सामग्रीमा जानुहोस्

कुमारसम्भवम्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कुमारसम्भवबाट अनुप्रेषित)

कुमारसम्भवम् संस्कृत भाषाका महाकवि कालिदास द्वारा रचित काव्य हो। यो संस्कृत भाषामा लेखिएको छ। महाकवि कालिदासद्वारा रचित कुमारसम्भव महाकाव्य कार्तिकेयको जन्मसँग सम्बन्धित छ । यो संस्कृतका पाँच महत्त्वपूर्ण महाकाव्यमध्ये एक हो । प्रस्तुत महाकाव्यमा यत्रतत्र स्मरणीय, रमणीय एवं मनोरम वर्णन पाइन्छ । यस महाकाव्यका अन्तर्वस्तुका रूपमा रहेको हिमालयको वर्णन, पार्वतीद्वारा गरिएको तपस्याको वर्णन, ब्रह्मचारीद्वारा गरिएको शिवनिन्दाको वर्णन, वसनत आगमन, पार्वती विवाह तथा रतिक्रिया वर्णनले पाठकमा अद्भुत अनुभूति उत्पन्न गराउँछ । कालिदासले यहाँ नारीका विविध रूपको वर्णन गरेको पाइन्छ । यस महाकाव्यमा सत्र सर्ग रहेका छन् । []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), संस्कृत साहित्यको रूपरेखा काठमाडौँ : अभिनव प्रकाशन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]