महामञ्जुश्री-नगरकोट नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
महामञ्जुश्री-नगरकोट नगरपालिका
—  नगरपालिका  —
महामञ्जुश्री-नगरकोट नगरपालिका is located in Nepal
महामञ्जुश्री-नगरकोट नगरपालिका
महामञ्जुश्री-नगरकोट नगरपालिका
नेपालमा महामञ्जुश्री-नगरकोट नगरपालिका
निर्देशाङ्क (महामञ्जुश्री-नगरकोट): २७°४१′५७″ उत्तर ८५°२९′२०″ पूर्व / २७.६९९१७° उत्तर ८५.४८८८९° पूर्व / 27.69917; 85.48889निर्देशाङ्क: २७°४१′५७″ उत्तर ८५°२९′२०″ पूर्व / २७.६९९१७° उत्तर ८५.४८८८९° पूर्व / 27.69917; 85.48889
देश  नेपाल
विकास क्षेत्र मध्यमाञ्चल
अञ्चल बागमती अञ्चल
जिल्ला भक्तपुर जिल्ला
स्थापना मंसिर २०७१
क्षेत्रफल
 - जम्मा ३७.७ किमी (१४.६ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)[१]
 - जम्मा २२,९०८
 जनघनत्व ६०७.६/किमी (१,५७३.८/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-१

महामञ्जुश्री-नगरकोट नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने भक्तपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भक्तपुर जिल्लामा ताथली, सुडाल, बागेश्वरीनगरकोट यी ४ गाउँ विकास समितिहरूलाई समेटेर महामञ्जुश्री-नगरकोट नगरपालिका घोषणा गरिएको हो।[३][४] महामञ्जुश्री-नगरकोट नगरपालिकाको केन्द्रभने बागेश्वरी गाविसको खरिपाटीमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसंख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

महामञ्जुश्री-नगरकोट नगरपालिका साविकका ताथली, सुडाल, बागेश्वरीनगरकोट गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ४ गाविसहरूको जनसंख्यालाई जोड्दा महामञ्जुश्री-नगरकोट नगरपालिकाको कूल जनसङ्ख्या २२,९०८ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]