नेपाल आयल निगम लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल आयल निगम लिमिटेड
व्यवसाय प्रकार
नेपाल सरकारको पूर्ण स्वामित्व
उद्योगपेट्रोलियम
स्थापितबि.सं २०२७ (१० जनवरी १९७० (1970-01-10))
केन्द्रीय कार्यालयबबरमहल, काठमाण्डौ, नेपाल
शाखा सङ्ख्या
10 (494)
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
दिनेश भट्टराई
(अध्यक्ष)
सुरेन्द्र कुमार पौडेल
(कार्यकारी निर्देशक)
उत्पादनहरूपेट्रोल, डिजेल, मटितेल, एलपी ग्यास
वस्तु उत्पादन
६८,३८४ किलो लिटर
मालिकनेपाल सरकार
कर्मचारी सङ्ख्या
६००+ (२०७८)[१]
वेबसाइटnepaloil.com.np

नेपाल आयल निगम लिमिटेड देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्ने नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सरकारी संस्थान हो। नेपालमा नेपाल आयल निगम बाहेक अन्य कुनै निजी वा कम्पनीहरूलाई पेट्रोलडिजेल आयात गर्न अनुमति छैन। [२] नेपाल आयल निगमको स्थापना बि.सं २०२७ मा कम्पनी ऐन २०२१ बमोजिम भएको थियो। सरकारसंग यसको ९९.४६% हिस्सा स्वामित्व छ भएन बाँकी हिस्सा राष्ट्रिय बीमा संस्थान, [३] नेसनल ट्रेडिङ लिमिटेड नेपाल बैंक लिमिटेडराष्ट्रिय वाणिज्य बैंकसंग छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालय काठमाण्डौकाे बबरमहलमा रहेको छ भने क्षेत्रीय तथा शाखा कार्यालयहरु पाँचै विकास क्षेत्रमा रहेका छन् । ६८,३८४ किलो लिटर कार्यगत भण्डारण क्षमताका प्राधिकरण उर्जा डिपो रहेको निगममा हाल लगभग ६०० कर्मचारीहरु कार्यरत छन् ।

मोतिहारी-अमलेखगञ्ज पाइपलाइन[सम्पादन गर्नुहोस्]

मोतिहारी-अमलेखगञ्ज पाइपलाइन नेपालको अमलेखगञ्ज तेल डिपो र भारतको मोतिहारी बिचको ६९ किलोमिटर लामो सीमापार (ट्रान्स बोर्डर) पेट्रोलियम पाइपलाइन हो यो पाइपलाइनले इण्डियन आयल कर्पोरेशन लिमिटेड (IOC) बाट नेपाल आयल निगम (NOC) मा पेट्रोलियम ढुवानी गर्दछ। [४] यो भारतीय उपमहाद्वीपमा बनेको पहिलोपटक अन्तर देशीय (ट्रान्स-नेशनल) पाइपलाइन पनि हो। [५] यसको वार्षिक क्षमता २० लाख मेट्रिक टन छ। [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Employees", noc.org.np/employees, अन्तिम पहुँच २०२१ जुलाई १५  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२६ मिति
  2. "Home", noc.org.np, Nepal Oil Corporation Limited, अन्तिम पहुँच ८ मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण ११ डिसेम्बर २०१९ मिति
  3. "Beema Sansthan", अन्तिम पहुँच ८ मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २७ फेब्रुअरी २०२० मिति
  4. Roche, Elizabeth (११ Sep २०१९), "Cross-border oil pipeline to boost India, Nepal relations", LiveMint, अन्तिम पहुँच ८ मार्च २०२० 
  5. "Motihari-Amlekhganj oil pipeline constructed in "record time": PM", The Hindu (New Delhi), २०१९-०९-१०, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२१-०२-०२ 
  6. "Motihari-Amlekhgunj Pipeline", Drishti IAS, अन्तिम पहुँच २०२१-०२-०२