कुमारसम्भवम्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कुमारसंभवम्बाट अनुप्रेषित)

कुमारसम्भवम् संस्कृत भाषाका महाकवि कालिदास द्वारा रचित काव्य हो। यो संस्कृत भाषामा लेखिएको छ। महाकवि कालिदासद्वारा रचित कुमारसम्भव महाकाव्य कार्तिकेयको जन्मसँग सम्बन्धित छ । यो संस्कृतका पाँच महत्त्वपूर्ण महाकाव्यमध्ये एक हो । प्रस्तुत महाकाव्यमा यत्रतत्र स्मरणीय, रमणीय एवं मनोरम वर्णन पाइन्छ । यस महाकाव्यका अन्तर्वस्तुका रूपमा रहेको हिमालयको वर्णन, पार्वतीद्वारा गरिएको तपस्याको वर्णन, ब्रह्मचारीद्वारा गरिएको शिवनिन्दाको वर्णन, वसनत आगमन, पार्वती विवाह तथा रतिक्रिया वर्णनले पाठकमा अद्भुत अनुभूति उत्पन्न गराउँछ । कालिदासले यहाँ नारीका विविध रूपको वर्णन गरेको पाइन्छ । यस महाकाव्यमा सत्र सर्ग रहेका छन् । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), संस्कृत साहित्यको रूपरेखा काठमाडौँ : अभिनव प्रकाशन

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]