बिमलेश अधिकारी
बिमलेश अधिकारी | |
---|---|
बिमलेश अधिकारी | |
जन्म | बिमलेश अधिकारी १० नोभेम्बर १९८५ मोरङ , कोशी |
वासस्थान | अमेरिका |
राष्ट्रियता | नेपाली |
पेशा | अभिनेता, निर्देशक मोडल |
कार्यकाल | २००२-वर्तमान |
गृहनगर | मोरङ जिल्ला |
बिमलेश अधिकारी[१] (जन्म: विक्रम सम्बत २०४२ साल , कार्तिक २५ गते) एक नेपाली चलचित्र अभिनेता हुन्।[२] उनी नेपाली साङ्गीतिक भिडियोहरूमा मोडलको रूपमा काम गरिसकेका छन्। उनी ब्रेक फेल[३]नामक नेपाली चलचित्रबाट आफ्नो करियरको सुरुवात गरेका थिए। त्यसपछि उनले मुटु, जङ्गबहादुरको कोट[४] चलचित्रमा अभिनय गरेका थिए।[५]
शिक्षा[सम्पादन गर्नुहोस्]
उनले बिराटनगरको सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी उतिर्ण गरेका थिए। उच्च शिक्षाको लागि उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट व्यस्थापन सङ्कायमा प्रवीणता प्रमाण पत्र तह र काठमाडौंको बानेश्वर स्थित मीन भवन क्याम्पसबाट व्यवस्थापन सङ्कायमा स्नातक उतिर्ण गर्न सफल भए।[६]
फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]
चलचित्रहरू | |||
---|---|---|---|
वर्ष | चलचित्र | भूमिका | टिप्पणीहरू |
२०१२ | ब्रेक फेल | प्रार्थना | हास्य |
२०१५ | मुटु | ||
२०१६ | जङ्बहादुरको कोट | सन्देस | जङ्गबहादुरको प्राचीन कोटको लुटमा आधारित सस्पेन्स थ्रिलर |
२०१७ | तुलसी |