सामग्रीमा जानुहोस्

जनसङ्ख्या अर्थशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महाभारतको आदिपर्वमा सृष्टि र त्यस पछिका मानिसहरूको संख्याको विवरण छ । चाणक्यले लेखेको संस्कृत ग्रन्थ अर्थशास्त्र मा जनगणना, करारोपण र सरकारी व्यय सम्बन्धी नीतिको उल्लेख छ । यो ग्रन्थ करीब ४०० ई.पू. लेखिएको हो । सन १२५० मा इजिप्टका राजा रामेश द्वितीयले जन्म दर्ता लागू गरेको ऐतिहासिक प्रमाणहरु छन् । अबुल फजलले लेखेको ग्रन्थ आइने अकबरीमा पनि जनगणनाका तथ्यांक संकलनको विवरण पाइन्छ ।[] तथ्यांकहरूको जनसांख्यिक विश्लेषण गर्ने प्रथम श्रेय जोन ग्राण्ट लाई छ । जसलाई जनसाङ्ख्यिकीका पिता पनि भनिन्छ । बिल्स अफ मोर्टालिटि Bills of Mortality पुस्तकमा उनले जन्म र मृत्युका यिनै आकडाहरूको अध्ययन गरेर केही जनसांख्यि निष्कर्षहरु प्राप्त गरेका थिए । जुन यस प्रकार छन्, [] यी प्रक्रियाहरु निश्चित नियमको आधार मा हुन्छन् ।

  • पुरुष भन्दा महिला जन्म दर कम हुन्छ,(पुरुष १०५ःमहिला १००) तथापि कुल जनसङ्ख्यामा पुरुष र महिलाको संख्या लगभग बराबर हुन्छ ।
  • जीवनका प्रारम्भिक वर्षहरूमा अन्य वर्षहरूको तुलनामा मृत्यु दर बढी हुन्छ ।
  • शहरको तुलनामा ग्रामीण क्ष्ँेत्रमा मृत्युदर कम हुन्छ ।


अर्थशास्त्री विलियम पेट्टीले (सन १६२३–८७) आफ्नो पुस्तक पोलिटिकल अर्थमेटिक मा जनंसख्या, शहरीकरण, बेरोजगारी र राष्ट्रिय आयको बारेमा व्याख्या गरेका छन् । उनलाई नै सर्वप्रथम जीवन तालिका निर्माण गरेको श्रेय पनि दिइन्छ । जर्मन विद्वान जोन पीटर सुसमिल्च (१७०७–६७) ले द डिवाइन अर्डर पुस्तकमा जनसङ्ख्या सम्बन्धी निम्न निष्कर्षहरु प्राप्त गरेः

  • १. बहुविवाहले,युद्धको बेला आवश्यक जनसङ्ख्याको माग पूरा गर्न मद्दत गर्छ ।
  • २. जन्मको पहिलो हप्तामा मृत्यु दर अन्य समय भन्दा बढी हुन्छ ।
  • ३. पुरुषको भन्दा महिलाहरूको जीवन प्रत्याशा बढी हुन्छ ।
  • ४. महिलाको भन्दा पुरुषमा पुनर्विवाहको चाहना बढी हुन्छ ।

दोस्रँे चरण

[सम्पादन गर्नुहोस्]

सन् १७९८ मा टी आर माल्थसको पुस्तक एन एसे अन पपुलेशन जनसङ्ख्याको विवेचना गर्ने प्रथम महत्त्वपूर्ण पुस्तक मानिन्छ । यस पुस्तकमा जनसङ्ख्या वृद्धि र खाद्य सामग्रीको विशेष सम्बन्धको व्याख्या गरेको छ यो पुस्तक प्रकाशित भएकै दिनदेखि अत्यन्त चर्चित रह्यो । विद्वानहरूले यसको प्रशस्त आलोचना पनि गरे । पुस्तकले प्रशस्त समर्थन पनि पायो । पछि माल्थसले विभिन्न देशहरूको भ्रमण भ्रमण गरी जनसङ्ख्या सम्बन्धी तथ्यांक सङ्कलन गर्दै के सिद्ध गरे भने सामाजिक विज्ञानहरूमा पन िभौतिक विज्ञानहरु जस्तै तथ्यहरूको विश्लेषण गरेर मात्र कुनै सिद्धान्तको पुष्टि गर्नै सकिन्छ । यस सिद्धान्तको प्रतिपादन पछि मानिसहरूले जनसङ्ख्या वृद्धिलाई गम्भीरतापूर्वक अध्ययन गर्न थालेका हुन् । यसरी जनसङ्ख्या शास्त्रको विकास क्रमको प्रथम चरण समाप्त भइ दोस्रँे चरण प्रारम्भ हुन्छ ।
जनसङ्ख्या शास्त्रको दोस्रो चरण प्रायिकताको गणितीय विकासका साथै प्रारम्भ हुन्छ । यस क्रममा अमेरिका र युरोपका देशहरूमा जनगणना र पंजीकरण प्रारम्भ भइ जन्म मृत्युका तथ्यांकहरूको विश्लेषण र सहसम्बन्धको अध्ययन प्रारम्भ भयो । जसले जनसाङ्ख्यिकीका उत्कृष्टतम विधिहरूको सहायताले जनसांख्यिक तथयांकको अध्ययन हुन थाल्यो । तर Dempgraphy शब्दको प्रयोग सर्वप्रथम फ्रांन्सिसी लेखक आशिले गिलार्ड ले आफ्नो पुस्तक मा गरे । यस पुस्तकमा उनले जनसाङ्ख्यिकीलाई जनसङ्ख्याको भौतिक, सामाजिक, बौद्धिक तथा नैतिक अवस्थाहरु र सामान्य प्रवासको अध्ययन बताएका छन् ।[]
वारेन थोम्पसनले आफ्नो पुस्तक Population Problem (१९५३) मा जनसङ्ख्याको अध्ययन सामाजिक विज्ञानको दृष्टिकोणले गरेका छन् । यसरी जीवविज्ञान, समँज शास्त्र र अर्थशास्त्रको एक अंगको रूपमा रहेको यो विषय आज एक स्वतन्त्र विषय जनसङ्ख्या अध्ययनको रूपमा विकसित भइसकेको छ ।

जनसङ्ख्या अर्थशास्त्रको महत्त्व

[सम्पादन गर्नुहोस्]

मानव जातिले ज्ञान विज्ञानका अनेक क्ष्ँेत्रमा फड्को मारेको छ । आफुलाई प्रशस्त भौतिक सुख सुविधा जुटाएको छ । तर पनि विश्वको जनसङ्ख्याको आधा भन्दा बढी भाग आज पनि अभावग्र्रस्त जीवन बिताउन विवश छन् । एक्काइसौं शताब्दीको प्रारम्भमा विश्वका २२ प्रतिशत मानिसहरु अल्पपोषित छन् भने ११ प्रतिशत मानिसहरु अत्यन्त कुपोषित छन् । यति मात्र विश्वको १ प्रतिशत जनसङ्ख्या भोकमरिको शिकार हुने गरेको डरलाग्दो तथ्यांक छ । विश्वका अनेक क्षेत्रमा भोकमरीले गर्दा मानिसहरूको अकाल मृत्यु भइरहेको छ । अल्पविकसित देशहरूका बासिन्दाको जीवन स्तर न्यून छ । यसको प्रमुख कारण देशको उत्पादन वृद्धिको दर भन्दा जनसङ्ख्या वृद्धिको दर धेरै हुनु हो ।

जनसाङ्ख्यिकी, जनसङ्ख्या अध्ययन, औपचारिक जनसाङ्ख्यिकी र जनसङ्ख्या शिक्षा

[सम्पादन गर्नुहोस्]

जनसाङ्ख्यिकी ग्रीक भाषाका दुई शब्द मिलेर बनेको छ Demos को अर्थ हुन्छ मानिस र Graphy को अर्थ हुन्छ विवरण । यस प्रकार जनसाङ्ख्यिकी वा जनसङ्ख्याशास्त्र भनेको मानिसहरूको विवरणहो । यसमा कुनै क्षेत्रका मानिसहरूको जन्म, मृत्यु र बसाईं सराई जस्ता घटनाहरूको संख्यात्मक विवरण हुन्छ । त्यसैले यस विषयलाई जनांकिकी पनि भनिन्छ । तसर्थ, जनसङ्ख्या शास्त्रलाई यस प्रकार परिभाषित गर्न सकिन्छ,
जनसाङ्ख्यिकी जनसङ्ख्याको आकार, संरचना र वितरण तथा यसमा जन्म मृत्यु विवाह र प्रवास र सामाजिक गतिशीलताका प्रक्रियाहरु द्वारा समय समयमा हुने परिवर्तनहरूको तथ्यांकीय र गणितीय अध्ययन गरिन्छ । यसले जनसांख्यिक घटनाहरूको व्याख्या र त्यससंग सम्बन्धित सिद्धान्तहरूको निर्माण गर्दछ ।

औपचारिक जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

जनसङ्ख्यासंग सम्बन्धित औपचारिक तथ्यांक र सोसँग सम्बन्धित तथ्यांकीय र गणितीय विश्लेषण को प्रस्तुति लाई औपचारिक जनसाङ्ख्यिकी Formal Demography भनिन्छ । यस दृष्टिले औपचारिक जनसाङ्ख्यिकी भन्दा जनसङ्ख्या अध्ययन बढी विस्तृत हुन्छ ।

जनसङ्ख्या अध्ययन/सामाजिक जनसांख्यकी

[सम्पादन गर्नुहोस्]

जनसाङ्ख्यिकी शास्त्र तथा जनसङ्ख्या अध्ययनमा त्यति ठूलो अन्तर छैन । यद्यपि कुनै कुनै जनसङ्ख्या शास्त्रीले दुवैमा अन्तर गर्ने प्रयास गरेका छन् । उनीहरूको विचारमा जब जनसङ्ख्या शास्त्रलाई जैविक, सामाजिक, आर्थिक तथा भौगोलिक तत्वहरूसँग सम्बन्धित गराएर अध्ययन गरिन्छ त्यस बेला यस विषयलाई जनसङ्ख्या अध्ययन वा जनसङ्ख्या विश्लेषण भनिनछ । यस विषयले जनसङ्ख्याको सामाजिक आर्थिक पक्षलाई बढी महत्त्व दिने हु“दा यसलाई सामाजिक जनसाङ्ख्यिकी Social Demography पनि भनिन्छ ।

जनसङ्ख्या शिक्षा

[सम्पादन गर्नुहोस्]

Population Education शब्दको प्रयोग सर्वप्रथम कोलम्बिया विश्वविद्यालयका प्रो. स्लोन आर. वेल्याण्डले गरेका हुन् । वेल्याण्डका अनुसार, कुनै विशेष समाजको आवश्यकता अनुसार उपयुक्त हुने गरी विद्यालयमा जनसङ्ख्या शिक्षाअनतर्गत विशेष किसिमका शैक्षिक कार्यक्रमहरू लागू गर्नु पर्दछ । प्रजातांत्रिक मुलुकहरूमा त्यहाको समाजको आवश्यकता अनुरुप पाठ्यक्रम निर्माण गर्नु पर्दछ । शिक्षण संस्थाहरु नै यसका आधार हुन् र यी संस्थाहरूले समाजका आवश्यकता पूर्ति गर्ने खालको शिक्षा प्रदान गर्नु पर्दछ ।

जनसाङ्ख्यिकी र जनसङ्ख्या शिक्षा

[सम्पादन गर्नुहोस्]

प्रायः जनसङ्ख्या अध्ययन जनसाङ्ख्यिकीशास्त्र र जनसङ्ख्या शिक्षा लाई पर्यायवाची मानिनछ । तर यी दुवैमा थोरै अन्तर छ । जनसाङ्ख्यिकी शास्त्रबाट जनसङ्ख्या अध्ययनका लागि कच्चा सामग्री
प्राप्त हुन्छ। फलस्वरुप जनसाङ्ख्यिकी शास्त्र भन्दा जनसङ्ख्या अध्ययन विस्तृत हुन्छ । जनसङ्ख्या शिक्षा, जनसङ्ख्या अध्ययन र जनसाङ्ख्यिकी दुवै भन्दा फरक छ। किनभने जनसङ्ख्या शिक्षा मुख्यतः जनसङ्ख्या चेतनासँग सम्बन्धित छ । जनसङ्ख्या शिक्षाले देशको आवश्यकता अनुसार जनसङ्ख्याको बारेमा मानिसहरूलाई जागरुक बनाई गुणस्तरीय जीवन अभिवृद्धि गर्न सहयोग पुर्याउछ ।
जनसङ्ख्या नियन्त्रणका विविध उपायहरु गरिए तापनि जनसङ्ख्या वृद्धि दरमा अपेक्ष्ँित नियन्त्रण हुन सकेको छैन । मानिसहरूको मूल्य, मान्यता र अभिवृत्तिमा परिवर्तन नल्याई सरकारी उपायले मात्र जनसङ्ख्या नियन्त्रण हुन नसक्ने स्पष्ट भइसकेको छ । त्यसैले जनसङ्ख्या शिक्ष्ाँको अवधारणा विकसित भएको छ । जनसङ्ख्या शिक्ष्ाँको माध्यमबाट मूल्य स्पष्टीकरण द्वारा जनसङ्ख्याको बारेमा विद्यार्थीहरूको मूल्य मान्यतामा परिवर्तन ल्याउन तथा जनसङ्ख्या सम्बन्धी समस्याहरूको बारेमा ज्ञान, सीप, अभिवद्धि र समझदारी विकास गर्न सकिन्छ । जसले गर्दा उनीहरू स्वयंले र संगसंगै समाजले फाइदा प्राप्त गर्न सक्छ ।

जनसङ्ख्या अर्थशास्त्र/आर्थिक जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या अर्थशास्त्र तुलनात्मक रूपले नया विषय हो । जनसङ्ख्याको अध्ययनलाई आर्थिक दृष्टिकोणले अध्ययन गर्नु नै जनसङ्ख्या अर्थशास्त्र वा आर्थिक जनसाङ्ख्यिकी हो । जनसङ्ख्या अर्थशास्त्रले जनसङ्ख्याको अध्ययन केवल जनसांख्यिक दृष्टिले मात्र गदैन । यसले जनसंखयाको अर्थशास्त्रको परिप्रेक्ष्यमा अध्ययन गर्दछ । जनसङ्ख्या अर्थशास्त्रले जनसङ्ख्या अध्ययनका सबै उपकरणहरूको प्रयोग गर्दछ । जसलाई जनसङ्ख्याको परिमाणात्मक पक्ष भनिन्छ । तर साथै यसले जनसङ्ख्याको गुणात्मक पक्षहरूको पनि अध्ययन गर्दछ ।

जनसाङ्ख्यिकी शास्त्र र अर्थशास्त्र

[सम्पादन गर्नुहोस्]

आधुनिक जनसाङ्ख्यिकीको आधार माल्थसको पुस्तक An Essay on Population हो र र सर्वविदित तथ्य के हो भने माल्थस एक प्रसिद्ध क्लासिकल अर्थशास्त्री हुन् । माल्थस बाहेक पनि अनेक प्रसिद्ध अर्थशास्त्रीहरूले जनसङ्ख्या सम्बन्धी घटनाहरू प्रजननता, बसाईं सराई आदिको आर्थिक व्याख्या गरेका छन् । यी अर्थशास्त्रीहरूमा लीबेन्सटीन, गेरी बेकर, रिचार्ड इस्टर्लिन, टी डब्लु शुल्ज, हार्बिन्सन र मायर्स आदि प्रमुख छन् । वास्तवमा भन्ने हो भने जनसाङ्ख्यिकीको सबभन्दा बढी सम्बन्ध अर्थशास्त्रसंग छ । अर्थशास्त्रमा मानवीय व्यवहारको अध्ययन गरिन्छ । आर्थिक विकासका सिद्धान्तहरूको अध्ययन गर्दा अधिकतम जनसङ्ख्याको अधिकतम हितलाई ध्यानमा राखिन्छ ।
श्रम उत्पादनको एक अनिवार्य साधन हो । यो उत्पादनको साधन मात्र नभएर साध्य पनि हो । कुनै पनि देशको अर्थव्यवस्थामा त्यहाको जनसङ्ख्याले निर्णायक प्रभाव पार्छ। आवश्यकताभन्दा कम र आवश्यकता भन्दा बढी दुवै जनसङ्ख्या अर्थव्यवस्थाका लागि उचित मानिंदैन । त्यसैले अर्थशास्त्रमा आदर्शतम जनसङ्ख्याको अवधारणा विकसित भएको छ । जनसङ्ख्या, जनसांख्यिक प्रक्रिया र सामाजिक–आर्थिक अवस्था बीचको सम्बन्धलाई जनसङ्ख्या संक्रमणको सिद्धान्तले स्पष्ट व्याख्या गर्दछ। यस सिद्धान्तको व्याख्या नोटेस्टीन, थोम्पसनआदि जनसङ्ख्याशास्त्रीहरूले गरेका हुन्। यी विचारकहरुका अनुसार आर्थिक विकासको परिणामस्वरुप कुनै पनि देशको जनसङ्ख्या वृद्धि दर, जन्म दर, मृत्यु दर तथा जनसङ्ख्याको गुणात्मक र परिमाणात्मक पक्षको निर्धारण हुन्छ ।
आश्रित अनुपात, श्रम शक्ति, रोजगार, आय, शिशुहरूको माग, जनसङ्ख्या स्थानान्तरण आदि अवधारणाहरु ले जनसाङ्ख्यिकी र अर्थशास्त्रको घनिष्ठ सम्बन्धलाई स्पष्ट गर्दछ । यी दुवैको मिश्रणले एक नया विषय निर्माण भएको छ । जसलाई जनसङ्ख्या अर्थशास्त्र वा आर्थिक जनसाङ्ख्यिकी भनिएको छ ।
जनसङ्ख्या र आर्थिक क्रियाकलापअ अन्योन्याश्रित भएकोले नै विश्वका अधिकांश विश्वविद्यालयमा अर्थशास्त्र अन्तर्गत यसको अध्ययन गरिन्छ । त्रि.वि. अन्तर्गत मानविकी र शिक्षा संकायमा अर्थशास्त्रको पाठ्यक्रममा जनसाङ्ख्यिकीलाई समावेश गरिएको छ । मानविकी स्नातकोत्तर तहमा भने अर्थशास्त्रमा Population Economics नामको विषय नै समावेश गरिएको छ । वि.सं.२०५८ भन्दा अगि यसै विषयलाई Demography भनिन्थ्यो ।

जनसाङ्ख्यिकी र समाज शास्त्र

[सम्पादन गर्नुहोस्]

समाजशास्त्र अन्तर्गत नौ विषय वस्तु अध्ययन गरिन्छः

  • क. सामाजिक सङ्गठन
  • ख.संस्कृति
  • ग. समाजीकरण
  • घ. प्राथमिक सम्बन्ध
  • ङ.सामाजिक स्तरीकरण
  • च. सामाजिक सम्बन्ध
  • छ. सामूहिक आचरण
  • ज. जैविक तथ्य र
  • झ. वातावरण ।

यस प्रकार जनसाङ्ख्यिकी शास्त्र समाजशास्त्रको एक अभिन्न अङ्ग हो । समाजको रचना जनसङ्ख्याद्वारा हुन्छ । त्यसैले जन्म, मृत्यु,बसाईं सराई, विवाह जस्ता जनसांख्यिक घटनाहरूले समाजलाई पनि प्रभावित गर्छन् । त्यसै गरी समाजका सदस्यहरूको मूल्य र मान्यताले जन्म, मृत्यु, विवाह र बसाईं सराइका घटनाहरूलाई प्रभावित गर्दछ । विश्वका अधिकांश विश्वविद्यालयहरूमा समाजशास्त्र अन्तर्गत जनसाङ्ख्यिकीको विषय वस्तु राखिन्छ । यसबाट यी दुवै विषयको सम्बन्ध स्पष्ट हुन्छ तर यी दुवैमा एउटा आधारभूत अन्तर के छ भने समाजशास्त्र जनसङ्ख्याको गुणात्मक पक्षको व्याख्या हो भने जनसाङ्ख्यिकी शास्त्रले जनसङ्ख्याको संख्यात्मक पक्षको पनि अध्ययन गर्दछ। BDMishra: An Introductuction to Study of Population, 3rd edition chap. 2

जनसाङ्ख्यिकी र तथ्यांक

[सम्पादन गर्नुहोस्]

जोन ग्राण्टलाई जनसाङ्ख्यिकीका पिता भनिन्छ उनको बिल्स अफ मोर्टालिटी भन्ने पुस्तक तथ्यांक शास्त्रको पनि आधार मानिन्छ । जनसाङ्ख्यिकीका अनेक सिद्धान्त तथ्यांकीय विधिमा आधारित छन् । उदाहरणार्थ, जनसङ्ख्या वृद्धि दर नाप्ने आधार ज्यामितीय मध्यक हो । तसर्थ बिना तथ्यांक जनसाङ्ख्यिकीशास्त्रको अध्ययन असंभव छ ।[][]

जनसाङ्ख्यिकी र पारिस्थितिकी

[सम्पादन गर्नुहोस्]

जनसङ्ख्याको अनियन्त्रित वृद्धिले अनेक वातावरणीय समस्याहरु उत्पन्न भएका छन् । पृथ्वीको ओजोन तह नष्ट हुन थालेको छ। यसप्रति विश्व का वातावरणविद्हरु अत्यन्त चिन्तित भएका छन्। बढ्दो जनसङ्ख्याका साथै वन जंगल ह्रास र जीवजन्तु हरुलोप हुने क्रममा वृद्धि भएको छ। यसबाट पृथ्वीको पारिस्थितिकीय सन्तुलन बिग्रिएको छ। जनसङ्ख्या वृद्धिलाई पन्छाएर यस्ता समस्याहरूको अध्ययन गर्न सकिंदैन। त्यसैले वातावरण विज्ञानलाई बायोडेमोग्राफी पनि भनिन्छ ।

जनसाङ्ख्यिकी र भूगोल

[सम्पादन गर्नुहोस्]

भूगोल ज्ञान–विज्ञान को एक प्राचीनतम शाखा हो। यसमा जलवायु र प्राकृतिक साधन, मानवीय भूगोल र आर्थिक भूगोलको बारेमा अध्ययन गरिन्छ। विश्वका प्राचीनतम सभ्यताहरु नदी किनारमा विकसित भएका छन्। समथर भूमि हुने देशमा, पहाडी भूमि हुने देशको तुलनामा छिटो विकास हुन्छ । बन्दरगाह र तटीय सुविधा प्राप्त हुने देशमा व्यापारको विकास अन्य देशमा भन्दा बढी भएको छ । गरम देशको तुलनामा ठण्डा देशहरूमा जन्मदर, जनसङ्ख्या वितरण र संरचनामा निकै अन्तर पाईन्छ। प्राकृतिक असन्तुलन र ज्वालामुखी विस्फोट जस्ता भौगोलिक घटनाहरूले जनसङ्ख्यालाई घटाउ“छन् भने आवश्यकताभन्दा बढी जनसङ्ख्याले वातावरण प्रदूषण भइ अम्लवर्षाका घटनाहरू हुन थालेका छन् । जनसङ्ख्या र भौगोलिक अवस्था आपसमा धेरै हदसम्म सम्बन्धित हुन्छन् । त्यसैले भूगोल विषयमा जनसाङ्ख्यिकीको अध्ययन जनसङ्ख्या भूगोल को रूपमा गरिन्छ ।[][]

माइक्रो र म्याक्रो जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

जनसाङ्ख्यिकीलाई पनि अर्थशास्त्र झैं दुई भागमा विभाजित गरिन्छ
१. माइक्रो जनसाङ्ख्यिकी
२. म्याक्रो जनसाङ्ख्यिकी

१. माइक्रो जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

जुन जनसङ्ख्याको आकार, विशेषता इत्यादि विश्लेषणको क्षेत्र परिवार वा गाउ वा सानो क्षेत्र हुन्छ त्यसलाई माइक्रो जनसाङ्ख्यिकीय विश्लेषण भनिन्छ

२. म्याक्रो जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

जनु जनसांंख्यिक विश्लेषणमा देशको सम्पूर्ण जनसङ्ख्याको आकार, गतिशीलता र अन्य विशेषताको विश्लेषण गरिन्छ त्यसलाई म्याक्रो जनसांख्यिक विश्लेषण भनिन्छ ।

सन्दर्भ सामग्री सूची

[सम्पादन गर्नुहोस्]
  1. जनसङ्ख्या अर्थशास्त्र, 2010,बाबु राम ज्ञवाली, कुशुम श्रेष्ठ, क्षितिज प्रकाशन, कीर्तपुर, काठमाडौँ ।
  2. S C Srivastava, Dynamics of Demographic Studies, Himalaya Publishing House, 1990, chap 1
  3. Asha Bhende and Tara Kanitkar, Principles of population studies, ch 1
  4. S P Singh: Statistics- Theory and Practie, 9th edition chap 19
  5. S P Gupta: Statistics- S. Chand and Company, chap 17
  6. B N Ghosh Popualtin Geography chap 1
  7. O S Srivastava: Economic and Social Demography