पराशर गोत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पराशर नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो।

पराशर गोत्र अन्तर्गत पर्ने थरहरु[सम्पादन गर्नुहोस्]

रैला (रोइला, रइला, पनि लेखन पाइयो तर यो लेखन गरेतापनि शुद्धरुप भने रैला नै रहेको।) , मरहठ्ठा, लामाकार्की, धिमाल, कट्टेल, शुक्ल उपाध्याय, आर्य, नराल

(सङ्कलन सुदिप रैलाबाट)

...................................................................................................


पराशर गोत्र भित्र

.थर : रैला (रईला, रोईला पनि लेखन पाइयो तर यो लेखन गरेतापनि शुद्धरुप भने रैला नै हो ।)

२.गोत्र : पराशर

३. पराशर गोत्रको कुलदेवी — महाशक्ति संहारी हुन ।

४. पराशर गोत्रका वेद —यजुर्वेद –जहिले पनि पुजा स्थानमा यजुर्वेद राख्नुपर्दछ  पराशर गोत्र  

   भएकाले ।

५. कुल देवता : लाटामस्ट, महारुद्र (सस्त्रलिंग), गन्यापु (श्री गणेश) ...........

६. अक्षर : ॐ (ओम)

७. उपवेद — धनुर्वेद हो ।

८. शाखा — माध्यन्दिनीय हो । यो शाखा अर्थात उपवेदभन्दा सानो   

    ईकाइ हो र यो वेद उपवेदको पछिको ग्रन्थमा पर्दछ ।

९. पराशर गोत्रको सुत्र — कात्यायन हो । जब जब वेद, उपवेद, शाखा आदि अध्ययन

    गर्न गाह्रो हुन गयो अनि पराशर गोत्र वंशिहरूले कात्यायन सुत्र अपनाएको  पाईन्छ ।

१०. पराशर गोत्रका शिखा — दाँया हो । यस वंशका व्याक्तिहरूले आफ्नो शिखा दाँया

    या घुमाएर बाध्ने गर्दछन ।

११. पराशर गोत्रको पाउ —पहिला दाँया हो या दाँयापट्ठीकोलाई धुने गरिन्छ ।

१२. पराशर गोत्रको श्रेष्ठ या पूर्वज — महान ऋषि वशिष्ठ शक्ति, पराशर हुन ।

१३. पराशर गोत्रका इष्टदेव — ”श्रीविष्णु हुन ।

१४.पराशर गोत्रका अन्य प्रजातिहरू — रैला , पाण्डेय, शुक्ल उपाध्याय, धिमाल, मरहठ्ठा, कट्टेल,  

    लामा (कार्की).....

१५. रैला भनिएका प्रथम व्यक्ति या पुरुष : अनुसन्धान हुन बाकी

१६.लिपि ः देवनागरी

१७.रैला समाज कुलदेवता मन्दिर पराशर आश्रमको केन्द्रीय कार्यालय : दक्षिणकाली नगरपालिका  

    वडा नम्बर ९, काठमाडौ, नेपाल

१८.रैला थर भएकाको जनसंख्या : रैला थर भएकाको खोजी कार्य केही जिल्लामा हुन बाकी रहेको । नुवाकोट, रसुवा, काठमाडौ, भत्तपुर, धादिङ, चितवन, मकावनपुर, पर्सा, बाके, बर्दिया, उदयपुर, सुनसरी, खोटाङ, धनकुटा आदीमा खोज तथा अनुसन्धान भईसकेको । र बाकी जिल्लाबाट डाटा आउन बाँकीले गर्दा जनसंख्या केही समयपछि अपडेट गर्नेछौ ।

...................................................................................................

१९.रैला समाज कुलदेवता मन्दिर पराशर आश्रम २०७६ को प्रथम पदाधिकारीहरुः


अध्यक्ष : श्री सुदिप रैला —नुवाकोट (बेलकोटगढी न.पा. ०३) हाल बसोवास स्थायि रूपमा : तारकेश्वर नगरपालिका वडा नं.—८, मनमैजुमा काठमाडौ, नेपाल

उपाध्यक्ष : रामकृष्ण रैला —नुवाकोट (बेलकोटगढी न.पा. १३ पाखुरे)

सचिव : इन्द्र प्रसाद रैला —नुवाकोट (बेलकोटगढी न.पा. ११ तिगाउ)

कोषाध्यक्ष : गोविन्द रैला —दक्षिणकाली न.पा. वडा नं ०६, काठमाडौ

सदस्य : विष्णु रैला —चाल्नाखेल ०१, काठमाडौ

सदस्य : हरि रैला —खैरहनी–०७, चितवन

सदस्य : सुन्तली रैला —नुवाकोट, मदनपुर वडा नंं. ०९,

सदस्य : सिता रैला —रसुवा, (उत्तरगया गाउपालिका

सदस्य ः देव बहादुर रोईला —काहुले –०१, खोटाङ (त्रियुगा न.पा.१,उदयपुर)

सम्पर्क नम्बर : ९८४९६०५९९३ (अध्यक्ष)


२०. कुलधर्म ः वैदिक सनातन हिन्दु धर्म

२१. प्रवर ः पराशर, वशिष्ठ शक्ति

२२. रैला थर भएकाको कुलपूजाको तिथि : केही ठाँउमा फरक पर्न गएकाले सबै रैला बन्धुहरु भेला भएर छलफल गरी  यसको तिथिमाथि एकरुपता

कायम गर्न बाँकी रहेको र यसको पनि अपडेट केही महिनापछि आउनेछ निर्णय पशचात ।


नोट : विशेष खोज तथा अनुसन्धानबाट सङ्कलन श्री सुदिप रैलाद्धारा


...................................................................................................


महर्षि ऋषि पराशर मुनि या ज्योतिषाचार्य पराशर मुनि


परिवार

श्रृष्टिकर्ता ः ब्रह्मा

ब्रह्माको नवौ मानव पुत्र : मनु

सप्त ऋषिमध्येका एक ऋषि ः वशिष्ठ ऋषि (पितामह)

पिता ः  शक्ति ऋषि

माता ः अद्यश्यंती

पत्नि ः काली÷मत्स्योदरी÷मत्स्योगन्धा÷योजनगन्धा÷सत्यवती

छोरा ः वेदव्यास ऋषि

धर्म  ः वैदिक

राष्ट्रियता (देश)  ः हालको भारत


            ऋग्वेदको मंत्रदृष्टा, गायत्री मंत्रका महान साधक, सप्त ऋषिमध्येका एक महर्षि वशिष्ठका पुत्र—वेदज्ञ, ज्योतिषाचार्य, स्मृतिकार एवम् ब्रह्माज्ञानी ऋषि पराशरको पिता शक्तिमुनि र माता अद्यश्यंती थिए । महर्षि पराशर ऋषिले निषादराजकी छोरी या कन्या मत्स्योदरीसंग यमुना नदी पार गर्नेक्रममा नदीको बीच भागमा रहेको एक टापु नजिकै दुईजना बिचको शर्त अनुसार स्वीकार गरी समागमन भए पश्चात गर्भ रहन गई जन्मिएका थिए वेद व्यास । महाभारका  रचयीता तथा लेखक अनि एक शक्तिशालि थिए वेद व्यास । ऋषि पराशरबाट बच्चा पैदा भएपछि मत्स्यगन्धा नाम भएकी सत्यवतीले हस्तिनापुरका राजा शांतनुसंग विवाह गरी हस्तिनापुरकी कान्छी रानी बन्न पुगेकी थिईन ।

एकदिनको कुरा हो शक्तिमुनि पुर्व दिशाबाट आईरहेका थिए । त्यसैगरी पश्चिम मार्गबाट पनि राजा कल्माषपाद शिकार खेलेर आईरहेका थिए । दुईतिरको बाटो नै साँघुरो थियो यस्तो अवस्थामा बाटो दिदा कि त पुर्वी दिशाबाट आएकोले छोड्नु पर्ने हुन्थियो कि त पश्चिम दिशाबाट आएकोले । तर यहाँ ऋषि शक्ति मुनिले आफू राजाभन्दा ठुलो हुने र सम्मान बढी हुने भएकाले राजा नै पछि हट्नुपर्ने भनि ऋषि शक्ति आफू हटेर बाटो छोड्न तयार हुदैनन र आफ्नै स्थानमा रहन्छन । राजाको राजदण्डको अहंकारले कल्माषपाद पनि पछि हट्न मान्दैनन् र दुईबीचमा अनेकथरी भनाभन हुन्छ र ऋषि शक्तिमुनि क्रोधित हुदै आफुलाई अपमान÷तृष्कार गरेको भनी राजा कल्माषपादलाई श्राप दिन्छन—यसै समयमा राक्षस भईजाउ भनि । त्यसपछि कल्माषपाद एक भयांकर शरिर भएको राक्षसको रूपमा परिणत हुन्छन र ऋषि शक्तिलाई एकै गाँसमा निलिदिन्छ र ऋषि शक्तिको जीवनलिला नै समाप्त हुन्छ ।

पराशर ऋषिका बाल्यकलका गुरु यज्ञवल्क्य थिए । पिता शक्तिमुनिको कल्माषपाद नाम गरेको एक राक्षसले खाएको कुराको जानकारी भएपछि ऋषि पराशरले विश्वभरका राक्षसको नाश गर्ने निर्णयगरी राक्षस—सत्र यज्ञ प्रारम्भ गरे जहाँ एक एक गरी राक्षस जाति त्यस यज्ञको अग्निमा आएर देह त्याग गरी भष्म हुनथाले । यो देखेर महर्षि पुलस्य पराशर ऋर्षिको उक्त यज्ञमा गएर उनले यो यज्ञ रोक्नको लागि प्रार्थना गरी अहिंसाको उपदेश दिएका थिए र पुलस्याको आज्ञापछि राक्षस सत्र यज्ञ पनि रोकेका थिए पराशर ऋषिले । यदि पुलस्याले रोक्न प्रार्थना नगरेका भए ब्रह्माण्डको सम्पुर्ण राक्षसको संहार हुने थियो ।


लेखक : सुदिप रैला

अध्यक्ष

रैला समाज कुलदेवता मन्दिर पराशर आश्रम काठमाडौ, नेपाल २०७६