खाडी सहयोग परिषद्
खाडी सहयोग परिषद् مجلس التعاون لدول الخليج العربية | |
---|---|
सदस्य राष्ट्रहरू सहितको नक्सा | |
प्रधान कार्यालय | कुवेत सहर, कुवेत |
आधिकारिक भाषाहरू | अरबी |
किसिम | व्यापार गुट |
सदस्यता | |
नेताहरू | |
• महासचिव | जसिम मोहम्मद अल-बुदावी |
• सर्वोच्च परिषद् अध्यक्ष | संयुक्त अरब इमिरेट्स[१] |
स्थापना | २५ मे १९८१ |
क्षेत्रफल | |
• जम्मा | २६,७३,१०८ किमी२ (१०,३२,०९३ वर्ग माइल) |
• पानी (%) | ०.६ |
जनसङ्ख्या | |
• सन् २०२१ अनुमानित | ६५,५०७,०००[क] (२५औँ) |
• घनत्व | २१.१३ /किमी2 (५४.७ /वर्ग माइल) (१६२औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२१ लगत |
• जम्मा | $३.६५५ खर्ब (नवौँ) |
• प्रति व्यक्ति | $७१,२०० (दसौँ) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२१ लगत |
• जम्मा | $२.२५० खर्ब[क] (सातौँ) |
• प्रति व्यक्ति | $३४,३००[क] (३५औँ) |
गिनी (सन् २०१२) | २८.७ न्यून |
मानव विकास सूचकाङ्क (सन् २०१८) | ०.८४० धेरै उच्च · ४५औँ |
मुद्रा | ६ मुद्रा |
समय क्षेत्र | युटिसी+३ देखि युटिसी+४ |
खाडी सहयोग परिषद् [२] (अरबी: مجلس التعاون لدول الخليج العربية), फारसको खाडीले घेरिएका देशहरूको क्षेत्रीय समूह हो।[३][४] यसका सदस्य देशहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स हुन्। यसको मुख्यालय रियाद, साउदी अरबमा अवस्थित छ।[५] यसको आधिकारिक भाषा अरबी हो। यसको बडापत्र २५ मे १९८१ मा हस्ताक्षर गरिएको थियो जसले औपचारिक रूपमा संस्थाको स्थापना गरेको थियो।[६]
सबै वर्तमान सदस्य राष्ट्रहरू राजतन्त्रात्मक शासन छ, तीन (कतार, कुवेत, र बहराइन) मा संवैधानिक राजतन्त्र छ भने,[७][८] दुई (साउदी अरब र ओमान) मा पूर्ण राजतन्त्र छ, संयुक्त अर्ब इमिरेट्स (सातवटा इमिरेट्समा प्रत्येक इमिरेट्समा अमिर सहितको पूर्ण राजतन्त्र छ) सङ्घीय राजतन्त्र छ। जोर्डन, मोरोक्को र यमनको भावी सदस्यताका बारेमा पनि छलफल भएको थियो।[९][१०]
उत्पत्ति र विकास
[सम्पादन गर्नुहोस्]कुवेत सरकारले विशेष सांस्कृतिक र ऐतिहासिक बन्धनले जोडिएका ६ अरब खाडी राष्ट्रहरूलाई एउटै मञ्चमा ल्याउन एउटा सङ्गठनको प्रस्ताव गरेको थियो। सोही प्रस्ताव अनुसार सांस्कृतिक, सामाजिक, आर्थिक र वित्तीय क्षेत्रमा सहकारी प्रयासको सुझाव दिने रियाद सम्झौता जारी भएको थियो। मे २५-२६, १९८१ मा ६ खाडी देश ( बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स) का राष्ट्र अध्यक्षहरूले अबु धाबी (संयुक्त अरब इमिरेट्स) मा परिषद्को संविधानमा हस्ताक्षर गरेका थिए। यसरी खाडी सहयोग परिषद् अस्तित्वमा आएको थियो।
बहराइनको अशान्तिको बीचमा, साउदी अरब र संयुक्त अरब इमिरेट्सले विद्रोहलाई रोक्न बहराइनमा सेना पठाएका थिए। कुवेत र ओमानले सेना पठाउन अस्वीकार गरेका थिए।
डिसेम्बर २०११ मा, साउदी अरबले खाडी सहयोग परिषद्लाई एक महासङ्घ बनाउने प्रस्ताव गरेको थियो। अन्य देशहरूले प्रस्तावमा आपत्ति जनाएकन थिए।
उद्देश्य
[सम्पादन गर्नुहोस्]१.सदस्य राष्ट्रहरूबीच एकता ल्याउन सबै क्षेत्रमा समन्वय, एकीकरण र सहयोग स्थापना गर्ने;
२.सबै क्षेत्रमा सदस्य राष्ट्रका नागरिकहरू बीचको विद्यमान सहयोगलाई सुदृढ र गहिरो बनाउन;
३. सबै क्षेत्रमा समान संयन्त्रको विकास गर्ने, र;
महासचिव
[सम्पादन गर्नुहोस्]No. | Image | नाम | देश | कार्यकाल |
---|---|---|---|---|
1 | अब्दुल्लाह बिशहरा[११] | Kuwait | 26 मई 1981 – अप्रैल 1993 | |
2 | फहीम बिन सुल्तान अल कासिमी[१२] | United Arab Emirates | अप्रैल 1993 – अप्रैल1996 | |
3 | जमील इब्राहिम हैजालेन[१३] | Saudi Arabia | अप्रैल 1996 – 31 मार्च 2002 | |
4 | अब्दुल रहमान बिन हामाद अल अत्तीयाह[१४] | Qatar | 1 अप्रैल 2002 – 31 मार्च 2011 | |
5 | अब्दुल्लातिफ बिन राशीद अल जायनी | Bahrain | 1 अप्रैल 2011 – | |
6 | Nayef Falah Mubarak Al Hajraf | Kuwait | 1 February 2020 – वर्तमान |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Kuwait hopes emir visit to Iran will boost Gulf peace", Gulf News, अन्तिम पहुँच २३ जुलाई २०१४।
- ↑ "GCC Charter", Secretariat General of the Gulf Cooperation Council, अन्तिम पहुँच ९ अप्रिल २०२१। वेब्याक मेसिन अभिलेखिकरण १३ अप्रिल २०२१ मिति
- ↑ Sara Hamdan (४ जनवरी २०१२), "A Call for Private Investment in Gulf Health Care", द न्युयोर्क टाइम्स, अन्तिम पहुँच ८ जुलाई २०१३।
- ↑ "U.A.E. Quits Gulf Monetary Union", वाल स्ट्रिट जर्नल, २१ मे २००९, अन्तिम पहुँच ८ जुलाई २०१३, "The move represents a rare public rift between members of the GCC, an economic and political union aimed at fostering better ties between the oil-rich Arab states straddling the Persian Gulf."
- ↑ "Gulf Cooperation Council – GCC Countries", The balance, मूलबाट १३ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मे २०२१।
- ↑ "Charter of the Gulf Cooperation Council (GCC)", International Relations and Security Network, अन्तिम पहुँच २ मार्च २०१७।
- ↑ "US State Dept's Country Political Profile – Qatar"।
- ↑ "US State Dept's Country Political Profile – Bahrain"।
- ↑ Asma Alsharif (१० मे २०११), "1-Gulf bloc to consider Jordan, Morocco membership", Reuters, मूलबाट १३ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मे २०११। वेब्याक मेसिन अभिलेखिकरण १३ मे २०११ मिति
- ↑ "Yemen to join GCC by 2015", Arabian Business, अन्तिम पहुँच १५ अप्रिल २०१५।
- ↑ "Bishara, Abdullah", Rulers, मूलबाट १८ अप्रैल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०१३।
- ↑ "Profile", ECSSR, मूलबाट २ दिसंबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रिल २०१३। वेब्याक मेसिन अभिलेखिकरण २ डिसेम्बर २०१३ मिति
- ↑ Malcolm C. Peck (१२ अप्रिल २०१०), The A to Z of the Gulf Arab States, Scarecrow Press, पृ: 111, आइएसबिएन 978-0-8108-7636-1, मूलबाट १९ जून २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रिल २०१३।
- ↑ ताउमी, हबीब (२९ नबम्वर २००९), "Oman endorses Al Mutawa", Gulf News, मूलबाट ११ अक्तूबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रैल २०१३।