प्रकाश सुवेदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रकाश सुवेदी
सुवेदीको तस्वीर (सन् २०१७)
जन्मभोजपुर, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामरजतपट अङ्कल
पेशाटेलिभिजन प्रस्तोता
कार्यकालसन् १९८९ - वर्तमान
चिनारीको कारणरजतपट

प्रकाश सुवेदी एक नेपाली टेलिभिजन प्रस्तोता र टेलिभिजन कार्यक्रमका निर्देशक हुन्। उनका केही चर्चित टेलिभिजन कार्यक्रमहरूमा रजतपट, रिसानी माफ, ग्ल्यामर गफ, र बागिना समावेश छन्।[१] चर्चित हाँस्य टेलिभिजन कार्यक्रम हर्के हल्दाररिसानी माफ निर्देशन गर्नुका साथै उनले सन् २००४ मा आएको नेपाली चलचित्र हमी तीन भाइमा पनि सानो भूमिका खेलेका थिएँ। नेपाली चलचित्र उद्योगमा उनी हालैका चलचित्रहरूको समीक्षा र टिप्पणी लागि उनी परिचित छन्, जुन उनले सामान्यतया आफ्नो कार्यक्रम रजतपट मार्फत प्रदर्शन गर्छन्।[२] टिप्पणीका कारण कलाकारहरूसँग कहिलेकाहीँ उनी विवादमा पनि पर्ने गरेका छन्।[१][३]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

  • रजतपट - प्रस्तुतकर्ता
  • रिसानी माफ - प्रस्तुतकर्ता
  • ग्ल्यामर गफ - प्रस्तुतकर्ता
  • बागिना - निर्देशक
  • हर्के हल्दार - निर्देशक

विवादहरू[सम्पादन गर्नुहोस्]

पूजा शर्मासँग ग्ल्यामर गफ[सम्पादन गर्नुहोस्]

आफ्नो कार्यक्रम ग्ल्यामर गफको एक अङ्कमा, अभिनेत्री पुजा शर्माको अन्तर्वार्ता लिँदा, उनले देश र राजनीतिमा आधारित केही प्रश्नहरू सोधे, जसको जवाफ उनले दिन सकिनन् र केही आधारभूत प्रश्नहरूको गलत जवाफ पनि दिइन। उनको सामान्य ज्ञानलाई लिएर दर्शकहरूबाट उनको आलोचना भएको थियो। स्रोताबाट पाएको प्रतिक्रिया र सुवेदीले हटाउने अपेक्षा गरेको अन्तर्वार्ताका केही अंशबाट उनी असन्तुष्ट थिइन्। उनले चलचित्र विकास बोर्डमा उनीविरुद्ध मुद्दा दायर गरिन्, जहाँ उनले आफूलाई बदनाम गर्ने उद्देश्यले केही प्रश्न सोधेको दाबी गरिन्।[१][४] पछि उनले उनीसँग माफी मागे, र उनीहरू अन्ततः महिनौं लामो बहस पछि सहमतिमा आए।[५][६]

छविराज ओझा र शिल्पा पोखरेलबीच सम्बन्धविच्छेद[सम्पादन गर्नुहोस्]

निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलले उनीहरूको सम्बन्धविच्छेदको विषयमा दिएको उजुरीका कारण एपीवान टेलिभिजनमा उनका सबै कार्यक्रम प्रतिबन्धित भएका थिएँ।[७]

महानायकको विषयमा विवाद[सम्पादन गर्नुहोस्]

ग्ल्यामर गफको एउटा एपिसोडमा दीपाश्री निरौलाले अभिनेता राजेश हमाललाई नेपाली चलचित्र उद्योगको महानायक मान्न अस्वीकार गरिन्। उनले लामो समयदेखि चलचित्र क्षेत्रबाट बेपत्ता भएकोमा उनको आलोचना पनि गरिन् र उनले भुवन केसीलाई उद्योगका महानायकका रुपमा चिन्नु पर्ने बताइन्। नेपालका एक प्रतिष्ठित कलाकारलाई चित्त नबुझ्ने प्रतिक्रिया दिएपछि उनले दर्शकबाट नकारात्मक प्रतिक्रिया पाइन्। पछि उनले सुवेदीलाई गलत प्रश्नहरू सोधेको आरोप लगाइन् जसले उनलाई यसरी जवाफ दिन उत्प्रेरित गर्‍यो। उनले आफूलाई बदनाम गर्ने उद्देश्यले यस्ता प्रश्न सोधेको पनि दाबी गरिन्। जब कुरा हातबाट बाहिर निस्क्यो र जनताको ठुलो ध्यानाकर्षण भयो, सुवेदीले निरौलाप्रतिको आक्रोश अन्त्य गर्न दर्शकहरूलाई आग्रह गरे।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ Khadgi, Ankit (२०२०-०८-१२), "How, in the name of entertainment journalism, actors are still getting objectified and vilified", kathmandupost.com (अङ्ग्रेजीमा), मूलबाट २०२१-११-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०४-०८ 
  2. Prasain, Krishana (२०१६-१०-१६), "Changing Times for Nepali Film Industry", New Business Age (अङ्ग्रेजीमा), मूलबाट २०२१-११-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०२ 
  3. "‘रजतपट’का सञ्चालक प्रकाश सुवेदी विरुद्ध अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी", Himal Patrika (नेपालीमा), २०२१-१२-२३, मूलबाट २०२२-०७-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२८ 
  4. मोक्तान, रीना (२०२०-०८-१६), "चलचित्रसँग सम्बन्धित संस्थाको विज्ञप्ति : निषेध कि चेतावनी ?", कान्तिपुर पब्लिकेशन्स (नेपालीमा), मूलबाट २०२०-०९-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०८ 
  5. "Rajatpat host Prakash Subedi and actress Pooja Sharma agree to end their month-long row", myrepublica.com (अङ्ग्रेजीमा), २०२०-०८-२०, मूलबाट २०२२-०४-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०४-०८ 
  6. "Pooja lodged a complaint with the Artists Association", Nepal24Hours.com (अङ्ग्रेजीमा), २०२०-०८-०९, मूलबाट २०२२-०४-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०४-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०७-३० मिति
  7. "Prakash Subedi Came Up With A Program On YouTube After Being Suspended On TV", Headline Nepal (अङ्ग्रेजीमा), मूलबाट २०२१-०४-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०४-०८ 
  8. "दीपाश्री निरौलाको बारेमा यसो भन्छन् प्रकाश सुबेदी", Reporters Nepal (नेपालीमा), २०२०-०७-१०, मूलबाट २०२०-१२-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०५-०९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]