मार्कस र्‍यासफोर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्कस र्‍यासफोर्ड
सन् २०१८ मा इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम मार्कस र्‍यासफोर्ड[१]
जन्म मिति (1997-10-31) ३१ अक्टोबर १९९७ (उमेर २६)[२][३]
जन्म स्थान म्यानचेस्टर, इङ्ल्यान्ड
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर युनाइटेड
सङ्ख्या १०
युवा करियर
२००३–२००५ फेचर्स मुस रेन्जर्स
२००५–२०१५ म्यानचेस्टर युनाइटेड प्रशिक्षण केन्द्र
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१५– म्यानचेस्टर युनाइटेड २४७ (७७)
अन्तर्राष्ट्रिय करियर
२०१२ १६ वर्ष मुनि (०)
२०१४ १८ वर्ष मुनि (०)
२०१६ २० वर्ष मुनि (०)
२०१६ २० वर्ष मुनि (३)
२०१६– इङ्ल्यान्ड ५५ (१६)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १७:२४, ११ मार्च २०२१ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:११, १७ नोभेम्बर २०२० (युटिसी)


मार्कस र्‍यासफोर्ड (जन्म: ३१ अक्टोबर १९९७) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि अग्रपङ्क्तिको रूपमा खेल्दछन्।

र्‍यासफोर्ड म्यानचेस्टर युनाइटेड तथा इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका निकै ऊर्जावान खेलाडी मध्ये एक हुन्। मात्र ६ वर्षको उमेरदेखि फुटबलमा प्रशिक्षण लिएका र्‍यासफोर्डले सन् २००५ मा म्यानचेस्टर युनाइटेडको प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिनका लागि भर्ना भएका थिए भने सन् २०१५ मा उनको युनाइटेडको वरिष्ठ टोलीमा पदोन्नति भएको थियो। सन् २०१६ को फेब्रुअरीमा आयोजित युएफा युरोपा लिगको खेलमा र्‍यासफोर्डले डेनमार्केली फुटबल क्लब मिदभिलान्दको विरुद्ध इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीको तर्फबाट दुई गोल गर्न सफल भएका थिए भने त्यसको तीन दिन पश्चात् उनले प्रिमियर लिगमा पर्दापण गर्दै आर्सनल विरुद्ध पनि दुई गोल गर्न सफल भएका थिए। र्‍यासफोर्डले म्यानचेस्टर युनाइटेडका लागि खेलेको पहिलो खेल, एएफएल कपका लागि खेलको पहिलो खेल र युएफा च्याम्पियन्स लिगको व्यक्तिगत पहिलो खेलमा गोल गर्न सफल भएका थिए। र्‍यासफोर्डले हालसम्म म्यानचेस्टर युनाइटेडका लागि १४० भन्दा बढी उपस्थितिहरूमा कुल ४४ गोल गर्न सफल भएका छन्।

र्‍यासफोर्डले सन् २०१२ मा इङ्ल्यान्ड १६ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २०१४ मा उनको १८ वर्ष मुनिको राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो जहाँ उनले टोलीका लागि २ उपस्थितिहरू जनाएका थिए। सन् २०१६ मा उनी २० वर्ष र २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाएका थिए भने सन् २०१६ मै उनको वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो। सन् २०१६ को मेमा राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय खेल खेल्न सुरु गरेका र्‍यासफोर्डले व्यक्तिगत पहिलो खेलमानै गोफ गर्न सफल भएका कारण उनी राष्ट्रिय टोलीका सबैभन्दा कान्छा गोलकर्ता बनेका थिए। सन् २०१६ फ्रान्समा आयोजित युएफा युरो २०१६ प्रतियोगितामा र्‍यासफोर्डले टोलीको प्रतिनिधित्व गरेका थिए भने उनी उक्त प्रतियोगिताका सबैभन्दा कान्छा खेलाडी पनि बन्न सफल भएकन थिए। सन् २०१८, रूसमा आयोजित फिफा विश्वकपको संस्करणमा पनि र्‍यासफोर्डले राष्ट्रिय टोलीको तर्फबाट विश्वकप फुटबलम पर्दापण गरेका थिए।

क्लब खेलजीवन[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय खेलजीवन[सम्पादन गर्नुहोस्]

सन् २०१८ फिफा विश्वकपमा र्‍यासफोर्ड

र्‍यासफोर्डले म्यानचेस्टर युनाइटेडको युवा क्लब मार्फत प्रशिक्षण लिए पछि उनी म्याचेस्टर युनाइटेडको वरिष्ठ टोलीाा सरुवा भएका थिए। उनले सन् २०१२ मा इङ्ल्यान्ड १६ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए।[४] सन् २०१४ मा उनको १८ वर्ष मुनिको राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो जहाँ उनले टोलीका लागि २ उपस्थितिहरू जनाएका थिए।[५] सन् २०१६ मा उनी २० वर्ष र २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाएका थिए। सन् २०१६ फ्रान्समा आयोजना हुन लागेको युएफन युरो कपको संस्करणका लागि इङ्ल्यान्ड वरिष्ठ फुटबल टोलीको खेलाडी गठन गर्ने क्रममा र्‍यासफोर्डलाई पनि टोलीमा समावेश हुनका लागि बोलाइएको थियो।[६] सोही वर्षको १६ मेका दिन र्‍यासफोर्डलाई युएफन युरो कपमा भाग लिनका लागि राष्ट्रिय टोली गठन गर्ने क्रममा चयन गरिएको थियो भने उक्त राष्ट्रिय टोलीका प्रशिक्षक रोय होगसन रहेका थिए। अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेडको वरिष्ठ टोलीमा पर्दापण गरेको ४ महिना नबित्दै उनले सन् २०१६ युएफा युरो नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने मौका प्राप्त गरेका थिए।[७] सन् २०१६ मे २७ का दिन आयोजित अस्ट्रेलिया विरुद्धको मैत्रीपूर्ण खेलमा र्‍यासफोर्डले खेलको तेस्रो मिनेटमानै टोलीको लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने उक्त खेल इङ्ल्यान्डले २-१ गोल अन्तरले जित्न सफल भएको थियो। यससँगै उनी अन्तर्राष्ट्रिय प्रतियोगिताको सुरुवाती खेलमै पहिलो गोल गर्ने कान्छा अङ्ग्रेजी खेलाडी बन्न सफल भएका थिए।[८]

सन् २०१६ जुन १६ का दिन आयोजित युएफा युरोपा लिगको खेलमा र्‍यासफोर्डले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए भने उक्त खेलको ७३औँ मिनेटमा उनले एडम लालानालाई प्रतिस्थापन गर्दै मैदान उत्रिएका थिए।[९] वेल्स राष्ट्रिय फुटबल टोली विरुद्धको खेलमा इङ्ल्यान्डले वेल्सलाई २-१ गोल अन्तरले पराजित गर्न सफल भएको थियो भने उक्त प्रतियोगितामा वरिष्ठ राष्ट्रिय टोलीको तर्फबाट पर्दापणफ गर्ने बेला र्‍यासफोर्ड मात्र १८ वर्षका थिए जसकारण उनी युरोपेली च्याम्पियनसिप खेलमा इङ्ल्यान्डको तर्फबाट प्रतियोगितामा भाग लिने सबैभन्दा कान्छा खेलाडी बन्न सफल भएका थिए।[१०] यस अघि सन् २००४ को युएफा युरो कपमा सबैभन्दा कान्छा खेलाडीको रूपमा वाइन रुनी रहेका थिए भने उनले प्रतियोगितामा भाग लिएसँगै उनी सबैभन्दा कान्छा खेलाडी बनेका थिए। उक्त खेलको ११ दिन पश्चात् आयोजित आइसल्यान्ड विरुद्धको खेलमा राष्ट्रिय टोली २-१ गोल अन्तरले पराजित हुँदै युएफा युरो २०१६ को प्रतियोगिताबाटै बाहिरिएको थियो जुन खेललाई फ्रान्सको निसमा आयोजना गरिएको थियो।[११] उक्त खेलमा र्‍यासफोर्ड खेल सकिन मात्र ४ मिनेट बाँकी रहँदा खेलमा प्रवेश गरेका थिए भने उनले बाँकी रहेको ४ मिनेटमा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

सन् २०१७ सेप्टेम्बर ४ का दिन आयोजित स्लोभाकिया विरुद्धको खेलमा र्‍यासफोर्डले पहिलो प्रतिस्पर्धात्मक गोल गर्न सफल भएका थिए भने उक्त खेल सन् २०१८ रूसमा आयोजना हुन लागेको फिफा विश्वकपको छनोट खेल थियो जहाँ राष्ट्रिय टोलीले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[१२] सन् २०१८, रूपमा आयोजना हुन लागेको फिफा विश्वकपका लागि इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीको गठन गर्न क्रममा र्‍यासफोर्डलाई पनि २३ पुरुष खेलाडी अन्तर्गत समावेश गरिएको थियो। सन् २०१८ को फिफा विश्वकपमा र्‍यासफोर्डले राष्ट्रिय टोलीका लागि उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा इङ्ल्यान्डको पहिलो खेलमा बेल्जियम विरुद्ध उपस्थिति जनाएका थिए भने यसको साथसाथै उनले टोलीका लागि थप ५ उपस्थितिहरू जनाएका थिए।[१३] सन् २०१८ को फिफा विश्वकपको समूह चरणको खेलमा र्‍यासफोर्डले कोलोम्बिया राष्ट्रिय फुटबल टोलीका विरुद्ध पेनाल्टी मार्फत गोल गर्न सफल भएका थिए भने उक्त खेलमा राष्ट्रिय टोलीले जित हासिल गरेसँगै टोलीले क्वाटरफाइनलको यात्रा तय गरेको थियो। उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय टोलीले चौँथो स्थान प्राप्त गरेको थियो।[१४]

सन् २०१८ सेप्टेम्बर ८ का दिन आयोजित युएफा राष्ट्र लिगको खेलमा र्‍यासफोर्ड राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै स्पेनको विरुद्ध मैदान उत्रिएका थिए जुन खेललाई विम्बल्डन रङ्गशालामा आयोजना गरिएको थियो।[१५] उक्त प्रतिस्पर्धामा राष्ट्रिय टोली स्पेनसँगको खेलमा २-१ गोल अन्तरले पराजित हुन पुगेको थियो। उक्त खेलको तीन दिन पश्चात् आयोजित स्वीट्जरल्यान्ड विरुद्धको एक मैत्रीपूर्ण खेलमा र्‍यासफोर्डले टोलीको तर्फबाट १ गोल गरेका थिए जुन खेल जित्न प्रयाप्त बनेको थियो भने यस खेललाई किङ पावर रङ्गशालामा आयोजना गरिएको थियो।[१६] युएफा राष्ट्र लिगको पछिको खेलमा राष्ट्रिय टोलीले क्रएसिया विरुद्ध मैदान उत्रिएको थियो भने उक्त खेलमा पनि र्‍यासफोर्ड सहभागिता जनाएका थिए तर उक्त खेल गोल रहित बराबरीमा समाप्त भएको थियो। उक्त खेलको १ हप्ता पछि आयोजित स्पेन विरुद्धको खेलमा र्‍यासफोर्डले टोलीको तर्फबाट गोल गर्दै टोलीका लागि अग्रता दिलाएका थिए भने उक्त खेलमा राष्ट्रिय टोलीले ३-२ गोल अन्तरले जित हासिल गर्न सफल भएको थियो। युएफ राष्ट्र लिग अन्तर्गतको इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीको अन्तिम खेलमा र्‍यासफोर्ड टोलीको प्रतिनिधित्व गर्दै मैदान उत्रिएका थिए भने उक्त खेलमन राष्ट्रिय टोलीले क्रोएसियालाई २-१ गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[१७] क्रिएसियालाई पराजित गरेको राष्ट्रिय टोली सन् २०१९ को जुन महिनामा युएफा राष्ट्र लिगको अन्तिममा चरणमा प्रवेश गरेको थियो। उक्त प्रतियोगिताको सेमिफाइनलमा र्‍यासफोर्डले नेदरल्यान्डको विरुद्ध पहिलो गोल गर्दै टोलीका लागि अग्रता दिलाएका थिए तर उक्त खेलमा राष्ट्रिय टोली खेलको अतिरिक्त समयमा ३-१ गोल अन्तरले पराजित भएको थियो। [१८]

सन् २०१९ को अक्टोबरमा आयोजित बुल्गेरिया विरुद्धको खेलमा र्‍यासफोर्डले सन् २०२० युएफा युरो २०२० नामक एक अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोट खेलमा टोलीका लागि सुरुवाती गोल गर्दै अग्रता दिलाएका थिए भने उक्त खेललाई सन् २०१९ अक्टोबर १४ का दिन आयोजना गरिएको थियो।[१९] बुल्गेरिया विरुद्धको खेलमा र्‍यासफोर्डले टोलीका लागि सुरुवाती अग्रता दिलाए पश्चात् राष्ट्रिय टोलीले बुल्गेरियालाई ६-० को फराकिलो गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[२०][२१] र्‍यासफोर्डले पछि म‍न्टेनेग्रो विरुद्धको र कोसोभो विरुद्धको खेलमा पनि गोल गर्न सफल भएका थिए भने उक्त खेल राष्ट्रिय टोलीले क्रमशः ७-० र ४-० को फराकिलो गोल अन्तरले हात पारेको थियो जसकारण राष्ट्रिय टोली सन् २०२० युएफा युरो कपका लागि छनोट हुने ९औँ टोली बनेको थियो।[२२][२३][२४]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

अद्यावधिक ४ अक्टोबर २०२०
क्लबका लागि जनाएको उपस्थिति तथा गरेको गोलहरू
क्लब संस्करण लिग एफए कप इएफएल कप युरोप अन्य जम्मा
विभाग उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
म्यान्चेस्टर युनाइटेड २०१५–१६[२५] प्रिमियर लिग ११ [क] १८
२०१६–१७[२६] प्रिमियर लिग ३२ ११[क] [ख] ५३ ११
२०१७–१८[२७] प्रिमियर लिग ३५ [ग] [घ] ५२ १३
२०१८–१९[२८] प्रिमियर लिग ३३ १० १०[ग] ४७ १३
२०१९–२०[२९] प्रिमियर लिग ३१ १७ [क] ४४ २२
२०२०–२१[३०] प्रिमियर लिग
कुल १४५ ४५ २० १४ ३८ १० २१९ ६९
  1. १.० १.१ १.२ युएफा युरोपा लिगमा जनाएको उपस्थिति सहित
  2. एफए कम्युनिटी सिल्डमा जनाएको उपस्थिति सहित
  3. ३.० ३.१ युएफा च्याम्पियन्स लिगमा जनाएको उपस्थिति सहित
  4. युएफा सुपर कपमा जनाएको उपस्थिति सहित

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

अद्यावधिक १७ नोभेम्बर २०१९[३१]
राष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
राष्ट्रिय टोली वर्ष उपस्थिति गोल
इङ्ल्यान्ड २०१६
२०१७
२०१८ १६
२०१९
जम्मा ३८ १०

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Squads for 2017/18 Premier League confirmed", Premier League, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  2. "मार्कस र्‍यासफोर्ड", 11v11.com, एएफएफ, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  3. "मार्कस र्‍यासफोर्ड: Overview", प्रिमियर लिग, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  4. Ornstein, David (१४ मार्च २०१६), "Euro 2016 too early for Man Utd's Marcus Rashford – Nicky Butt", BBC Sport, अन्तिम पहुँच १४ मार्च २०१६ 
  5. "Euro 2016: Marcus Rashford makes England provisional squad", BBC Sport, १६ मे २०१६, अन्तिम पहुँच १६ मे २०१६ 
  6. "Euro 2016: Marcus Rashford's England rise 'doesn't seem real'", BBC Sport, ९ जुन २०१६, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  7. McNulty, Phil (२७ मे २०१६), "England 2–1 Australia", BBC Sport, अन्तिम पहुँच २९ मे २०१६ 
  8. "Marcus Rashford becomes England's youngest ever player at Euros", ESPN FC, १६ जुन २०१६, अन्तिम पहुँच १६ जुन २०१६ 
  9. Kearns, Sean (२७ जुन २०१६), "Marcus Rashford dribbled past more players in four minutes than any other player during England's defeat to Iceland", Metro (London), अन्तिम पहुँच २८ जुन २०१६ 
  10. McNulty, Phil (४ सेप्टेम्बर २०१७), "England 2–1 Slovakia", BBC Sport, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१७ 
  11. "England World Cup squad: Trent Alexander-Arnold in 23-man squad", BBC Sport, १६ मे २०१८, अन्तिम पहुँच १७ मे २०१८ 
  12. "Marcus Rashford FIFA World Cup 2018 Stats, Records, Position – myKhel", mykhelcom, अन्तिम पहुँच ६ डिसेम्बर २०१८ 
  13. McNulty, Phil (३ जुलाई २०१८), "World Cup 2018: England beat Colombia 4–3 on penalties", BBC Sport, अन्तिम पहुँच ५ मे २०१९ 
  14. McNulty, Phil (१४ जुलाई २०१८), "World Cup 2018: England finish fourth after Belgium defeat", BBC Sport, अन्तिम पहुँच ६ नोभेम्बर २०१८ 
  15. Jones, Lewis (८ सेप्टेम्बर २०१८), "England 1–2 Spain: Gareth Southgate's men suffer Wembley defeat", Sky Sports, अन्तिम पहुँच ६ डिसेम्बर २०१८ 
  16. Jones, Lewis (११ सेप्टेम्बर २०१८), "England 1–0 Switzerland: Marcus Rashford strikes again as England break losing run", Sky Sports, अन्तिम पहुँच ६ डिसेम्बर २०१८ 
  17. Rijeka, Daniel Taylor at Stadion HNK (१२ अक्टोबर २०१८), "Marcus Rashford fluffs his lines in England's eerie draw with Croatia", The Guardian (London), अन्तिम पहुँच ६ डिसेम्बर २०१८ 
  18. Villamarín, Daniel Taylor at the Estadio Benito (१५ अक्टोबर २०१८), "Raheem Sterling's double inspires England to stunning victory in Spain", The Guardian (London), अन्तिम पहुँच ६ डिसेम्बर २०१८ 
  19. "UEFA Nations League", Sky Sports, अन्तिम पहुँच ६ डिसेम्बर २०१८ 
  20. McNulty, Phil (१८ नोभेम्बर २०१८), "England 2–1 Croatia: Harry Kane seals Nations League finals spot", BBC Sport, अन्तिम पहुँच ६ जनवरी २०१९ 
  21. Olley, James (७ जुन २०१९), "Netherlands 3 England 1: Defensive errors see England beaten in Nations League semi-finals", Evening Standard (London), अन्तिम पहुँच ७ जुन २०१९ 
  22. Hytner, David (१५ अक्टोबर २०१९), "England crush Bulgaria 6-0 but racist chants force stoppages in qualifier", The Guardian 
  23. McNulty, Phil (१४ नोभेम्बर २०१९), "England 7–0 Montenegro", BBC Sport, अन्तिम पहुँच १७ नोभेम्बर २०१९ 
  24. McNulty, Phil (१७ नोभेम्बर २०१९), "Kosovo 0–4 England", BBC Sport, अन्तिम पहुँच १७ नोभेम्बर २०१९ 
  25. "सन् २०१५/२०१६ मा मार्कस र्‍यासफोर्डद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १३ जनवरी २०१९ 
  26. "सन् २०१६/२०१७ मा मार्कस र्‍यासफोर्डद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १३ जनवरी २०१९ 
  27. "सन् २०१७/२०१८ मा मार्कस र्‍यासफोर्डद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १३ जनवरी २०१९ 
  28. "सन् २०१८/२०१९ मा मार्कस र्‍यासफोर्डद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ६ जुन २०१९ 
  29. "सन् २०१९/२०२० मा मार्कस र्‍यासफोर्डद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १६ अगस्ट २०२० 
  30. "सन् २०२०/२०२१ मा मार्कस र्‍यासफोर्डद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ४ अक्टोबर २०२० 
  31. "Rashford, Marcus", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच २१ नोभेम्बर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]