उदिपुर
स्वरूप
(उदीपुरबाट अनुप्रेषित)
उदिपुर | |
|---|---|
पूर्व गाविस | |
उदिपुर कालिका मन्दिर | |
| निर्देशाङ्क: २८°१४′N ८४°२५′E / 28.23°N 84.42°E | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | लमजुङ जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | ११.३४ किमी२ (४.३८ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | २,६९२ |
| • घनत्व | २४०/किमी२ (६१०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
उदिपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६९२ रहेको थियो जसमध्ये १२१० पुरुष र १४८२ महिला रहेका थिए भने यहाँ ६९८ घरधुरी रहेको थियो।[१][२] यो हाल बेसीसहर नगरपालिकामा पर्दछ। यो बेसीसहर नगरपालिकाको वडा नम्बर १ हो।
कालिकाको मन्दिर र मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम यहाँका पर्यटकीय क्षेत्रहरू हुन्। विसं २०७१ जेष्ठ १ मा बेसीशहर, उदिपुर,गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो।[३][४] यस ठाउँमा विभिन्न जात जतिको बसोबास रहेको छ ।
तस्वीर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]- श्री जन कल्याण मा.बि उदिपुर, लमजुङ
- उदिपुर बजार
- मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम फलियासाँघु, उदिपुर
- मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम फलियासाँघु, उदिपुर
- मध्य मर्स्याङ्दी जलविद्युतको दृश्य
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
- ↑ "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५। अभिलेखिकरण २०१८-०७-०७ वेब्याक मेसिन
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[स्थायी मृत कडी]