सामग्रीमा जानुहोस्

टिकापुर हत्याकाण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(टिकापुर काण्डबाट अनुप्रेषित)
२०७२ टिकापुर हत्याकाण्ड
स्थाननेपाल टीकापुर, कैलाली
मिति२०७२ भाद्र ७
लक्ष्यनेपाल प्रहरी
आक्रमणको प्रकार
हत्याकाण्ड
मृत्यु१ बालक सहित ८ जना
घाइतेअज्ञात

२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो। आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई आरोप लागाइएको थियो।[][][]

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको २०७२ भदौ २ मा बसेको बैठकले आन्दोलनपछि बन्ने प्रदेश सरकारले आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने, सहिद परिवारलाई आजीवन नि:शुल्क शिक्षा दिने र रोजगारी पनि उपलब्ध गराइदिने घोषणा गरेको थियो। मोर्चाले आन्दोलनमा सरिक हुने सर्वसाधारण प्रत्येकलाई ५ सय रुपैयाँ दिने र सरिक नभएमा एक सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गर्ने भनेको थियो। []

प्रदर्शनकारीहरूले बरिष्ठ प्रहरी उपरिक्षक सहितको टोलीलाई खुर्पा, भाला, बञ्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरी हत्या गरेका थिए। कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिकामा दिउँसो भएको घटनामा परि मृत्यु हुनेहरूमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरिक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्द रहेका छन्। यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीलाई भने प्रदर्शनकारीहरूले जिउँदै जलाएर हत्या गरेका थिए।[] मृत्यु हुनेमा एक जना सशस्त्र प्रहरी हवल्दारका २ वर्षिय बालक टेकबहादुर साउद समेत रहेका छन।

सेना परिचालन

[सम्पादन गर्नुहोस्]

प्रमुख जिल्ला अधिकारी रामकुमार श्रेष्ठका अनुसार, मन्त्री परिषदको निर्णय पछि टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन भएको जानकारी दिएका थिए। टिकापुर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मीहरू परिचालित गराइएका थिए। तनावग्रस्त क्षेत्र सुरक्षाकर्मीहरूको नियन्त्रणमा रहेको थियो। उनका अनुसार बरिष्ठ प्रहरी उपरिक्षक न्यौपाने तिन दिन देखी टिकापुर क्षेत्रमैँ शान्ति सुरक्षामा खटिएका थिए। प्रजिअ श्रेष्ठले आन्दोलनकारीहरू घरेलु हतियार सहित हजारौको सङ्ख्यामा टीकापुर प्रवेश गरी त्यहाँका सरकारी कार्यालयहरू माथि आक्रमण गर्ने जानकारी पाए पश्चात् एसएसपी न्यौपानेको टोली घटनास्थल पुगेको थियो। उनका अनुसार टीकापुरमा दिउसै देखि थप सुरक्षाबल परिचालन गरिएको थियो। टीकापुरको उत्तरतर्फबाट आइरहेको प्रदर्शनकारीहरूको भीडलाई प्रहरीले शिव मन्दिर नजिकबाट लखेटेको जनाइएका थिए। हजारौको सङ्ख्यामा प्रदर्शनकारीहरु आएका प्रत्यक्षदर्शीले जनाएका थिए। जिल्ला प्रशासन कार्यालय टीकापुरले विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। थारुवान संयुक्त सङ्घर्ष समितिले बिज्ञप्ती जारी गरी शान्तिपूर्ण आन्दोलनमा दमन भएको बताएका थिए। समितिले शान्तिपूर्ण आन्दोलनमा दमन गरेपछि हिंसात्मक घटना घटेको दावी गरेको थिए।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली कैलाली क्षेत्र नम्बर १ को लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार रेशमलाल चौधरी ३४ हजार ३ सय ४१ मत ल्याउदै विजयी भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी बाम गठबन्धनकी मदनकुमारी शाह (गरिमा ) भन्दा २० हजार ९ सय ३५ मत अन्तरले हराउदै विजयी भएका थिए । वारेस मार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलालली समक्ष आत्मसमर्पण गरेका थिए । जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए ।

अदालत फैसला

[सम्पादन गर्नुहोस्]

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला र ११ जनालाई दोषी ठहर गरेको हो ।[]