ठकुरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(खस ठकुरी बाट पठाईएको)
Jump to navigation Jump to search

कहिले कुसुण्डा त कहिले बाबुसाहेब भनेर विशेषण थपेर बोलाईने र चिनाइने ठकुरी नेपाली भूमिमा भूमिपुत्र आदिवासी हो । ठकुरी जाति नभई समुदाय पनि हो । नेपालमा मुलत मंगोल र आर्य खस दुवै रगत नशा र मोहोडाका धनि ठकुरीहरू छन्। नेपालको ऐतिहासिक काल देखि नै बिभिन्न समय र परिस्थितिमा महत्वपुर्ण भुमिका निर्वाह् गर्दै आएको यस जातिको इतिहासमा विषेश छुट्टै प्रकारले विष्लेशण गरिन्छ। कर्णालीगण्डकी प्रदेशको इतिहास हेर्दा ठकुरी जातिको उद्गम र एतिहासिक तथ्य पाइन्छ। अहिले नेपालको जातिलाई राजनीतिकरण गरेर आर्य खस , जनजाति, दलित र मधेशी भनेर बिभाजन गरिए पनि ठकुरीहरूलाई यो विषय स्वीकार योग्य छैन। गण्डक क्षेत्र ( मगारात क्षेत्र ) का ठकुरीहरू खस आर्य होइनन । ठकुरी नेपाली भूमिमा आदिकाल देखि रहदै आएको मुख्य जाति भएकोले आफ्नो स्वार्थको भन्दा पनि विषेश राष्ट्रको लागि जीवन दान दिने वीर जात वा जाती हो । केहि कर्णाली क्षेत्रको ठकुरीलाई खस जातिको विकसित रुपमा पनि वर्णन गरिन्छ । ठकुरी एउटा प्रकृति पुजक जनजाति वा जाति समुह हो । जसले सदियौ काल देखि प्रकृतिका कोटी कोटी खानी लाई पुज्दै आएका पनि छन् । जस्तै मस्टो पूजा , गौडी पूजा ( गाईको गोठ ), भीमसेन पूजा ( भैसीको गोठ ), भएर पूजा ( बाघ पूजा ), छाउदी पूजा ( माछा पूजा ) , सर्प पूजा ( नांग पूजा ), संसारीमाई पूजा ( प्राकृतिक विपत्तिवाट – चट्टयाङ्ग-वर्षा- हावाहुरी-खोला नालाको विपत्ति वाट जोगिनको लागि गरिने पूजा ) श्री पंचमीमा गाईको दुध प्रयोग गरि गरिने हलो पूजा हुन्। यस्ता भुमि र प्रकृतिलाई पूजा गर्ने ठकुरीहरू प्राकृतिक पूजक हुन । ? भय्रर लाई मकै चडाएर ( पूजा ) गर्ने दुदिलो मकै खाने ( मकै वाली पाकिसके पछि भय्रर लाई नचढाई खान हुन्न भानिन्छ) र, वालाचातुर्दशिमा धानको वाला चडाएर ( पूजा ) गरेर मात्र ति वाली अन्न भित्राउने प्रचलन छ । ठकुरीकाथरहरूमा उच्चै,खाँड, चन्द ,ज्यु ,पाल , बम, बंशी , मल्ल , मेदासी ,राठौर , शाह , शाही , सिंह ,सेन , हमाल, आदी हुन। अरुपनि धेरैथर भएका ठकुरीहरू जनाकारमा आएको पाइएको छ । नेपालका इतिहासविद् डा. राजाराम सुवेदी, डा. सूर्यमणी अधिकारीका अनुसार खस शाषकको अवसान पछी मगर सामन्तहरुले सेन शाह शाही र खाण थर राखेर ठकुरी राजा भए । नेपालमा (१) बैदिक आर्यन, (२) खश र (३) मंगोलमुलकागरी तीन किसिमका ठकुरीहरू भेटिन्छन । यिनका आ-आफ्नै मान्यता, चालचलन देबी/देवता ,मौलिकता, भाषा, रहन सहन छ | शाररिक बनौट पनि फरक -फरक देखा पर्छ । ३ किसिमका ठकुरी अन्तर्गतपर्ने नेपाली ठकुरीका थरहरू निम्न अनुसार छन् | पाल , बम, चन्द, सिंह , शाही, मल्ल, शाह, सेन , राठौर ,,हमाल,उच्चै, वंशी आदि । अरु पनि धेरै थर भएका ठकुरीहरू जनाकारमा आएको पाइएको छ । बैदिक आर्यन ठकुरीको इतिहास र पहिचानसंग खश ठकुरीको इतिहास र पहिचान मिल्दैन । मंगोल ठकुरीको इतिहास र पहिचानसंग अन्यको मिल्दैन । यस कारण यस बिषयमा बिबिधता छ । एक ठकुरीको इतिहास र पहिचानलाई सबै ठकुरीको इतिहास र पहिचान भन्नु गलत हुन्छ । ठकुरीको बिषयमा लेख्दा धेरै कुराको बिषयमा बुझेर ,जानेर लेख्नु पर्छ । [१]

ठकुरी र मगरहरू

गण्डकी प्रदेशका सामन्त शासकहरूका हैसियतमा मगर मुखियाहरूले वफादार सहयोगीको रुपमा स्थानीय प्रशासन चलाएका थिए । खश साम्राज्यको अवसानपछि मात्र ठकुरी सामन्त राजाहरूले खान, सेन, शाह आदिका रुपमा आ–आफ्नो थर परिवर्तन गरी आफुलाई स्वतन्त्र राजा घोषित गरेका थिए ( थर र जात परिवर्तन गरी मगर शासकहरूले आफुलाई ठकुरी भनाए भन्ने सम्बन्धमा मानवशास्त्रीहरूपनि सहमत छन् ( डा.सुर्य मणि अधिकारि ) ।” यस मानेमा नेपालका ठकुरीहरू सबै एउटै छैनन् । यहाँ खश, मगर, वैश्यहरूपनि कुनै कालखण्डमा ठकुरी भएको विषय सत्य हो । यो कुरा रुप, रंग, चाल चलन खवाई लवाई, मान्यता तिनका देवी देवता संस्कार,धर्मको विषयमा अध्ययन गर्दा सहजै अनुमान गर्न सकिन्छ । “गण्डकी प्रदेशका गोर्खा, लम्जुङ, कास्की, पर्वत, तनहुँ, भिरकोट, पाल्पा, गुल्मी, प्यूठानभेगमा गुरुङ मगर जातिका मुखियाहरूले २२ से र २४ से साम्राज्यको अधीनस्त सामन्तको रुपमा स्थानीय प्रशासन चलाएका थिए । ने.सं.११९ (वि.स.१०५५) मा लेखिएको एउटा पुस्तकको पुष्पिकावाक्यमा गण्डीगुल्म निवासी सुवर्णकार श्री राणक को उल्लेख पाईएको छ । सुनको कारोवार गर्ने भएकोले उनलाई सुवर्णकार भनिएको र उनी गण्डी अथवा गण्डकीनजिक गुल्मीका मगर भएको बुझिन्छ ।

प्रा.डा.सूर्यमणि आधिकारी, खश साम्राज्यको इतिहास, (वि.स.२०६१)को पृष्ट ८८मा लेखिए अनुसार “खश साम्राज्यलाई शक्तिशाली बनाउनमा ठकुरिहरूको दोहरो भूमिका थियो । साम्राज्यको केन्द्रीय प्रशासनमा उनीहरूको निकट र सार्थक सहभागिता थियो भने गण्डकी प्रदेशका सामन्त शासकहरुका हैसियतमा मगर मुखियाहरूले वफादार सहयोगीको रुपमा स्थानीय प्रशासन चलाएका थिए । खश साम्राज्यको अवसानपछि मात्र थकुरि सामन्त राजाहरुले खान, सेन, शाह आदिका रुपमा आ–आफ्नो थर परिवर्तन गरी आफूलाई स्वतन्त्र राजा घोषित गरेका थिए । थर र जात परिवर्तन गरी खस शासकहरुले आफूलाई ठकुरी भनाए भन्ने सम्बन्धमा मानवशास्त्रीहरुपनि सहमत छन् ।” यस मानेमा नेपालका ठकुरीहरू सबै एउटै छैनन् । यहाँ खश, मगर, वैश्यहरुपनि कुनै कालखण्डमा ठकुरी भएको विषय सत्य हो । यो कुरा रुप, रंग, चाल चलन खवाई लवाई, मान्यता तिनका देवी देवता संस्कार,धर्मको विषयमा अध्ययन गर्दा सहजै अनुमान गर्न सकिन्छ । “गण्डकी प्रदेशका गोर्खा, लम्जुङ, कास्की, पर्वत, तनहुँ, भिरकोट, पाल्पा, गुल्मी, प्यूठानभेगमा गुरुङ मगर जातिका मुखियाहरुले खश साम्राज्यको अधीनस्त सामन्तको रुपमा स्थानीय प्रशासन चलाएका थिए ।

ने.सं.११९ (वि.स.१०५५) मा लेखिएको एउटा पुस्तकको पुष्पिकावाक्यमा गण्डीगुल्म निवासी सुवर्णकार श्री राणक को उल्लेख पाईएको छ । सुनको कारोवार गर्ने भएकोले उनलाई सुवर्णकार भनिएको र उनी गण्डी अथवा गण्डकीनजिक गुल्मीका मगर भएको बुझिन्छ । तत्कालीन नेपाल उपत्यकाका केही अभिलेखमा तिलिकम राण,वुवार वुदा राने,ओम राण,देवु राणक, तिभुयि राणक, गृवल्लो राण, बुंद्दा राणे पाक आदि राने,राणे,राणकजस्ता पदधारी व्यक्तिको उल्लेख पाइएको छ । यिनीहरु मध्ये केहीलाई नायक भनिएको छ र केही ताडपत्र तमसुकका दृष्टसाक्षीका रुपमा सम्मानित छन् । राणकपदले सामन्त राजालाई जनाउँथ्यो । विशेष गरेर मगरात प्रदेशमा पूर्व मध्यकालमा मगरहरुको प्रभावशाली अस्तित्वलाई दृष्टिगत गर्दा खश साम्राज्यको विघटनपछि वि.स.१४७५ तिर भिरकोटमा स्वतन्त्र राज्य स्थापना गर्ने आठटीका शाही खानदानका साझापूर्खा भूपाल राना पनि राणक वा राने पदधारी मगरकै वंशधर गोर्खा राजवंशलाई समेत मगरकै शाखा भएको कुरा प्रा.डा.सूर्यमणि अधिकारीले, खश साम्राज्यको इतिहासमा उल्लेख गरेका छन् । त्यस भेगको मान्यता अनुसार ठकुरी र मगरलाई भाइ भाइ हुँन भन्ने भनाई पाईन्छ । कारण त्यहाँका ठकुरीहरुको पूर्खेउली सम्बन्ध मगरसँग भएरनै यसो भनिएको हुन सक्छ l

बाह्य लिङ्कहरू

हामी ठकुरीहरू

सन्दर्भ सामग्री

  1. प्रा.डा.सूर्यमणि आधिकारी, खश साम्राज्यको इतिहास, (वि.स.२०६१)को पृष्ट ८८मा लेखिए अनुसार “

हेर्नुहोस्