नरेन्द्रराज प्रसाईं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरेन्द्रराज प्रसाईं
नरेन्द्रराज
जन्मवि.सं. २०११ चैत २९ गते
आठराई, ताप्लेजुङ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षास्नातक
पेशालेखन, सम्पादन, पत्रकारिता
चिनारीको कारणनिबन्ध, जीवनी, गीत
उल्लेखनीय कार्य
महाकवि देवकोटा, विद्रोही प्राज्ञः प्रेमा शाह, पारिजातको जीवनकथा, मेरो मनको देउराली
गृहनगरकाठमाडौँ
समकक्षीइन्दिरा प्रसाईं
सन्तानडा.कञ्चनजङ्घा प्रसाई
मातापिताजयप्रसाद प्रसाईं, भागीरथा प्रसाईं

वर्तमान नेपाली साहित्यकार, पत्रकार, प्रकाशक तथा समाजसेवी हुन्। उनको जन्म विक्रम सम्बत् २०१२ वैशाख १ गते [१] ताप्लेजुङ जिल्लाको आठराई, हाङ्पाङ्मा भएको हो। देवकोटाको जीवनशैली'[२], 'विद्रोही प्राज्ञःप्रेमा शाह'[३], 'पारिजातको जीवनकथा'[४]लगायत २४ वटा जीवनी लेखेका छन्बब। त्रिचन्द्र क्याम्पसबाट स्नातक गरेका उनको १० वटा निबन्धसङ्ग्रह, ५ वटा प्रबन्ध र समीक्षा २ वटा गीतसङ्ग्रहहरू २ वटा अन्तर्वार्ताकृति गरी अहिलेसम्म ७७ वटा कृति प्रकाशित भइसकेका छन्।

कुटुम्ब साप्ताहिक, उपकार त्रैमासिक, प्रज्ञापत्रलगायत ३ दर्जनभन्दा बढी पत्रपत्रिका/स्मारिका सम्पादन गरिसकेका उनी नइ प्रकाशन[५] तथा त्रिमूर्ति निकेतनका[६] संस्थापक तथा सदस्यसचिव हुन्। 'मिर्मिरेमा तिमीलाई', 'यो मनले रोजेको छ', 'हाँसीहाँसी जलिरहेँ'लगायत आधादर्जन गीतिक्यासेट निकालेका उनी हाल काठमाडौँको घट्टेकुलोमा बसोबास गर्छन्।

पिता जयप्रसाद प्रसाईं तथा माता भागीरथा प्रसाईंको कोखबाट जन्मेका उनको साहित्यिक योगदान, पत्रकारिता तथा सामाजिक योगदानको कदरस्वरूप युवावर्ष मोती पुरस्कार[७], उत्तमशान्ति पुरस्कार[८], भानुभक्त प्रज्ञा पुरस्कारलगायत दर्जनौँ पुरस्कार प्राप्त गरेका छन्। उनी गद्दी आरोहरण रजतमहोत्सव पदक (२०५३), प्रबल गोरखा दक्षिण बाहु तथा वीरेन्द्रऐश्वर्य सेवापदक लगायत थुप्रै अन्य पदकबाट समेत विभूषित भइसकेका छन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

शिक्षादीक्षा[सम्पादन गर्नुहोस्]

पारिवारिक जीवन[सम्पादन गर्नुहोस्]

‍‍

कार्यजीवन[सम्पादन गर्नुहोस्]

नरेन्द्रराज प्रसाईं नइ प्रकाशन तथा त्रिमूर्ति निकेतनको संस्थापक हुन्। हाल उनी यी संस्थाका सदस्य सचिवका रूपमा कार्यरत् छन्। यी संस्थाका अतरिक्त सीताराम प्रज्ञाप्रतिष्ठान, बालकृष्ण सम फाउन्डेशन, भूपालमानसिंह कार्की प्रज्ञापरिषद्, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानलगायत दर्जनौँ संस्थाहरूको संस्थापक हुन्।

साहित्यिकजीवन[सम्पादन गर्नुहोस्]

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

१. जीवनी[सम्पादन गर्नुहोस्]

  • अठतीस अनौठा अनुहारहरू (२०४१)
  • केही चर्चित अनुहारहरू (२०४२)
  • समाजका केही चिन्तक (२०४७)
  • नेपाली भाषाका प्रमुख समालोचक (२०५४)
  • पारिजातको जीवनकथा (२०५७)
  • नेपाली सङ्गीतका शिखर (२०५९)
  • बाङ्देलको जीवनयात्रा (२०५९)
  • A biography of Parijat (Translation by Shampo Lama : 2003 AD)
  • A biography of Bangdel (Translation by Shampo Lama : 2003 AD)
  • आदिगायक सेतुराम (२०६०)
  • दौलतविक्रम विष्टको परिक्रमा (२०६०)
  • कोइलीदेवीको जिन्दगानी (२०६१)
  • नारीचुली (२०६३)
  • प्रथम नारीस्रष्टा:ललितत्रिपुरसुन्दरी (२०६४)
  • कीर्तिबाबु (२०६६)
  • देवकोटाको जीवनशैली (२०६६)
  • महाकवि देवकोटा (२०६६)
  • त्रिमूर्ति (कविशिरोमणि, नाट्यसम्राट् र महाकवि : २०६९)
  • रोहितको आकृति (२०६९)
  • नेपाली साहित्यका विश्व नारीरत्न : वानीरागिरी (२०७०)
  • त्रिनारी रत्न (प्रेमराजेश्वरी, गोमा र पारिजात : २०७१)
  • विश्व नारी नेपाली स्रष्टाकोश (इन्दिरा प्रसाईसँगको सहलेखन : २०७१)
  • भानुभक्त आचार्यको जीवनवृत्त (२०७१)
  • शताब्दी पुरुष : सत्यमोहन जोशी (२०७२)
  • सूधपा (२०७३)
  • A biography of Devkota (Translation by Anukritika 2017 AD)
  • A biography of Satya Mohan Joshi (Translation by Anu Raj Joshi 2017 AD)
  • विद्रोही प्राज्ञ : प्रेमा शाह (२०७५)

२. निबन्ध[सम्पादन गर्नुहोस्]

  • मेरो प्यारो कञ्चनजङ्घा (२०४८)
  • मेरो मोती पुरस्कार (२०४९)
  • जनप्रियताको नाप (२०५३)
  • अक्षरको प्रदशर्नी (२०५५)
  • नमस्कार (२०५८)
  • ठाँगे उक्लेपछि (२०६०)
  • रेलको रमाइलो (२०६१)
  • सहोदरी ठुङ (२०६२)
  • प्रिय इन्दिरा (२०६२)
  • Scaling Thange (Travelogue, Translation by Namita Singh : 2017 AD)

३. प्रबन्ध र समीक्षा[सम्पादन गर्नुहोस्]

  • दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (२०४३)
  • शान्तिक्षेत्र:प्रस्ताव र समर्थन (२०४४)
  • श्री ५ ज्ञानेन्द्र र आजकोनेपाल (२०५८)
  • राजसंस्था र नेपाली जनता (२०५९)
  • देवकोटाका कृति (२०६६)

३. गीत[सम्पादन गर्नुहोस्]

  • मेरो मनको देउराली (२०४६)
  • पुग्नु पर्ने टाढा थियो (२०५४)

४. अन्तरवार्ता[सम्पादन गर्नुहोस्]

  • सामाजिक सेवा अन्तर्दृष्टि (२०४४)
  • एउटा महारथीको जबाफ (२०५७)

लेखन तथा सम्पादन[सम्पादन गर्नुहोस्]

  • सामाजिक सेवाको नालीबेली (२०४५)
  • नेपाली साहित्यका समालोचक र समालोचना (२०५७)

सम्पादन[सम्पादन गर्नुहोस्]

  • चाँदनी शाह:आफ्नै आकाश, आफ्नै परिवेश (२०४३)
  • चाँदनी शाहका रचना (२०४३)
  • ज्ञानज्योति (२०४९)
  • अरुणा लामा:कथा र व्यथा (२०५०)
  • भारती खरेल:सृजना र समीक्षा (२०५२)
  • पौरखी पुरुष (२०५२)
  • एउटा अमर प्राज्ञ:बालकृष्णसम (२०५४)
  • रुद्रराज पाण्डे:सृष्टि र दृष्टि (२०५४)
  • गणेशगुरु:साधनादेखि समाधिसम्म (२०५४)
  • भूपाल अर्चना (२०५५)
  • उकाली ओरालीहरूमा तारादेवी (२०५६)
  • ईश्वरबराल:कृति र कीर्ति (२०५७)
  • श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व (२०५७)
  • सङ्गीत शिरोभूषण:नातिकाजी (२०५८)
  • ईश्वरवल्लभ:आयाम र आकृति (२०५९)
  • कालो अक्षरदेखि सग्लो अक्षरसम्म (२०६०)
  • मिश्रका कृति:कविका दृष्टि (२०६०)
  • शरदचन्द्र भट्टराईको इतिवृत्त (२०६२)
  • The Summit of Women Writers (2007AD)
  • महाकवि देवकोटा शताब्दी निबन्ध (२०६६)
  • नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तार (२०६७)
  • विश्व नारी नेपाली साहित्यको रेखाङ्कन (२०७१)
  • चौध अञ्चलमा नारी साहित्य (२०७१)
  • वानीरा गिरीको कृतिस्तम्भ (२०७१)
  •  कवितामा वानीरा (२०७१)
  • विश्व नारी नेपाली साहित्यको समीक्षा (२०७२)
  • भानु विमर्श (२०७२)
  • अविश्रान्त साधक:घटराज भट्टराई (२०७४)
  • कवितामा घटराज भट्टराई (२०७४)

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

  • जेसिस साहित्य स्वर्णपदक (२०४४)
  • युवावर्ष मोती पुरस्कार (२०४८)
  • राष्ट्रिय गौरव युवासम्मान (२०५३)
  • प्रतिभा सम्मान (२०५७)
  • भानुभक्त चलचित्र सम्मान (२०५९)
  • उत्तमशान्ति पुरस्कार (२०६१)
  • भद्रकुमारी घले पुरस्कार (२०६४)
  • दीपज्योति पुरस्कार (२०६७)
  • देरुनीख पुरस्कार (२०६७)
  • भानुभक्त प्रज्ञा पुरस्कार (२०७१)
  • भानुभक्त स्वर्णपदक (२०७१)
  • भारती खरेल पुरस्कार (२०७३)

विभूषण[सम्पादन गर्नुहोस्]

  • गद्दीआरोहणको रजतमहोत्सव पदक (२०५३)
  • प्रबल गोरखादक्षिणबाहु (२०५७)
  • वीरेन्द्रऐर्श्वर्य सेवापदक (२०५८)

संस्थापक तथा सदस्यसचिव[सम्पादन गर्नुहोस्]

परिकल्पना तथा प्रबन्धन[सम्पादन गर्नुहोस्]

  • राष्ट्रकविको उपाधि (२०६०)
  • देवकोटा शताब्दी महोत्सव (२०६५)
  • अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन (२०६६)
  • विश्व नारी नेपाली साहित्य सम्मेलन (२०७१)
  • आदिकवि भानुभक्त आचार्य द्विशतवाषिर्की समारोह समिति (नेपाल सरकार २०७१)
  • शताब्दी पुरूषको उपाधि (२०७२)
  • सत्यमोहन जोशी शताब्दी महोत्सव (२०७२)
  • नेपाल-भारत नेपाली भाषासाहित्य प्राध्यापक सम्मेलन (२०७३)

पत्रिकासम्पादन[सम्पादन गर्नुहोस्]

  • कुटुम्ब साप्ताहिक (२०३९-२०४३)
  • उपकार त्रैमासिक (३०४३-२०४७)
  • प्रज्ञापत्र मासिक (२०५३-२०५५)
  • भानुमोती वार्षिक (२०५६-२०६३)

गीतिक्यासेट र सीडी[सम्पादन गर्नुहोस्]

  • मिर्मिरेमा तिमीलाई (गीतिक्यासेट : २०४७)
  • यो मनले रोजेको छ (गीतिसीडी : २०५०)
  • हाँसीहाँसी जलिरहें (गीतिक्यासेट : २०५५)
  • कस्तो गरी माया बस्यो (गीतिक्यासेट : २०५६)
  • शिखा (गीतिक्यासेट : २०५७)
  • जुनी (गीतिसीडी : २०५८)

स्तम्भकार[सम्पादन गर्नुहोस्]

  • नेपालीपत्र साप्ताहिक (करिब साडे दुई वर्ष)
  • समकालीन साप्ताहिक (स्थापनाकालदेखि करिब साडे दुई वर्ष)
  • कान्तिपुर दैनिक (छ महिना)
  • स्पेशटाइम दैनिक (करिब एक वर्ष)
  • राजधानी दैनिक (करिब तीन महिना)
  • कान्तिपुर एफएम (नौ महिना)
  • अन्नपूर्णपोस्ट दैनिक (करिब पाँच वर्ष)

संस्थापक तथा सदस्यसचिव[सम्पादन गर्नुहोस्]

  • सीताराम प्रज्ञाप्रतिष्ठान (२०४९-२०५९)
  • बालकृष्ण सम फाउन्डेशन (२०५२-२०६४)
  • भूपालमानसिंह कार्की प्रज्ञापरिषद् (२०५२-२०६२)
  • लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान (२०५३-२०६४)
  • गणेशदुर्गा प्रज्ञामन्दिर (२०५३-२०६३)
  • लेखनाथ पौड्याल काव्यसभा (२०५७-२०६४)
  • ईश्वर बराल प्रज्ञानिकेतन (२०५७-२०६४)
  • कोइलीदेवी सङ्गीत कोष (२०५७-२०६४)

युट्युवमा नरेन्द्रराज[सम्पादन गर्नुहोस्]

नरेन्द्रराज प्रसाईका गीतहरू[सम्पादन गर्नुहोस्]

अनलाइनमा लेखहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]