तपोवन, दार्चुला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
तपोवन
—  गाउँ विकास समिति  —
तपोवन is located in Nepal
तपोवन
तपोवन
नेपालको नक्शामा तपोवन
निर्देशाङ्क: २९°४६′उत्तर ८०°४७′पूर्व / २९.७६° उत्तर ८०.७९° पूर्व / 29.76; 80.79निर्देशाङ्क: २९°४६′उत्तर ८०°४७′पूर्व / २९.७६° उत्तर ८०.७९° पूर्व / 29.76; 80.79
देश  नेपाल
अञ्चल महाकाली अञ्चल
जिल्ला दार्चुला जिल्ला
जनसङ्ख्या (२०५८)
 - जम्मा १,८४१
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

तपोवन नेपालको महाकाली अञ्चलको दार्चुला जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।


बूढापाकाको भनाइमा पौराणिक कालमा १८ ऋषिमुनिले एकसाथ यो भूमिमा तपस्या गरेका थिए। गीता तथा सोह्र पुराणमा उल्लेख भएअनुसार भारतवर्षको उत्तराखण्डअन्तर्गत व्यास ऋषि हिमशृङ्खलामा तपोवन भूमिको धार्मिक तथा पर्यटकीय हिसाबले निकै ठूलो महìव रहेको छ।

दार्चुला जिल्ला सदरमुकामबाट करिब १५ कोष टाढा उत्तरी भेग चमेलिया नदीको किनारामा अवस्थित तपोवन भूमि वारिपारि अजङ्गर पहाडमा तपस्यामा बसेका ऋषिमुनिका आकृतिले पनि तपोवन भूमिको सम्बन्धी किम्वदन्तीलाई शाश्वत सत्य हो भन्ने विश्वास गर्न सकिन्छ। अप्पी हिमालको फेदीबाट आरम्भ हुने चमेलिया नदीको चिसो अनि कञ्चन पानीसँग सुसेली खेल्दै प्राकृतिक छटाका साथ रहेका धार्मिक स्थल तपोवन पर्यटकीय दृष्टिले पनि निकै आकर्षक मानिन्छ। चमेलिया नदी किनारमा रहेको तातोपनीको मुहान्मा स्नान गर्नले बिभिन्न रोघहरू निको हुने धर्मिक बिस्वास छ।हिउद् महिनामा यस् थाउम नुहाउन आउने मानिशरुको भिद् लाग्ने गर्दछ।

सुन्दर प्राकृतिक छटाहरूको बीचमा रहेका तपोवन भूमिमा माघे सङ्क्रान्तिका दिन ठूलो मेला लाग्ने गर्छ। रातभर हजारौँ भक्तजनहरूले 'धुनी जगाएर' जाग्राम बसेपछि माघे सङ्क्रान्तिको बिहान झिसमिसेमा चमेलिय नदीको किनारमा तातो पानीको फोहरा उम्लन थाल्छन्।अप्पी हिमालको फेदीबाट हिउँझैँ बगेर आउने सेतीको किनारको चिसो पानीसँगै तातोपानीको फोहरामा स्नान गर्न पाउँदा भक्तालुजनहरू निकै आनन्दित हुने गर्छन्।

माघे सङ्क्रान्तिका दिनमा निस्केको तातोपानीको फोहरा माघ महिनाभरि उम्लने गर्छ। प्रत्येक दिन झिसमिसेमा तातोपानी बिस्तारै बढी मात्रामा निस्कने र सूर्य अस्ताउन लाग्दा कम हुँदै जाने गर्छ। तपोवन भूमिमा पहिलोपटक पुग्ने जो कोही व्यक्ति पनि बिहानको समयमा बढी तातोपानी आउने र दिन ढल्कँदै जाँदा पानी उम्लन पनि कम हुँदै जाने क्रमले यहाँ दैविक शक्तिको प्रभाव परेको विश्वास गर्न विवश हुने गर्छन्। अर्को कुरो यहाँको तातोपानीको फोहराका स्नान गरी पितृलाई 'पिण्ड दान' गर्दा सहजै वैतणिर् तर्न सकिने धार्मिक विश्वास पनि रहेको छ।

यो भूमि धार्मिक दृष्टिले बझाङ, बाजुरा, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला मात्र होइन छिमेकी मुलुक भारतको उत्तराञ्चल, उत्तराखण्डलगायतका दक्षिण भारतबाट समेत हजारौँ भक्तजनहरू माघ महिनामा आउने गर्छन्। बूढापाकाको भनाइमा पौराणिक कालमा १८ ऋषिमुनिले एकसाथ यो भूमिमा तपस्या गरेका थिए। गीता तथा सोह्र पुराणमा उल्लेख भएअनुसार भारतवर्षको उत्तराखण्डअन्तर्गत व्यास ऋषि हिमशृङ्खलामा तपोवन भूमिको धार्मिक तथा पर्यटकीय हिसाबले निकै ठूलो महìव रहेको छ।

दार्चुला जिल्ला सदरमुकामबाट करिब १५ कोष टाढा उत्तरी भेग चमेलिया नदीको किनारामा अवस्थित तपोवन भूमि वारिपारि अजङ्गर पहाडमा तपस्यामा बसेका ऋषिमुनिका आकृतिले पनि तपोवन भूमिको सम्बन्धी किम्वदन्तीलाई शाश्वत सत्य हो भन्ने विश्वास गर्न सकिन्छ।अप्पी हिमालको फेदीबाट आरम्भ हुने चमेलिया नदीको चिसो अनि कञ्चन पानीसँग सुसेली खेल्दै प्राकृतिक छटाका साथ रहेका धार्मिक स्थल तपोवन पर्यटकीय दृष्टिले पनि निकै आकर्षक मानिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]