खरमुजुर
खरमुजुर | |
---|---|
भाले (उभिएको) र पोथी | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | Houbaropsis Sharpe, 1893
|
प्रजाति: | H. bengalensis
|
वैज्ञानिक नाम | |
Houbaropsis bengalensis (Gmelin, 1789) | |
पर्याय | |
Eupodotis bengalensis (Gmelin, 1789) |
खरमुजुर अथवा खरमयुर (Houbaropsis bengalensis) नेपाललगायत भारतीय उपमहाद्वीपमा पाइने एक प्रकारको चराको प्रजाति हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यस प्रजातिलाईरातो सूचीमा सूचिकृत गरेको छ।[२] यसलाई अङ्ग्रेजीमा बेङ्गाल फ्लोरिक्यान (Bengal Florican) भनिन्छ ।
विबरण
[सम्पादन गर्नुहोस्]खरमुजुर र सानो खरमुजुर उस्तै देखिने भिन्न प्रजातिहरू हुन्। खरमुजुर सानो खरमुजुर भन्दा ठूलो र गठिलो हुन्छ जसको चौडा टाउको र मोटो घाटी हुन्छ। खरमयूर कालो सेतो छिर्विरे रंगको र घाँसकै रंगसँग मिल्दोजुल्दो हुन्छ। भालेको टाउको, घाटी र माथिल्लो भाग कालो र उडेको बेलामा पखेटाको टुप्पोमा हल्का कालो बाहेक पुरै सेतो देखिन्छ । पोथी र अल्पवयस्कहरू मैलो खैरोदेखि बलौटे कैलोसम्म हुने गर्दछ। मैलो मैलो सेतो पङ्खढकनीमा गाढा र मसिना तेर्साहरू हुन्छन्। यसको नाप ६६ से.मी. हुन्छ। घाँसे मैदानमा पाइने लामा खुट्टा, मजबुत शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने खरमयुरका पोथी र बच्चा खैरा हुन्छन् । प्रजनन समयका बयस्क भाले प्रायः काला देखिन्छन्, जसको पखेटा भने सेता हुन्छन्।
वितरण तथा वासस्थान
[सम्पादन गर्नुहोस्]खरमुजुर नेपाल लगायत भारत, कम्बोडिया र भियतनाम मा पाइने गर्छ । यो प्रजाति ३०५ मि. भन्दा तलका भूभागमा केही संरक्षित क्षेत्रमा मात्र पाइने गर्छ ।सिरु अथवा खरको झाडीमा बस्न रुचाउने खरमयूर नेपालमा तराईको सिमसारमा पाइन्छ । कोसीटप्पु वन्यजन्तु आरक्ष खरमुजुरका लागि विश्वकै लागि महत्त्वपूर्ण स्थानका रूपमा चिनिएको छ । खरमयूर बच्चा कोरल्ने बेला नेपाली भु-भागमा देखिए पनि त्यसपछि आउने हिउँद र वर्षातमा नेपालबाट प्रायः हराउँछन्। त्यसैले यो नेपालका लागि आगन्तुक चरामा गनिन्छ ।
खतरा तथा संरक्षण अवस्था
[सम्पादन गर्नुहोस्]यो प्रजाति संरक्षणका हिसाबले विश्वमा अति सङ्कटापन्न अवस्थामा रहेको छ । नेपाल सरकारले यसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१२), "Houbaropsis bengalensis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
- ↑ BirdLife International (२०१७), "Houbaropsis bengalensis", The IUCN Red List of Threatened Species (IUCN) 2017: e.T२२६९२०१५A११७२४९६५१, डिओआई:10.2305/IUCN.UK.2017-3.RLTS.T22692015A117249651.en।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Grimmett, R; Inskipp, C. and T. (1998). Birds of the Indian Subcontinent. Christopher Helm, London. आइएसबिएन ०-७१३६-४००४-९
- BirdLife International (BLI) (2007). [ 2006-2007 Red List status changes ]. Retrieved 2007-AUG-26.
- BirdLife International (BLI) (2009). Bengal Florican Species Factsheet. Retrieved 2009-JUN-11.
- Gray, T. N. E; Collar, N. J; Davidson, P. J. A; Dolman, P. M; Evans, T. D; Fox, H. N; Chamnan H; Borey R; Hout, S. K; Van Zalinge R. N. (2009). Distribution, status and conservation of the Bengal Florican Houbaropsis bengalensis in Cambodia. Bird Conservation International (2009) 19: 1–14 PDF download