सामग्रीमा जानुहोस्

अक्टोपस झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लमजुङ बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर गर्दै झरिरहेको छहरा छ। एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ। छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ। मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टाझैं झरेको अक्टोपस झरना पनि हो।[१] बेँसीसहर-चामे सडकअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]