बासेश्वर
बासेश्वर | |
---|---|
देश | ![]() |
अञ्चल | जनकपुर अञ्चल |
जिल्ला | सिन्धुली जिल्ला |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,९८० |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
बासेश्वर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सिन्धुली जिल्लामा अवस्थित गाउँ विकास समिति हो। यस गाविसमा ९ वटा वडा रहेका छन। देउरालीटार, गैरीगाउँ, बलेनी, सल्ले, हैवारवेसी, वाद, डाडागाउँ, घोक्सिला, छिहीरा, छेत्पा आदि यस गाविसका प्रमुख स्थानहरू हुन। बासेश्वर गाभिसको वडा नम्बर ३ बलेनीमा रहेको महादेवको मन्दिर यस गाविसकै एकमात्र धार्मिक पर्यटकीय स्थल हो। यस महादेव मन्दिरमा कृष्णअष्ठमी र तिजमा ठूलो मेलालाग्छ भने ठूलो एकादशीमा जात्रा लाग्ने गर्दछ। यस गाविसको प्रत्यक वडामा प्राथमिक विद्यालय, एउटा निम्नमाध्यमिक भिद्यालय छ तर माध्यमिक विद्यालय भने छैन। यस गाविसमा प्राथमिक स्वाथ्यचौकी पनि छ। बासेश्वर गाविसको हर्दिनीघाटमा रहेको झोलुङ्गे पुल सुनकोशी नदीकै सबभन्दा लामो पुल हो। यस पुलले सिन्धुली जिल्ला र रामेछाप जिल्लालाई जोडेको छ। यस गाविसमा लोपोन्मुख हायू जाति देखि सार्की, दमाइ, कामी, माझी जाति नेवार जाति, क्षेत्री, बाहुन आदि जातजातिको बसोवास छ। यहाँका अधिकांश बासिन्दाले हिन्दु धर्म मान्छन्। बासेश्वर गाविसका अधिकांश मानिसहरू कृषि पेशा अपनाउँछन। धान, मकै, गहुँ, आलु उत्पादन हुने गर्दछ। यस गाविसमा खानेपानीको समस्या छ। स्थानीय खोला कुवा र सुनकोशी नदीमा निर्भर हुनुपरेको छ। यो गाविसलाई बीपी राजमार्गले छोएको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]