सामग्रीमा जानुहोस्

भुजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुजी
पूर्व गाविस
भुजी मा पर्दछ बागमती प्रदेश
भुजी
नेपालको नक्सामा भुजीको अवस्थिति
भुजी मा पर्दछ नेपाल
भुजी
भुजी (नेपाल)
निर्देशाङ्क: २७°३३′N ८५°५५′E / 27.55°N 85.92°E / 27.55; 85.92
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप जिल्ला
क्षेत्रफल
  जम्मा१८.४८ किमी (७.१४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२,४०२
  घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

भुजी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, रामेछाप जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २४०२ रहेको थियो जसमध्ये ११३४ पुरुष र १२६८ महिला रहेका थिए भने यहाँ ५३८ घरधुरी रहेको थियो।[][] यो हाल उमाकुण्ड गाउँपालिकामा पर्दछ।

यो उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ७ हो।

राम मन्दिर/रामजी थान

[सम्पादन गर्नुहोस्]

राम मन्दिर/रामजी थान एउटा हिन्दूकिराँत मन्दिर हो। जुन भगवान राम को लागि समर्पित छ। यो भुजीको हुपिन्चुली पहाडको चुचुरोमा अवस्थित छ।[] रामजी थान भुजीको सबैभन्दा पुरानो हिन्दु वा किराँतमन्दिर हो। राम मन्दिर वा रामजी थानमा महिलाहरूलाई बाहिरबाट मात्र दर्शन/पूजा गर्न दिइनेछ। तर गैर-हिन्दू आगन्तुकहरूलाई हुपिन्चुली डाँडाबाट मात्र मन्दिर हेर्न अनुमति छ। यस मन्दिरमा सेवा गर्ने पुजारीहरू रामेछापका भुजीकै स्थानीय विशेष व्यक्तिमात्र छन्। मन्दिर प्राकृतिक वास्तुकलामा बनेको छ। यो चैत्र राम नवमीको दिन मात्र खुल्ने गर्छ। [] []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
  3. "चालू आर्थिक बर्ष ८०/८१को बजेट विनियोजन", www.umakundamun.gov.np, अन्तिम पहुँच २३ जुलाई २०२३ अभिलेखिकरण २८ सेप्टेम्बर २०२३ वेब्याक मेसिन
  4. "संक्षिप्त परिचय", www.umakundamun.gov.np, अन्तिम पहुँच १५ अप्रिल २०१७ अभिलेखिकरण २० फेब्रुअरी २०२० वेब्याक मेसिन
  5. "Nepal Census 2001", Nepal's Village Development Commites (Digital Himalaya), मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २००९.