विकिपिडिया:तटस्थ दृष्टिकोण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(तटस्थ दृष्टीकोणबाट अनुप्रेषित)
पृष्ठ सङ्क्षेपमा:लेखले कुनै समूह वा कसैको पक्षपोषण गर्नुहुदैँन। यसमा तपाईँ के वा कसरी भन्नुहुदैँछ, ध्यान पुर्‍याउनु आवश्यक छ।
यस तराजुले सम्पुर्ण भाषाका विकिपीडियाका लेखहरु निष्पक्ष हुनुपर्छ भन्ने बताउँछ ।

विकिपीडियामा भएका सम्पुर्ण लेखहरुले तटस्थ वा निष्पक्ष दृष्टिकोण राख्ने हुनुपर्छ जसको अर्थ कसैलाई पनि फरक नसम्झी, नछुट्याई, प्रमाणित र भरपर्दो स्रोतबाट जानकारीहरु लेखिनुपर्छ । विकिपीडियामा आफ्नो विचार, विश्लेषण र दृष्टिकोण कहिले पनि नलेख्नुहोस् ।

विकिपीडिया र अन्य भातृ-विकि-परियोजनाहरुमा यो कुरा लागू हुन्छ । यो अति आवश्यक र विकिपीडियाका सम्पादकहरुले मान्नैपर्ने नियम हो ।

व्याख्या

तटस्थ भन्नाले विकिपीडियामा लेखहरू भरपर्दो स्रोत केलाई लेखिएको र ती जानकारीहरुले कुनै पनि व्यक्ति वा विचारको पक्ष नलिएको बुझिनुपर्छ । कुनै विषयमा मतभेद वा विवाद छ भने, त्यसैलाई लेखमा प्रकाश पारिनुपर्छ तर लेख त्यसमै आधरित भई यही सही भन्दै लेखिनु विकिपीडिको यस नियम विपरित हो । "तटस्थ दृष्टिकोण" भन्नाले कुनै विवादित विचारलाई समेट्नु नै हुन्न भनेको होइन बरु विषयलाई मध्यनजर गर्दै, भरपर्दो स्रोत जोड्दै सबै विषयलाई बराबर महत्व दिई लेखिनुपर्छ भनेको हो ।

निम्न कुराहरूमा ध्यान दिनुहोस्:

  • आफ्नो विचारलाई यथार्थ नबताउनुहोस्: लेखहरुमा प्राय विचारहरुको व्याख्या गरिन्छ तर त्यसो गर्दा त्यसलाई विकिपीडियाको आवाज नबनाउनुहोस् । कुनै पनि वाक्य लेखिँदा ती प्रमाणित हुनुपर्छ । जस्तै: लेखमा हत्या गर्नु महापाप हो । लेखिनुको सट्टा प्रोफेसर एक्सद्वारा हत्या गर्नु महापाप भनिएको छ । लेख्दा उपयुक्त बन्न आउँछ ।
  • विभिन्न भरपर्दो स्रोतमा नै फरक विचार छ भने सबैलाई स्रोत खुलाई लेख्नुहोस् ।
  • यदि कुनै कुरा यथार्थ हो भने त्यसलाई विकिपीडियामा स्रोत नदिइकन लेख्नुहोस् । जस्तै: घाम पूर्वबाट उदाउँछ ।
  • मन नपरेका विषयमा यदि कुनै लेख छ भने लेखको विषयलाई फरक रुपले अरु नै अर्थ दिने सम्पादन नगर्नुहोस् ।
  • लेखको विषयमा पक्ष र विपक्ष छन् भने दुवै विषयलाई सन्तुलन कायम राखी लेख्नुहोस् । यस विषयमा लेखिँदा कुनै पक्षका राम्रा पक्ष मात्र आउने गरी वा कुनै पक्षका नराम्रा पक्ष मात्र आउने गरि कदापि नलेख्नुहोस् ।

लेख तटस्थ बनाउन

विकिपीडियाको सामान्य नियम अनुसार भरपर्दो स्रोतबाट प्रमाणित गरिएका जानकारी नहटाउनुहोस् । यसो गर्दा विवादित विषयको लेखले तुलान्त्मक रुपमा तटस्थ दृष्टिकोण नदेखाएको हुन सक्छ, यसका लागि सम्पादकहरूले अनुच्छेद पुन: लेखन गर्दै अन्य स्रोत जोड्दै लेख तटस्थ बनाउनुहोस् ।

लेखको शीर्षक, लेख संरचना, लेखन शैली, भाषा शैली, शब्द प्रयोग र विभिन्न विषयलाई ध्यान दिदैँ लेख लेखिनुपर्छ । यसका लागि लेखको विषयको अध्ययन हुनु आवश्यक छ।

तरिकाहरू

  • विचारहरू सधैँ विवादित हुन आउँछन् । जस्तै: " विमल राम्रा फुटबल खेलाडि हुन् " भन्ने विचार हुन आउँछ । यसलाई " विमलको खेल फुटबल प्रशिक्षक रोनद्वारा राम्रो मानिएको छ " लेखिए पश्चात् प्रमाणित भएपछि लेख स्तरिय हुन आउँछ ।
  • सकेसम्म जानकारीहरू अंकमा आए लेख स्तरिय बन्छ । जस्तै: "विमलले सन् २००३ देखि २००६ सम्म सर्वाधिक गोल गरेका थिए", यसो गर्दा विमल राम्रा खेलाडी हुन् या होइनन् भन्ने कुरा बुझिन नआएपनि सर्वाधिक गोलले तटस्थ भएको बुझाउँछ ।
  • " मानिसहरू विमललाई राम्रो खेलाडी मान्छन् " वा " धेरै मानिसहरू यो सोच्छन् " जस्ता लेखिदाँ लेखमा कतिजना, ककसले जस्ता प्रश्न निम्तिन्छन् । तर, लेखमा त्यसो लेखिदाँ भरपर्दो स्रोत जोड्नु आवश्यक हुन जान्छ ।
  • दृष्टिकोणात्मक लेखहरू लेखिनु विकिपीडियाको नियम विपरित हो । सबै दृष्टिकोण अटाउने गरि एकै लेख लेखिनुपर्छ । आफ्नै अनुमानको भरमा लेखमा जानकारी थप्नु हुदैँन ।
  • कुनै पनि दोधारत्मक विषय (विश्वासिलो स्रोतको प्रमाण विना), कुनै पनि एक समूहप्रति आक्षेप वा एक पक्षको तारिफ गरिएका विषय बर्बरता हुन जान्छ ।
  • कुनै पनि विषयमा प्रबन्धक र अन्य सम्पादकहरूसँग छलफल गरिनु पर्ने हुन्छ । चौतारीमा विकिपीडियाका कुनै पनि विषयका कुरा राख्नुहोस् ।

इतिहास

तटस्थ दृष्टिकोण विकिपीडियाको पुरानो नियम मध्येको एक हो ।

  • Nupedia को "Non-bias policy" सन् २०००, ल्यारी स्पिर्ङ्गर
  • विकिपीडियाको पहिलो तटस्थ दृष्टिकोणको नियम १६ फेब्रुअरी २००१.
  • विभेद सम्बन्धित नियम "rules to consider" Sanger द्वारा अघि सारिएको
  • जिम्बो वेल्सद्वारा [१] सन् २००१ अप्रिल
  • ल्यारी स्याङ्गरद्वारा Meta-Wiki: see "Neutral point of view—draft"२० डिसेम्बर २००१.
  • धेरै मत पछि (see edit history of Sanger's draft at Meta) ल्यारी स्याङ्गरकै संस्करणलाई मान्यता [२] केही सम्पादनहरू गरिए(edit history of the NPOV policy), हालको संस्करणसम्म
  • Brion Vibber मेटामा: see मेटामा, १७ मार्च २००३
  • सन् २००३ mailing-list post २९ सेप्टेम्बर २००३, जिम्बो वेल्स्
  • जिम्बो वेल्सद्वारा यस नियमको महत्व दर्शाइदैँ November 2003, April 2006, March 2008 ().

यी पनि हेर्नुहोस्