गुठिचौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गुठीचौर बाट पठाईएको)
गुठिचौर गाउँपालिका
गुठिचौर गाउँपालिका is located in कर्णाली प्रदेश
गुठिचौर गाउँपालिका
गुठिचौर गाउँपालिका
कर्णाली प्रदेशमा रहेको स्थान
गुठिचौर गाउँपालिका is located in नेपाल
गुठिचौर गाउँपालिका
गुठिचौर गाउँपालिका
गुठिचौर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′उ॰ ८२°१९′पू॰ / २९.२६७°N ८२.३१७°E / 29.267; 82.317निर्देशाङ्कहरू: २९°१६′उ॰ ८२°१९′पू॰ / २९.२६७°N ८२.३१७°E / 29.267; 82.317
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा११, ३४५
वेबसाइटआधिकारिक वेबसाइट

गुठिचौर गाउँपालिका जुम्ला जिल्लाको ७ गाउँपालिका मध्येको एक गाउँपालिका हो। नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार गुठिचौर गाउँपालिकाको कुल जनसंख्या ११, ३४५ छ।[१]

जुम्ला सदरमुकाम खलङ्गाबाट पूर्वी भेगमा पर्ने गुठिचौर उपत्यकाको फाँटिलो भूभाग पुग्न सदरमुकामबाट छ घन्टे पैदल हिड्नु पर्छ । अथवा नेपालगन्ज, सुर्खेत, दैलेख, कालीकोट हुँदै दुई दिन गाडी यात्रा पार गर्नुपर्छ। सुर्खेतबाट जुम्ला सदरमुकाम पुग्न मोटरमा दुई दिन लाग्छ। सदरमुकामबाट देपालगाउँ, गज्र्याङकोट हुँदै गुठिचौरको फाँट पुगिन्छ। ०२८ सालमा स्थापित गुठिचौर भेडा तथा बाख्रा अनुसन्धान केन्द्र केन्दिय स्तरको एक मात्र कार्यालय हो :

गुठिचौरदेखि उत्तरतिरको लाक्ना डाँडा चढेपछि कान्जिरुवा हिमाल आँखैअगाडि देख्न सकिन्छ भने जुम्लाकै पातारासी हिमशृंखला लमतन्न परेको देखिन्छ। यो डाँडामा पाँचऔँले, भुत्ले, चटामरीलगायतका हिमाली जडीबुटीसमेत पाइन्छ। यहाको प्रसिद्द् गणेशस्थानको मन्दिरले रमणीय गुठिचौरको धार्मिक महत्त्वसमेत बोकेको छ।ओढारभित्र अवस्िथत यो गणेश स्वरूपको ढुंगा कसैले कुँदेको नभई आफैँ उत्पत्ति भएको विश्वास गरिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गुठिचौर गाउँपालिकाको संक्षिप्त परिचय", गुठिचौर गाउँपालिका, अन्तिम पहुँच २७ असार २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]