कोपवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोपवा कपिलवस्तु जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। कोपवा कपिलवस्तु जिल्लाको करीव १४ किलोमिटर उत्तरी भेगमा पर्ने एउटा गाविस हो । उत्तरमा र पश्चिमा वाणगंगा नदी दक्षिणमा निग्लिहवा गाविस र पूर्वमा वाणगंगा गाविससँग जोडिएको यो गाविसमा मिश्रित समुदायको वसोवास रहेको छ । गाविसमा अधिकांश थारुहरूको बसोबास रहेको छ भने बाँकी अन्य जातजातीहरू रहेका छन् । राष्ट्रिय जनगणना २०६९ अनुसार यस गाविसमा ११४२ घरधुरी रहेका छन् भने पुरुष ४८८९ महिला ५६४१ गरी गाविसको कूल जनसङ्ख्या १०५३० रहेको छ । यस गाविसलाई २०६८ सालमा खुला दिसामुक्त गाविस घोषणा समेत भैसकेको र खानेपानीको समेत राम्रो सुविधा रहेको छ । तौलिहवाबाट कोपवा हुँदै अर्घाखाँचीको डोहोटे जाने सडक समेत यो गाविसको मूल सडक हो ।

धार्मिक तथा पर्यटकीय स्थल[सम्पादन गर्नुहोस्]

यो गाविसको पश्चिम तर्फ वाणगंगा गाविसको किनारमा लक्ष्मण घाट भन्ने स्थान रहेको छ । यस स्थानमा कोइली खोला र वाणगंगा खोलाको दोभान रहेको छ जहाँ असार देखि साउन महिना सम्म विभिन्न स्थानबाट बोल बम धाम तिर्थ यात्रा गर्ने तिर्थ यात्रीहरू यहाँको पानी लगी अन्य मन्दिरहरूमा पानी चढाउने गर्दछन् । त्यसैगरी कार्तिक पूर्णिमाको दिन यहाँ दिनभर मेला लाग्ने गर्दछ । स्थानीय स्यवँसेवी विश्राम प्रसाद चौधरी द्धारा यस स्थानमा मनोकामना मन्दिरको स्थापना समेत गरिएको छ । यस मन्दिरमा विभिन्न ठाउँबाट विवाह ब्रतबन्धको लागि समेत आउने गर्दछन् ।

अमौलीकोट[सम्पादन गर्नुहोस्]

भगलापुर नहर देखि करीव १ किलोमिटर पूर्व पट्टी अमौलीकोट भन्ने स्थान रहेको छ । यहाँको अवलोकनबाट दुइवटा ठूला ठूला स्तुप हरू रहेको पाइन्छ यहाँ तिलौराकोटमा पाइने उस्तै इटाहरू प्रयोग गरिएको छ । ती स्तुपको नजिकनजिकसबै अतिक्रमण भै सकेको छ भने ति दुवै स्तुपहरूमा भने अत्यन्तै इटाहरू र पुरानो जमानाका भाडाकुडाहरू मात्र रहेकोले ती दुवै स्थान करीव २ कट्ठा जति खाली रहेको छ भने प्रत्येक वर्ष विस्तारै अतिक्रमण भै रहेको छ । यहाँ देश विदेशबाट प्रयटकहरू आएर त्यहाँ रहेका विभिन्न माटोका भाडाका अवसेस हरू र इटाहरू समेत लग्ने गरेको स्थानियबासी बताउँछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

राष्ट्रिय जनगणना २०६९


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]