महायान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गन्धार बाट पहिलो शदब्ती ईसवीमा बनेको गौतम बुद्ध को मूर्ती

महायान वर्तमान कालमा बौद्ध धर्म को दुई प्रमुख शाखाहरू मध्ये एक हो। अर्को शाखाको नाम थेरवाद हो। महायान बुद्ध धर्म भारत बाट आरम्भ भएर उत्तर तिर धेरै अरू एशियाली देश हरूमा फैलिएर गएको पाईन्छ, जस्तै चीन, जापान, कोरिया, ताइवान, तिब्बत, नेपाल, भूटान, मंगोलियासिंगापुर। महायान सम्प्रदायको अगाडि अरू उपशाखा हरू पनि छन्, मसलन ज़ेन/चान, पवित्र भूमि, तियानताई, निचिरेन, शिन्गोन, तेन्दाई तथा तिब्बती बौद्ध धर्म।[१]

थेरवाद र महायानको फरक[सम्पादन गर्ने]

'थेरवाद' शब्द का अर्थ हो 'श्रेष्ठ पुरुषहरुको कुरा'। बौद्ध धर्मको यो शाखामा पाली भाषा मा लेखिएको प्राचीन त्रिपिटक धार्मिक ग्रन्थहरूका पालन गर्नुमा जोर दिने गर्दछन। थेरवाद बौद्ध अनुयायीहरूको अनुसार यसलाई बौद्ध धर्मको मूलरूपमा मानिन्छन। यिनीहरुको लागि गौतम बुद्ध एक महापुरुष जरूर हो तर कुनै देउता होइन। उनीहरू बुद्ध लाई पूजा गर्दैनन् र उनीहरूको धार्मिक समारोहमा पनि बुद्ध-पूजा हुँदैनन्। जहाँ महायान बौद्ध परम्परा हरूमा देवी देउता इत्यादि धेरै दिव्य-जीवको मान्ने गर्दछन तर थेरवाद बौद्ध परम्परामा यस्तो कुनै पुजापाठ हुँदैनन्। थेरवादको मतमा हरेक मनुष्यको स्वयं निर्वाणको मार्ग खोज्नु पर्नेहुन्छा। यस समुदायमा युवा हरूको भिक्षु बनाउनेमा धेरै शुभ मानिन्छन् र युवाहरू केहि दिनको लागि भिक्षु बनाई फेरी गृहस्थमा फर्किंने चलन पनि छन्। थेरवाद शाखा दक्षिणी एशायाली क्षेत्रहरूमा प्रचलित छन्, जस्तै श्रीलंका, बर्मा, कम्बोडिया, भियतनाम, थाइल्याण्डलाओस[२] प्राचीन जमानामा 'थेरवाद' को 'हीनयान शाखा' भन्ने गर्दछन, तर आजकल धेरै विद्वानहरू यी दुवै अलगै भएको मानिन्छन्। महायान बौद्ध धर्मको अनुयायीहरूको अनुसार अधिकतर प्राणीको लागि निर्वाण-मार्ग स्वयंले खोज्न मुश्किल या असम्भव हुनाले यस कार्यमा सहायता गर्नु पर्ने हुन्छ। उनीहरू मतअनुसार ब्रह्माण्डको सम्पूर्ण प्राणी एक-आपसमा सम्बन्ध रहेको र सम्पूर्ण प्राणीहरूमा तथागत-गर्भ भएको मानिन्छ। त्यसै कारण सबै लाई प्रेम, करुणा र माया गरी सबैको निर्वाणक लागि बोधिसत्त्वको मार्ग अनुसार छ-प्रज्ञापारमितको अभ्यासमा प्रयत्न गरी समस्त सत्त्व अथवा प्राणीहरूको बुद्धत्व प्राप्त गर्नु यसको परम लक्ष्य मानिन्छ। त्यसैले यस सम्प्रदायको अर्को नाम बोधिसत्त्वयान पनि भन्छन। महायानको ग्रन्थहरूमा बताए अनुसार कुनै पनि प्राणीको लागि दुष्भावना गर्नु हुँदैनन् कि न कि सबै जन्म-मृत्यु के जंजाल मा फसेको छन्। एक हत्यारा वा एक तुच्छ जीव आफ्नो पुनर्जन्ममा स्वयमको पूर्वज पनि हुन सक्छन, यसै कारण उसको पनि सहायता गर्नु पर्छा। प्रेरणा र सहायताको लागि बोधिसत्त्व लाई मनिन्ने गर्दछ जो निर्वाणको प्राप्ति भैसकेको छन्। महायान शाखामा यस्ता हजारौ बोधिसत्त्वको पूजा गर्दछन र बोधिसत्त्वको यस सम्प्रदायमा भगवानको दर्जामा राखिएको पाईन्छ। यी बोधिसत्त्वहरूमा कुनै एकदम प्रसिद्ध छन्, उदाहरणको लागि अवलोकितेश्वर (अर्थ: 'जगतको नाथ अवथा जगतेश्वर'), अमिताभ (अर्थ: 'अनंत प्रकाश', 'अमित आभा'), मैत्रेय, मंजुश्री और क्षितिगर्भ।[२] थेरवाद र महायानको फरक तिब्बती भाषामा उल्लिखित महायानको सुत्र र तन्त्र हरूमा दृष्टि, समाधि, आचरण तथा फल गरी चार प्रकारको फरक विषयबाट विस्तृत रूपले राखिएको पनि प्रशस्त भेटिन्छन।

महायानको उपशाखा[सम्पादन गर्ने]

महायान सम्प्रदायमा सूत्र र तंत्रको माध्यमले बोधिसत्त्व सुत्रयान एवं बोधिसत्त्व तन्त्रयान गरी दुई भागमा विभाजन गरिएको तिब्बती भाषामा लिखित महायान बौद्ध ग्रन्थ गुणकोष[३]मा विस्तृतरूपले व्याख्यान गरिएको छन्।

बोधिसत्त्व सुत्रयान[सम्पादन गर्ने]

बोधिसत्त्व तन्त्रयान[सम्पादन गर्ने]

तीन बह्यतन्त्र[सम्पादन गर्ने]

  1. क्रिया
  2. उभय
  3. योग

तीन गुह्ययान[सम्पादन गर्ने]

  1. महायोग
  2. अनुयोग
  3. अतियोग

महायान बौद्ध धर्मको अनुयायी[सम्पादन गर्ने]

चिन (78%)

जापान (95%)

भियतनाम (80%)

दक्षिण कोरिया (50%)

उत्तर कोरिया (70%)

सिंगापुर (30%)

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

पादटिप्पणी[सम्पादन गर्ने]

  1. Establishing a pure land on earth: the Foguang Buddhist perspective on modernization and globalization, Stuart Chandler, University of Hawaii Press, 2004, ISBN 978-0-8248-2746-5, ... The Hinayana school is identified with the Theravada tradition, which is practiced in Thailand, Sti Lanka, Myanmar, etc. The Mahayana school, by contrast, is seen as having taken root in China, Japan, Korea, and Tibet ...
  2. २.० २.१ Inside Buddhism (eBook), Kathy Zaun, Lorenz Educational Press, ISBN 978-0-7877-8193-4, Pages 26-27
  3. गुणकोष सर्वज्ञ जिग्मेद लिङ्प द्वारा रचित एक महायान बौद्ध ग्रन्थ (तिब्बती: "योन्तोन्जोद")

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]