्वाधिकारीमहाराज वछराज राजस्थापा
उत्तराधिकारी४ पुत्रहरू
सन्तानराजा पुन्याकर (पूर्णखर) थापा
राजा तारा सिंह (तारापति) थापा
राजा वीरु (वीर) थापा
राजा धर्मराज (यशोधर) थापा
नाम
अभयनरसिंह श्रीमन्महाराज कालु राजस्थापा
कुलघरानबगाले थापा[३]
वंशसूर्यवंश (रविकुल)
बाबुमहाराज वछराज (वत्सराज) राजस्थापा
आमामहारानी वसुन्धरा राजपुत (राजस्थापा)
धर्महिन्दु र मष्ट

कालु थापा क्षत्री वा महाराज कालु थापा आत्रेय गोत्री बगाले थापाका मूलपुरुष मानिन्छन्। थापा वंशावलीका अनुसार श्री शाके ११११ (वि.सं. १२४६) मा डोटीको काँडामालिकामा उनले राज्यारोहण गरेका थिए।[१][४] म्याग्दी जिविसका अनुसार उनले ताकम, म्याग्दीमा राज्य स्थापना गरेका थिए र उनका वंशजले ३०० वर्षसम्म शासन चलाएका थिए ।[२] उनको बारेमा पौडेल वंशावलीमा पनि लेखिएको छ । उनको वंशको बारेमा उनी आत्रेय गोत्री त्रिप्रवर शुक्लयजुर्वेदी, धनुर्वेदी मध्यान्दिनी शाखाअध्यायी थिए भनी योगी नरहरिनाथद्वारा लिखित इतिहास प्रकाशमा प्रकाशित थापा वंशावलीमा लेखिएको छ।[१]

किम्बदन्ति र दाबीहरू[सम्पादन गर्नुहोस्]

महाराज कालु थापा क्षत्रीको हस्तचित्र

कान्यकुब्ज (कन्नौज) क्षेत्रमा देवराजहरूले अखण्ड महायज्ञको यज्ञाग्निबाट ४ ब्रह्मज्ञानी चेला (पुरुष)हरूको उत्पत्ति गराएको दाबी थापा वंशावलीमा गरिएको छ । यज्ञको आगोबाट उत्पत्ति भएका क्षत्री बछराजाचार्य कन्नौजका महाराज बन्न पुगे । तिनै अभयनरसिंह राजकुमार बछराजलाई राजस्थापना (राज्यरोहण) गराउँँदा राजा बछराजस्थापा भनियो । उनी पर्वत्या (खस) क्षत्री र भयानक शरीर भएका राजकुमार थिए । त्यसैले कान्यकुब्ज क्षेत्रका राजाहरूले कन्या दिएनन् भने राजा माधवराज (राधामाधव) राजपुतले आफ्नी सुपुत्री शुभकन्या (वसुन्धरा)को विवाह तिनै बछराजस्थापासँग गराइदिए । तिनका सन्तान कालु थापा कन्नौजका राजा भए । उनले आत्रेयगोत्री ऋषिबाट शिक्षादिक्षा पाएका थिए । त्यसपश्चात राजा बछराजस्थापाले क्षत्रिय कन्या नपाउँदा ब्राह्मणी कन्याहरूसँग विवाह गरे । माहिंली ब्राह्मणी पत्नीबाट कालो वर्णको पुत्र जन्मिए जो मठाधीश काला पौडेल भनी प्रसिद्ध भए । त्यस्तै उनले साहिंली पत्नी सुवेदी ब्राह्मणकी छोरीबाट सेता पौडेललाई जन्म दिएका दाबी गरिएको छ ।[५]

जनमान्य विचारधारा अनुसार कालु थापा सूर्यवंशी खस क्षेत्री राजा मानिएको छ। तर पौडेल वंशावलीमा उनलाई पण्डित वत्सराज भट्ट र राजपुतकन्या वसुन्धराका छोरा भनी लेखिएको छ । यसका अतिरिक्त उनले मल्ल ठकुरीका मूलपुरुष, पौडेल, अर्याल र सिग्देल ब्राह्मणहरूका मूलपुरुषहरूलाई पनि जन्म दिएको दाबी वंशावलीमा गरिएको छ ।

सन्तानहरू[सम्पादन गर्नुहोस्]

उनका चार पुत्रहरू भएको थिए। पुलाचौर म्याग्दीमा जेठा पूर्णखर (पुन्याकर) थापा, ताकम म्याग्दीमा माहिँला तारापति थापा, रुकुमकोट रुकुममा साहिँला विरु थापा र ज्यामरुककोट म्याग्दीमा कान्छा जशोधर (धर्मराज) थापाले राज्य गरेका थिए ।[१]

कालु थापाका सन्तानहरू वर्तमानको आत्रेयगोत्री बगाले थापा भनी चिनिन्छन्। त्यस्तै नेपालको राजनीतिक थापा वंश पनि कालु थापाका वंशज मानिन्छन् ।[६]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

हेर्नुहोला[सम्पादन गर्नुहोस्]