कालु पाँडे
वंशिधर "कालु" पाँडे | |
|---|---|
काजी कालु पाँडेको तस्विर | |
| प्रधान सेनापति | |
| पूर्वाधिकारी | विराज थापा मगर |
| उतराधिकारी | अभिमान सिंह बस्न्यात |
| व्यक्तिगत विवरण | |
| जन्म | वि.सं. १७७० |
| मृत्यु | वि.सं.१८१४ जेठ १९ |
| सन्तान | वंशराज पाँडे, रणशूर पाँडे, दामोदर पाँडे |
| अभिभावक |
|
Deprecated parameter imagesizeDeprecated parameter honorific-prefix
कालु पाँडे वा कालु पाण्डे [१] (जन्म: वंशिधर पाँडे) एक महान् गोरखाली क्षत्रिय भारदार हुन्। गणेश पाँडेका वंशज पाँडे उच्च इमान्दारिता, पराक्रम र शौर्यको महिमा नेपाली इतिहासमा छ। पाँडे वंशका कुलदीपक पनि मानिन्छन्।
विराज थापा मगरले हमला गर्न हिचकिचाउँदा उनी महेश्वर पन्त सँगै सेनापतिमा नियुक्त भएका थिए। नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति पाएका कालु पाण्डे पृथ्वीनारायण शाहका सेनापति थिए। ईमान्दारिताको प्रतिक कालु पाण्डे एक चतुर मध्यस्थकर्ता पनि हुन्। उनले पृथ्वीनारायण शाह र लम्जुङ्गका राजा रिपुमर्दन शाहको वैरी सम्बन्ध सुधारेका थिए। उनको देहान्तपछि ज्वाइँ केहरसिंह बस्न्यातका भाइ अभिमान सिंह बस्न्यात सेनापति भए। उनले किर्ति

परिवार
[सम्पादन गर्नुहोस्]उनको जन्म वि.सं. १७७० मा भारदार काजी भीमराज पाँडेको पुत्रको रूपमा भयो। उनी काजी वीरुदत्त पाँडेका नाति हुन्।[२] उनको पूर्वज गणेश पाँडे द्रव्य शाहका सहयोगी हुन्।[३]
नुवाकोट हमला
[सम्पादन गर्नुहोस्]१८०१ असोज १५ गते भने नुवाकोटमाथि सफलता प्राप्त भयो ।[४] गोरखालीले नुवाकोट कब्जा गरे पनि त्यहाँका उमराव भई बसेका जयन्त राना जिवितै थिए। त्यस युद्धको समय कान्तिपुरका राजा जयप्रकाश मल्लसँग सरसल्लाह र थप सैन्य सहयोगका लागि उनी कान्तिपुर गएका थिए भने महामण्डलमा भएको युद्धमा उनका छोरा शंखमणि मारिएका थिए।
नुवाकोटको महामण्डल गोरखालीको कब्जामा परिसकेको र त्यो युद्धमा आफ्ना छोरा मारिएपछि पुत्रशोकका साथ त्यहाँका उमराव जयन्त राना बेलकोटमा बसेका थिए। उनी गोरखालीसँग मुकाविला गर्न आफ्नो शक्ति एकत्रित गर्दै कान्तिपुरमा पत्राचार पनि गरिरहेका थिए। उनको यो अवस्था देखेर पृथ्वीनारायण शाह एकाएक उत्तेजित भइहाले। उनी कसैलाई खबर नगरी सिमित सेनाका साथ पालकीमा चढेर जयन्तमाथि हमला गर्न दौडी हाले।
जयन्तका विश्वासी मल्ल सेनाहरूले बाणको वर्षा गर्न लागे। त्यसपछि कालु पाँडे पनि दौडादौड गरेर घोरघाटमा पृथ्वीनारायणलाई भेट्टाए। कालु पाँडेले ‘हडबडमा लडाई छेडिहाल्नु हुँदैन’ भनी बिन्ति के बिसाएका थिए, पृथ्वीनारायण शाहले ‘तैले लडाई सिकाउलास र म लडाई गरुँला’ भनी पालकी अगाडी बढाए। उनी शत्रु सेनाको शिविर नजिकै पुग्दा शत्रुपक्षबाट बाणको भारी वर्षा भयो। त्यहाँ धेरै वीर सेना ढले।
पृथ्वीनारायण चढेको पालकी बोक्ने पुतुवार पनि घाइते भए। स्थिति प्रतिकूल हुन पुग्दा गोरखाली सेना निक्कै हडबडाएका थिए। खतरा आइपरेपछि पृथ्वीनारायण शाह युद्धस्थलबाट फर्कन लागेका थिए, तर कालु पाँडेले छेडिइसकेको युद्धबाट फर्कनु हुँदैन, त्यो भयो भने शत्रुपक्षको मनोबल बढ्छ भनी सम्झाएर युद्ध जारी राखे। त्यसपछि जयन्त राना पक्राउ परे र युद्ध थामियो।
वेलकोटमा गोरखाली पक्षको ठूलो क्षति भयो। घाइते सैनिकतर्फ नजर फिजाएर जीतको अवसरमा पनि पृथ्वीनारायण शाहको अनुहार मलिन देखिएपछि कालु पाँडेले कारण सोधे। आफ्नो सेना ध्वस्त भएकोमा भूल सुधार गर्दै उनले कालु पाँडेलाई ‘अबदेखि कटकका कुरामा विना तेरा सल्लाह गन्र्या छैन’ भन्दै कालुको पीठमा धाप दिए। पक्राउ परेका जयन्तलाई साथमा लिएर बेलकोटबाट नुवाकोट फर्के। [५]
चौबिसे राज्यसँग सम्बन्ध
[सम्पादन गर्नुहोस्]किर्तिपुरको लडाइँ
[सम्पादन गर्नुहोस्]१८१४ साल स्थान : बल्खुखोलामा नेपाल एकीकरण अभियानमा रहेका पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गरे। घमासान कीर्तिपुर युद्ध भयो।
दहचोकबाट गोर्खाली सेनाले कीर्तिपुर माथि आक्रमण गर्यो। गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि धावा बोलेका थिए, आक्रमण गरेका थिए। पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्ड गरिरहेका थिए। सानो राज्य कीर्तिपुर करिब तीन सय मात्र सेनाको भरमा प्रतिकार गरिरहेको थियो। त्यसो त कीर्तिपुर एक्लैसँग त्यति सेना थिएनन्। उसले काठमाडौँ, ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उत्रिएको थियो।
गोर्खाली सेनाले तीनथानातिरबाट आक्रमण गर्दा बल्खु खोलाको तीरमा काटाकाट चल्यो। गोरखालीहरूका सेनानायक कालू पाँडे त्यहीँ युद्धमा काटिए।[६]
दुई पक्षबीच घमासान युद्ध भयो। युद्ध करिब ६ घन्टा चल्यो। धेरै गोरखाली सैनिकको मृत्यु भयो। पृथ्वीनारायण शाह स्वयं कीर्तिपुरवासीको कब्जामा परे। तर, राजवध गर्न नहुने नैतिक नियमका कारण मात्र उनी बाँचेर मुक्त भएका थिए। सो युद्धमा गोर्खाली सेनाका सेनानायक कालु पाण्डे मारिए।[७]
सन्तान
[सम्पादन गर्नुहोस्]उनको पुत्र देवान काजीसाहेब वंशराज पाँडे, सरदार रणसुर पाँडे र मुलकाजी साहिब दामोदर पाँडे हुन्। दामोदर पाँडे नेपालका प्रथम मुख्तियार हुन्। काजी रणदल पाँडे र मुख्तियार रणजंग पाँडे उनका नातिहरू हुन्। उनकी एकमात्र सुपुत्री चित्रवती देवीको विवाह सेनापति बडावीर शिवराम सिंह बस्न्यातका माहिँला छोरा काजी केहरसिंह बस्न्यातसँग गरिदिएका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपाल तिब्बत युद्धका कालु पाण्डे अर्कै व्यक्ति हुन्
- ↑ http://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?m=1
- ↑ पन्त, महेशराज (२५ वैशाख २०७६), "कालु पाँडेको महिमा, पृथ्वीनारायणको लघिमा", नेपाल, अन्तिम पहुँच २२ जेठ २०७९।
- ↑ आचार्य, बाबुराम (असोज २०२९), "पृथ्वीनारायण शाह", पूर्णिमा’ पूर्णाङ्क २७: १६४।
- ↑ कर्माचार्य, गंगा (हाडा) (जुलाई २००४), "।", कन्ट्रिब्युसन्स् टु नेपालिज स्टडिज, वर्ष ३१ (अंक २): ३४५–४६।
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७३, आइएसबिएन 99933-2-406-X।
- ↑ कीर्तिपुर युद्ध र पार्क :तीर्थराज बस्नेत २०७६ बैशाख २ सोमबार १०:१६:०० नयाँ पत्रिका अभिलेखिकरण २०१९-०७-२२ वेब्याक मेसिन