कालु पाँडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काजी कालु पाण्डेबाट अनुप्रेषित)
श्री श्री काजी साहेब
वंशिधर "कालु" पाँडे
काजी कालु पाँडेको तस्विर
प्रधान सेनापति
पूर्वाधिकारीविराज थापा मगर
उतराधिकारीअभिमान सिंह बस्न्यात
व्यक्तिगत विवरण
जन्मवि.सं. १७७०
गोरखा
मृत्युवि.सं.१८१४ जेठ १९
कीर्तिपुर
सन्तान(हरू)वंशराज पाँडे, रणशूर पाँडे, दामोदर पाँडे
अभिभावक
  • काजी भीमराज पाँडे (पिता)

कालु पाँडे वा कालु पाण्डे [१] (जन्म: वंशिधर पाँडे) एक महान् गोरखाली क्षत्रिय भारदार हुन्। गणेश पाँडेका वंशज पाँडे उच्च इमान्दारिता, पराक्रम र शौर्यको महिमा नेपाली इतिहासमा छ। पाँडे वंशका कुलदीपक पनि मानिन्छन्।

विराज थापा मगरले हमला गर्न हिचकिचाउँदा उनी महेश्वर पन्त सँगै सेनापतिमा नियुक्त भएका थिए। नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति पाएका कालु पाण्डे पृथ्वीनारायण शाहका सेनापति थिए। ईमान्दारिताको प्रतिक कालु पाण्डे एक चतुर मध्यस्थकर्ता पनि हुन्। उनले पृथ्वीनारायण शाह र लम्जुङ्गका राजा रिपुमर्दन शाहको वैरी सम्बन्ध सुधारेका थिए। उनको देहान्तपछि ज्वाइँ केहरसिंह बस्न्यातका भाइ अभिमान सिंह बस्न्यात सेनापति भए। उनले किर्ति

कालु पाँडे समाधिस्थल

परिवार[सम्पादन गर्नुहोस्]

उनको जन्म वि.सं. १७७० मा भारदार काजी भीमराज पाँडेको पुत्रको रूपमा भयो। उनी काजी वीरुदत्त पाँडेका नाति हुन्।[२] उनको पूर्वज गणेश पाँडे द्रव्य शाहका सहयोगी हुन्।[३]

नुवाकोट हमला[सम्पादन गर्नुहोस्]

चौबिसे राज्यसँग सम्बन्ध[सम्पादन गर्नुहोस्]

किर्तिपुरको लडाइँ[सम्पादन गर्नुहोस्]

१८१४ साल स्थान : बल्खुखोलामा नेपाल एकीकरण अभियानमा रहेका पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गरे। घमासान कीर्तिपुर युद्ध भयो।

दहचोकबाट गोर्खाली सेनाले कीर्तिपुर माथि आक्रमण गर्यो। गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि धावा बोलेका थिए, आक्रमण गरेका थिए। पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्ड गरिरहेका थिए। सानो राज्य कीर्तिपुर करिब तीन सय मात्र सेनाको भरमा प्रतिकार गरिरहेको थियो। त्यसो त कीर्तिपुर एक्लैसँग त्यति सेना थिएनन्। उसले काठमाडौँ, ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उत्रिएको थियो।

गोर्खाली सेनाले तीनथानातिरबाट आक्रमण गर्दा बल्खु खोलाको तीरमा काटाकाट चल्यो। गोरखालीहरूका सेनानायक कालू पाँडे त्यहीँ युद्धमा काटिए।[४]

दुई पक्षबीच घमासान युद्ध भयो। युद्ध करिब ६ घन्टा चल्यो। धेरै गोरखाली सैनिकको मृत्यु भयो। पृथ्वीनारायण शाह स्वयं कीर्तिपुरवासीको कब्जामा परे। तर, राजवध गर्न नहुने नैतिक नियमका कारण मात्र उनी बाँचेर मुक्त भएका थिए। सो युद्धमा गोर्खाली सेनाका सेनानायक कालु पाण्डे मारिए। [५]

सन्तान[सम्पादन गर्नुहोस्]

उनको पुत्र देवान काजीसाहेब वंशराज पाँडे, सरदार रणसुर पाँडे र मुलकाजी साहिब दामोदर पाँडे हुन्। दामोदर पाँडे नेपालका प्रथम मुख्तियार हुन्। काजी रणदल पाँडे र मुख्तियार रणजंग पाँडे उनका नातिहरू हुन्। उनकी एकमात्र सुपुत्री चित्रवती देवीको विवाह सेनापति बडावीर शिवराम सिंह बस्न्यातका माहिँला छोरा काजी केहरसिंह बस्न्यातसँग गरिदिएका थिए।

स्रोत[सम्पादन गर्नुहोस्]

  1. नेपाल तिब्बत युद्धका कालु पाण्डे अर्कै व्यक्ति हुन्
  2. http://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?m=1
  3. पन्त, महेशराज (२५ वैशाख २०७६), "कालु पाँडेको महिमा, पृथ्वीनारायणको लघिमा", नेपाल, अन्तिम पहुँच २२ जेष्ठ २०७९ 
  4. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७३, आइएसबिएन 99933-2-406-X 
  5. कीर्तिपुर युद्ध र पार्क :तीर्थराज बस्नेत २०७६ बैशाख २ सोमबार १०:१६:०० नयाँ पत्रिका

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]