भारतको आम निर्वाचन, २०२४
| ||||||||||||||||||||||||||||||||||||||||||||||
लोकसभाका सबै ५४३ सिट २७२ बहुमतका लागि आवश्यक सिटहरू | ||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| दर्ता भएका मतदाताहरू | ९६८,८२१,९२६[१]( | |||||||||||||||||||||||||||||||||||||||||||||
| मतदान | ६५.७९% ( | |||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||
भारतमा लोकसभाका ५४३ सदस्यको निर्वाचनका लागि १९ अप्रिलदेखि १ जुन २०२४ सम्म सात चरणमा आम निर्वाचन हुँदैछ। मतगणना हुनेछ र नतिजा४ जुन २०२४ मा घोषणा गरिनेछ।[३]
यो सन् २०१९ को भारतीय आम निर्वाचनलाई उछिनेर इतिहासकै सबैभन्दा ठुलो निर्वाचन हो र यो ४४ दिनसम्म चलेको छ, जुन सन् १९५१–५२ को भारतीय आम निर्वाचनपछिको दोस्रो निर्वाचन हो। दोस्रो कार्यकाल पूरा गरेका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्।
एक अर्ब ४० करोड जनसङ्ख्यामध्ये करिब ९७ करोड मानिसले मतदान गर्न पाउँछन्। आन्ध्र प्रदेश, अरूणाचल प्रदेश, ओडिशा र सिक्किम राज्यमा विधानसभाको निर्वाचन आम निर्वाचनसँगै एकैसाथ हुनेछ भने १२ विधानसभाका २५ निर्वाचन क्षेत्रका लागि उपनिर्वाचन हुनेछ।[४]
नतिजा
[सम्पादन गर्नुहोस्]पहिलो चरणको मतदानपछि भारतीय जनता पार्टीले गुजरातको सुरत निर्वाचन क्षेत्रका लागि आफ्ना उम्मेदवार मुकेश दलाललाई निर्विरोध निर्वाचित गरेपछि आफ्नो पहिलो सीट जितेको थियो। भारतीय निर्वाचन आयोगले दुई साताअघि नै प्रतिद्वन्द्वी उम्मेदवारको अनुपस्थितिका कारण नतिजा प्रमाणीकरण गरेकाले उक्त क्षेत्रमा मतदान हुन सकेको थिएन।
नतिजा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Largest electorate for General Elections – over 96.88 crore electors registered across the country", मूलबाट ३ मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०२४।
- ↑ "2024 Lok Sabha elections saw overall voter turnout at 65.79%, lowest in Bihar", Indian Express, ६ जुन २०२४, मूलबाट ७ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुन २०२४।
- ↑ "The Constitution of India Update", Government of India, मूलबाट २२ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०४।
- ↑ "Narendra Modi sworn in as Prime Minister for second time", Tribuneindia News Service (अङ्ग्रेजीमा), मे ३०, २०१९, मूलबाट ७ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०३-०७।
- ↑ Election Commision of India (४ जुन २०२४), "2024 Loksabha Elections Results – Winning Candidate ( Bharatiya Janata Party )", मूलबाट १० जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुन २०२४।