गर्ज्याङ्गकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

[जेष्ठ नागरिकहरु १]

गर्ज्याङ्गकोट
देश नेपाल
अञ्चलकर्णाली अञ्चल
जिल्लाजुम्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा२,८५४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

गर्ज्याङ्गकोट जुम्ला जिल्लामा पर्ने पहिलाको एउटा गाउँ विकास समिति हो। अहिले पछिल्लो नेेेेपालको स्थानिय संरचना अनुसार

गुठिचौर गाउँ पालिकाको वडा नम्बर 3 (तीन) मा अबस्थित रहेको अहिलेको भुभागलाई नै गर्ज्याङ्गकोट भनिन्छ । यस गाउँको नाम एक रिऋिको नामबाट नामकरण गरिएको हो भन्ने किम्म दन्ति पनि छ भने अर्को तिर कुल देवता गहिरबारा भएका कारणले यहाँका मुख्य धर्ति पुत्र गहिरबाराका मान्छेहरु भएका कारणले पनि यहीँ गहिरबाराको नामबाट यस गाउँको नाम गहिरबारा नामाकरण गरिएको हो पनि भन्ने गरिन्छ । यस गाउँमा मुख्य तय दुईवटा कुल देवता रहेका छन्न जुन कुल देवता गहिर बारा र राबलबाराका मान्छेहरुले मान्ने गरेको पाईन्छ जसमध्ये पनि गहिरबाराको कुल देवता पहिला देखिनै पुजा गरिदै आएको र रावलबाराको कुल देवता पछि रावलहरुको बस्ती बसेपछिको केही समयपछि मात्रै सुरुभयको भन्ने कुरा छ । जसका कारण धेरैजसो मान्छेहरुले रावलबाराकाको कुल देबतालाई किलास्थानि मान्दैन्न अहिले पनि । यहि कारणले गर्दा पनि होला केही गहिरबाराका बृद्धअबश्थाका मान्छेहरुले गर्ज्याङ्गकोटको नामाकरण पनि गहिरबाराको नामबाट राखिएको हो पनि भन्ने गरेका छन्न ।यस गाउँमा पाँचभाई पाण्डपहरुले बनबास बस्दाको समयमा भिमले निर्माण गरेको एक ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वले भरिएको एक मन्दिर छ। जुन मन्दिरको बानाबट कर्णालीका अन्य मन्दिर भन्दा फरक शैलिमा निर्माण भएको पाईन्छ । सुर्खेतको काङ्ग्रे बिहारको जस्तै शैलीमा निर्मित रहेको छ। अहिले गर्ज्याङ्गकोटमा विभिन्न जात जातिका मान्छेहरु बसोबास गर्द छन्न। यो ठाउँलाई चारै तिरबाट मष्ट देबताहरुले धेरिएको छन्न। यो एउटा ठुलो सम्भाबनाले भरिएको जुम्ला जिल्लाको अति नै महत्त्वपूर्ण ठाउँ हो । यहाँ बुडुमष्टोको थान, बाबिरा मष्टक‍ो थान, कैवा मष्टको थान, बाटपल मष्टको थान, रामचुल्लोको थान, भैयारको थान लगाएत विभिन्न देबि देबताहरुका थान रहेको हुनाले तेस डाडोलाई थानडाडो भनिन्छ । एउटा अर्को अलिकति रातो रातो माटोले बनेको डाडो रहेको छ जसलाई राल्थाना भनिन्छ। अहिले गर्ज्याङ्गकोट गाउँ विभिन्न बाराहरुको मिश्रित भएर बनेको जुम्लाको जिल्लाक‍ो एक ठुलो गाउँ हो । यस गाउँमा गहिरबारा, जोगिबारा, रावलबारा , भाजबारा, तलिबारा, साईलबारा, जालखेल्लेबारा, नाईकबारा, हरिबारा, घट्टलबारा, दमाईबारा, लरबारा, आदि बाराहरु रहेका छन्न ।यहाँ मुख्यत ऊदाबारा र पोरीबारा गरि दुई भागमा बिभाजन गर्ने प्रचलन रहेको छ हरेक काम गर्दा होस वा जुन सुकै पनि काम र छलफल बहसहरु गर्दा पनि यसरी नै ऊदाबारा र पोरिबारा गरि बिभाजन गर्ने गरिन्छ । बिशेष गरि ऊदबारा भन्नाले यसभित्र गहिरबारा, जोहिबारा, हरिबारा, दमाईबारा, लरबारा, रावलबारा भाजबारा, घट्टलबारा पर्दछन्न , भने पोरिबारा भन्नाले जालखेल्ले बारा, साईलबारा, तलिबारा नाईकबारा पर्द छन्न । तेहा बस्ने हरेक बाराका मान्छेहरुले फरक फरक मष्टो देवता मान्ने वा पुजा गर्ने चलन छ जस्तै गहिरबाराका मान्छेहरुले पुजा गर्ने कुल देवता कालो सिल्तो, महादेउ, सुनरिकाई लाई मान्द छन्न भने , जोगिबाराका मान्छेहरुले थार्पलाई मान्ने गर्छन, रावलबाराका मान्छेहरुले बाटपल, माई, नउलो देवता, मान्ने गर्द छन्न, हरिबाराका मान्छेहरुले कैवा मष्ट मान्ने गर्द छन्न, लरबाराका मान्छे र नाईकबाराका मान्छेहरुले भैयार मान्ने गर्छ छन्न, दमाईबाराका मान्छहरुले रामाचुलो लाई मन्ने वा पुजा गर्ने गर्द छन्न, घट्टलबाराका मान्छेहरुले बाबिरो मष्ट मान्ने वा पुजा गर्ने गर्द छन्न, भाजबारा, जालखेल्नेबारा, साहिलबारा, तलिबाराका मान्छेहरुले संयुक्तरूपमा बुडु मष्ट मान्ने वा पुजा गर्ने गर्द छन्न। यसरी हेर्दा त्यो गाउँ पुरै मष्ट पुजक वा प्रकृति पुजक तथा पित्रुहरुलाई देबता मानि पुजा गर्नेहरुको बासस्थान हो । यस गाउँका बारेमा केही राष्ट्रिय स्तरका चर्चित लेखकहरुले पनि आफ्नो पुस्तकहरुमा गर्ज्याङ्गकोट गाउँलाई ठाउँ दिएको पाईन्छ।।

स्रोत[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू :===स्थानिय बुद्धहरुको मैखिक भनाई,,, केहि राष्ट्रिय लेखकहरुको पुस्तकहरु म आफै पनि त[सम्पादन गर्ने]

तेहाको स्थानीय हु (हरिदत्त रावल गहिरबारा )

बाह्य कडीहरू[सम्पादन गर्ने]




उद्दरण त्रुटी: <ref> tags exist for a group named "जेष्ठ नागरिकहरु", but no corresponding <references group="जेष्ठ नागरिकहरु"/> tag was found