ढाँचा:प्रमुख लेख/पृथ्वीनारायण शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
पृथ्वीनारायण शाह

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहवंशीय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए।

पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो। १८७१ कार्तिक १८ गते सुरु भएको नेपाल अङ्ग्रेज युद्ध पश्चात् सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनमा रहेको थियो। पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेपनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहेका थिए।नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही उनको पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल-अङ्ग्रेज नेपाल अङ्ग्रेज युद्ध पछि भएको थियो। वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो। (पूरा  पढ्नुहोस्...)