मन्दाक्रान्ता छन्द
स्वरूप
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मन्दाक्रान्ता छन्दमा १७वटा अक्षर् र ५वटा गण हुन्छन। येसमा एक १.मगण १.भगण १.नगण २.तगण २.गुरु हुन्छन।
मान्दाक्रान्ता छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर १७ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।
गण-- | म | भ | न | त | त | ग | ग |
---|---|---|---|---|---|---|---|
मात्रा-- | sss | s॥ | ॥। | ss। | ss। | s | s |
- यो नेपाली जनमानसमा बसेको शास्त्रीय समपाद छन्द हो। यसका पनि चारै पाउ समान हुन्छन्।[१]
- यो छन्दका हरेक पाउमा सत्र अक्षर हुन्छन्। चौथो , दशौँ र सत्रौँ अक्षरमा विश्राम हुन्छन्।
यस छन्दमा
- मगण SSS
- भगण SII
- नगण III
- तगण SSI
- तगण SSI
- अन्त्यमा दुईटा गुरू SS
यसको लय यसरी तयार हुन्छः
- नानानाना SSSS = ४
- नननननना IIIIIS = ६
- नाननानाननाना SISSISS = ७
उदाहरणः
[सम्पादन गर्नुहोस्]मेरा प्यारा सखि विपिनका वल्लरी वृक्षसारा।
जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा।
बाँडी मेरा सुखदुःख भरी भाव , सम्झे मलाई।
तिम्रो प्यारो दिलसँग रुँदै लिन्छु ऐले विदाई।।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ http://pallawa.com.np/?p=16005[स्थायी मृत कडी] (मोदनाथ शास्त्री, छन्दविज्ञान)