सामग्रीमा जानुहोस्

अमृता अग्रहरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमृता अग्रहरी
प्रतिनिधि सभा सदस्य
पदमा
वि.सं. २०७४ फागुन २०  वि.सं. २०७९ असोज २
निर्वाचन क्षेत्रसमानुपातिक प्रणाली
व्यक्तिगत विवरण
जन्म (1961-05-18) १८ मे १९६१ (उमेर ६५)[]
दलनेकपा (एमाले)[]
(वि.सं. २०७९–वर्तमान)
दम्पतीकुन्दन प्रसाद अग्रहरी
सन्तान
आमाबुबाहरू
  • अवध राम कुर्मी (बुबा)
  • बासमती कुर्मी (आमा)

अमृता अग्रहरी एक नेपाली महिला राजनीतिज्ञ र पूर्व सङ्घीय सांसद हुन्। वि.सं. २०५८ सालमा उनी राष्ट्रिय महिला आयोगको संस्थापक सदस्य भएकी थिइन्। उनी राष्ट्रिय जनता पार्टी नेपालको सामानुपातिक सूचीमा पर्दै आदिवासी जनजाति समूहबाट नेपालको पहिलो सङ्घीय संसदको सदस्य भएकी थिइन्।[]

राजपा नेपाल र सङ्घीय समाजवादी फोरम एकीकरण भएर जनता समाजवादी पार्टी, नेपाल नामक पार्टी बनेर पुनः फुटेपछि उनी जनता समाजवादी पार्टीमा संलग्न रहेकी थिइन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ हुनुभन्दा आगावै उनी नेकपा (एमाले) प्रवेश गरेकी थिइन्।[]

राजनीतिक करियर

[सम्पादन]

अग्रहरी नेपाल सद्भावना पार्टीकी संस्थापक सदस्यहुँदै राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी वहन गरेकी थिइन्।[] वि.सं. २०६९ मा दल विभाजन नभएसम्म उनी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)को सदस्य थिइन्। पार्टी विभाजनपछि उनी शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीमा प्रवेश गरेकी थिइन्। []

उनी प्रतिनिधि सभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता कल्याण समितिकी सदस्य थिइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
  2. 1 2 "अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०५
  3. "राजपाले टुङ्गो लगायो समानुपातिक सासंद", Setopati, अन्तिम पहुँच २०२०-१२-२२[स्थायी मृत कडी]
  4. Damaru Lal Bhandari (७ मार्च २००४), "Woman empowerment still takes back seat in Nepal", The Kathmandu Post (Ekantipur), मूलबाट २०१४-०९-११-मा सङ्ग्रहित। अभिलेखिकरण २०१४-०९-११ वेब्याक मेसिन
  5. "Nepal's largest Madhesi party splits", Rediff, अन्तिम पहुँच जुन १०, २०१२
  6. "उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति", hr.parliament.gov.np, अन्तिम पहुँच २०२०-१२-२२