एरिक डायर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एरिक डायर
सन् २०२० मा डायर
व्यक्तिगत जानकारी
पुरा नाम एरिक जेरेमी डायर[१]
जन्म मिति (1994-01-15) १५ जनवरी १९९४ (उमेर ३०)[२]
जन्म स्थान चेल्टनह्याम, इङ्ल्यान्ड
उचाइ ६ फिट २ इन्च (१.८८ मी)[३]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
टोटनह्याम हट्स्पर
सङ्ख्या १५
युवा करियर
सन् २००३–२०१२ स्पोर्तिङ सेपे
सन् २०११–२०१२एभर्टन (ऋण)
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०१२–२०१४ स्पोर्तिङ सेपे ख १६ (२)
सन् २०१२–२०१४ स्पोर्तिङ सेपे २७ (१)
सन् २०१४– टोटनह्याम हट्स्पर १७८ (१०)
अन्तर्राष्ट्रिय करियर
सन् २०११ १८ वर्ष मुनि (०)
सन् २०१२–२०१३ १९ वर्ष मुनि (०)
सन् २०१३–२०१४ २० वर्ष मुनि (०)
सन् २०१३–२०१५ २१ वर्ष मुनि (०)
सन् २०१५– इङ्ल्यान्ड ४२ (३)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:४२, ४ अक्टोबर २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ०९:४३, १० सेप्टेम्बर २०२० (युटिसी)

एरिक जेरेमी एड्गर डायर (जन्म १५ जनवरी १९९४) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जो प्रिमियर लिगको क्लब को टोटनह्यामइङ्ल्यान्ड राष्ट्रिय फुटबल टिम को लागि खेल्छन्। उनी एक बहुमुखी रक्षात्मक खेलाडी हुन र उननई रक्षात्मक मध्यपङ्क्तिको रूपमा तैनात गरिएको छ।

डायरको जन्म इङ्ल्यान्डको चेल्टनहममा भएतापनि उनी पुर्तुगालमा हुर्किएका थिए। सन् २००३ मा डायरले पुर्तुगालको लिस्बोआ स्थित स्पोर्तिङ सेपे नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबलमा प्रशिक्षण लिन सुरु गरेका थिए भने त्यस समय उनी मात्र ९ वर्षका थिए। सन् २०१२ सम्म उक्त क्लब मार्फत प्रशिक्षण लिएका डायरलाई त्यसको अघिल्लो वर्ष, अर्थात् सन् २०११ मा एभर्टनका एक अङ्ग्रेजी फुटबल क्लबले ऋणमा आफ्नो क्लबमा आवद्ध गराएको थियो। सन् २०१२ देखि सन् २०१४ सम्म स्पोर्तिङ सेपेका लागि फुटबल खेलेका डायरले दुई वर्षे बसाइँमा कुल १६ उपस्थितिहरूमा जम्मा २ गोल गर्न सफल भएका थिए। सन् २०१४ मा टोटनह्याम नामक एक अङ्ग्रेजी फुटबल क्लबले डायरलाई ४० लाख युरोमा खरिद गरी आफ्नो क्लबमा आवद्ध गराएको थियो भने उनले उक्त क्लबसँगको ५ वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए। डायरले टोटनह्याम हट्स्परका लागि हालसम्म २०० भन्दा बढी उपस्थितिहरू जनाइसकेका छन् जसमा उनी सन् २०१५ को फुटबल लिग कप र सन् २०१९ को युएफा च्याम्पियन्स लिगमा क्लबका लागि महत्त्वपूर्ण उपस्थिति जनाएका थिए।

पुर्तुगाल राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्ने इच्छा भएतापनि उनले अन्तर्राष्ट्रिय फुटबलमा इङ्ल्यान्डको तर्फबाट अन्तर्राष्ट्रिय फुटबलम पर्दापण गरेका थिए। सन् २०११ मा डायरले १८ वर्ष मुनिकको राष्ट्रिय फुटबल टोली मार्फत अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २०१२ देखि सन् २०१३ सम्म डायर १९ वर्ष मुनिको राष्ट्रिय टोलीको एक सदस्य थिए भने उनले टोलीको तर्फबाट एक वर्षको अवधिमा गोल रहित कुल ८ उपस्थितिहरू जनाएका थिए। सन् २०१३ देखि सन् २०१४ सम्म उनी २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको सदस्य थिए जहाँ उनले टोलीका लागि कुल ६ उपस्थितिहरू जनाएका थिए। सन् २०१३ देखि सन् २०१५ सम्म उनी २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको सदस्य थिए जहाँ उनले टोलीका लागि कुल ९ उपस्थितिहरू जनाएका थिए। केही वर्षसम्म युवा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका डायरको सन् २०१५ मा वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो। डायरले राष्ट्रिय टोलीका तर्लबाट सन् २०१६, फ्रान्समा आयोजित युएफा युरो कपमा र सन् २०१८ मा रूसमा आयोजित फिफा विश्वकपको संस्करणमा मध्यपङ्क्ति खेलाडीको राष्ट्रको प्रतिनिधित्व गरेका थिए। डायरले हालसम्म राष्ट्रिय टोलीका लागि ४० भन्दा बढी उपस्थितिहरू जनाइसकेका छन्।

क्लब खेलजीवन[सम्पादन गर्नुहोस्]

टोटनह्याम हट्सपर[सम्पादन गर्नुहोस्]

सन् २०१५ को लिग बप फाइनलमा डायर टोटनह्याम हट्स्परको तर्फबाट खेल्दै

सन् २०१४ अगस्ट २ का दिन डायरले अङ्ग्रेजी क्लब टोटनह्याम हट्सपरसँगको ५ वर्षे आवद्ध पत्रमन हस्ताक्षर गरेका थिए भने उनलाई ४० लाख युरोमा यस क्लबमा भित्र्याइएको थियो।[४][५] सन् २०१४-१५ को प्रिमियर लिग संस्करणमा डायरले क्लबका लागि पहिलो उपस्थिति वेस्टह्याम युनाइटेडका विरुद्ध जनाएका थिए भने उक्त खेलको अतिरिक्त समयमा उनले क्लबका तर्फबाट गोल गर्न सफल भएका थिए।[६][७] उक्त खेलको ८ दिन पश्चात् क्विन पार्क रेन्जर्स विरुद्ध आयोजित खेलमा डायरले एरिक लामेलाको सहायतामा गोल गर्न सफल भएका थिए भने उक्त खेल क्लबले ४-० गोल अन्तरले हात पार्न सफल भएको थियो।[८] सन् २०१५ मार्च १ का दिन आयोजित सन् २०१५ को लिग कपको अन्तिम खेलमा टोटनह्यामको सामना चेल्सीसँग भएको थियो भने उक्त खेलमा टोटनह्याम पराजित हुन पुगेको थियो।[९][१०] टोटनह्यामलाई पराजित गरेसँगै चेल्सीले सन् २०१५ को लिग कप उचालेको थियो जुन खेललाई विम्बल्डन रङ्गशालामा आयोजना गरिएको थियो। [११] सन् २०१५ सेप्टेम्बर ९ का दिन डायरले सन् २०२० मा समाप्त हुनेगरी टोटनह्यामसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।[१२] सन् २०१५-१६ संस्करणको प्रिमियर लिगमा टोटनह्याका मुख्य प्रशिक्षक माउरिसिओ पोचेतिनोले डायरलाई मध्यपङ्क्तिमा खटाएका थिए भने उनी टोटनह्यामका एक खेलाडी डेम्बेलेको नियमित सहायक बनेका थिए।[१३] सन् २०१५-१६ को प्रिमियर लिगको उपाधि लेस्टर सिटीले जित्न सफल भएको थियो भने टोटनह्यामले तेस्रो स्थान प्राप्त गरेको थियो।[१४] १५ अगस्ट २०१६ मा डायरले सोही वर्षको प्रिमियर लिग संस्करणमा स्टक सिटी विरुद्ध पहिलो आधिकारिक गोल गर्न सफल भएका थिए भने उक्त खेल २-२ को बराबरीमा टुङ्गिएको थियो।[१५] २६ सेप्टेम्बरका दिन म्यानचेस्टर सिटी विरुद्धको खेलमा डायरले क्लबका तर्फबाट पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेल हट्सपरले ४-१ को गल अन्तरले जित्न सफल भएको थियो।[१६] सन् २०१६ सेप्टेम्बर १३ का दिन डायरले क्लबका लागि थप पाँच वर्षे (सन् २०२१ मा समाप्त हुने गरी) आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[१७]

अन्तर्राष्ट्रिय खेलजीवन[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा डायर

डायरको अन्तर्राष्ट्रिय फुटबल खेलमा पुर्तुगाल राष्ट्रिय फुटबल टोलीसम्म पनि पहुँच रहेता पनि उनलाई सन् २०११ को नोभेम्बरमा इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीको १८ वर्ष मुनिको राष्ट्रिय टोलका तर्फबाट अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाउनका लागि बोलाइएको थियो भने उनले उक्त टोलीका लागि आफ्नो पहिलो खेल स्लोभाकियाको विरुद्ध खेलेका थिए।[१८] सन् २०११ नोभेम्बर १६ का दिन आयोजित उक्त खेलमा राष्ट्रिय टोलीले स्लोभाकियासँग १-१ को बराबरी खेलेको थियो जहाँ डायरले खेलको पुरै ९० मिनेट खेल खेलेका थिए।[१९] सन् २०१२ देखि सन् २०१३ सम्म डायर १९ वर्ष मुनिको राष्ट्रिय टोलीको एक सदस्य थिए भने उनले टोलीको तर्फबाट एक वर्षको अवधिमा गोल रहित कुल ८ उपस्थितिहरू जनाएका थिए।[२०] सन् २०१३ देखि सन् २०१४ सम्म उनी २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको सदस्य थिए जहाँ उनले टोलीका लागि कुल ६ उपस्थितिहरू जनाएका थिए।[२१] सन् २०१३ मे २८ का दिन आगामी फिफा यु-२० विश्वकपका लागि राष्ट्रिय टोली गठन गर्ने समयमा उनलाई पनि राष्ट्रिय टोलीमा समावेश गरिएको थियो।[२२] सन् २०१३ को जुन १६ का दिन आयोजित खेलमा उनले उक्त टोलीका लागि पर्दापण गरेका थिए भने उरुग्वे विरुद्धको खेलमा राष्ट्रिय टोलीले जित हासिल गरेको थियो।[२३][२४] सन् २०१३ अगस्ट १३ का दिन डायरले २१ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि पहिलो उपस्थिति स्कटल्यान्ड विरुद्ध जनाएका थिए जहाँ राष्ट्रिय टोलीले स्कटल्यान्डलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[२५][२६]

सन् २०१८ को फिाफा विश्वकपमा डायर

सन् २०१५ नोभेम्बर ५ का दिन डायरलाई पहिलो इङ्ल्यान्डको वरिष्ठ फुटबल टोलीमा समावेश गरिएको थियो भने त्यससमय उक्त टोलीको प्रशिक्षक रोय होगसन रहेका थिए।[२७] राष्ट्रिय टोलीमा पर्न सफल भएका डायरले त्यसको ८ दिन पश्चात् स्पेन विरुद्धको एक मैत्रीपूर्ण खेलमा समावेश हुने मौका प्राप्त गरेका थिए उक्त खेललाई आलिकान्ते सहर स्थित एस्तादिओ होसे रिको पेरेसमा आयोजना गरिएको थियो।[२८] स्पेन र इङ्ल्यान्ड बीचको उक्त खेलमा राष्ट्रिय टोली २-० गोल अन्तरले पराजित भएको थियो।[२९] सन् २०१५ नोभेम्बर १७ का दिन विम्बलडनमा आयोजित फ्रान्स बीचको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा डायरले खेल खेल्ने मौका प्राप्त गरेका थिए भने उक्त खेलमा राष्ट्रिय टोलीले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[३०] सन् २०१६ मार्च २६ का जर्मनीको बर्लिनमा आयोजित जर्मनी विरुद्धको एक मैत्रीपूर्ण खेलमा डायरले वरिष्ठ फुटबल खेलजीवनको पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए भने उनको गोलसँगै राष्ट्रिय टोलीले ३-२ गोल अन्तरले खेल हाल पार्न सफल भएको थियो। [३१] सन् २०१६ मा फ्रान्समा आयोजना हुन लागेको युएफा युरो कपका लागि राष्ट्रिय टोली गठन गर्ने क्रममा डायरलाई पनि राष्ट्रिय टोलीमा समावेश गरिएको थियो। उक्त प्रतियोगिताको अन्तर्गत इङ्ल्यान्डको पहिलो खेल रूसमा विरुद्ध आयोजना गरिएको थियो भने उक्त खेल १-१ को बराबरीमा समाप्त भएको थियो।[३२] सन् २०१७ नोभेम्बर १० का दिन जर्मनी विरुद्ध आयोजित एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा डायरले पहिलोपटक राष्ट्रिय टोलीको कप्तान पद सम्हालेकाक थिए भने उनको कप्तानीमा रहेको राष्ट्रिय टोली जर्मनी विरुद्धको खेलमा गोल रहित बराबरीमा टुङ्गिएको थियो।[३३] सन् २०१८ मा फ्रान्समा आयोजना हुन लागेको फिफा विश्वकपका लागि राष्ट्रिय टोली गठन गर्ने क्रममा डायरलाई पनि राष्ट्रिय टोलीमा समावेश गरिएको थियो भने डायरले उक्त प्रतियोगितामा बेल्जियम विरुद्धको अन्तिम समूह चरणको खेलमा राष्ट्रिय टोलीको कप्तान पद सम्हालेका थिए। सन् २०१८ को फिफा विश्वकपमा राष्ट्रिय टोलीले तेस्रो स्थान चौँथो स्थान प्राप्त गरेको थियो।[३४]

खेलजीवन तथ्याङ्क[सम्पादन गर्नुहोस्]

अद्यावधिक ४ अक्टोबर २०२०
क्लबकम लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
क्लब संस्करण लिग राष्ट्रिय कप[क] लिग कप[ख] युरोप जम्मा
विभाग उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
स्पोर्तिङ सेपे ख २०१२–१३[३५] सेगुन्दा लिगा
२०१३–१४[३५] सेगुन्दा लिगा
जम्मा १६ १६
स्पोर्तिङ सेपे २०१२–१३[३५] प्रिमियरा लिगा १४ १५
२०१३–१४[३५] प्रिमियरा लिगा १३ १६
जम्मा २७ ३१
टोटनह्याम हट्स्पर २०१४–१५[३६] प्रिमियर लिग २८ [ग] ३६
२०१५–१६[३७] प्रिमियर लिग ३७ [ग] ५१
२०१६–१७[३८] प्रिमियर लिग ३६ [घ] ४८
२०१७–१८[३९] प्रिमियर लिग ३४ [ङ] ४७
२०१८–१९[४०] प्रिमियर लिग २० [ङ] २८
२०१९–२०[४१] प्रिमियर लिग १९ [ङ] ३०
२०२०–२१[४२] प्रिमियर लिग [ग]
जम्मा १७८ १० १९ १० ३९ २४६ ११
कुल २२१ १३ १९ १४ ३९ २९३ १४
  1. एफए कप सहित
  2. तासा दे लिगा र इएफएल कप सहित
  3. ३.० ३.१ ३.२ युएफा युरो लिगमा जनाएको उपस्थिति सहित
  4. युएफा च्याम्पियन्स लिगमा ५ र युएफा युरो लिगमा जनाएको २ उपस्थितिहरू सहित
  5. ५.० ५.१ ५.२ युएफा च्याम्पियन्स लिगमा जनाएको उपस्थिति सहित

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

अद्यावधिक ८ सेप्टेम्बर २०२०[४३]
राष्ट्रिय टोलीका लागि जनाएको।उपस्थिति तथा गरेका गोलहरू
राष्ट्रिय टोली वर्ष उपस्थिति गोल
इङ्ल्यान्ड २०१५
२०१६ १३
२०१७
२०१८ १५
२०१९
२०२०
जम्मा ४२

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Updated squad lists for 2019/20 Premier League", Premier League, ६ फेब्रुअरी २०२०, अन्तिम पहुँच ४ अप्रिल २०२० 
  2. "Eric Dier", 11v11.com, AFS Enterprises, अन्तिम पहुँच ४ अप्रिल २०२० 
  3. "Eric Dier: Overview", Premier League, अन्तिम पहुँच १० डिसेम्बर २०१७ 
  4. "Eric Dier: Tottenham midfielder charged by FA after confronting fan", BBC, २३ अप्रिल २०२०। 
  5. "Eric Dier: Tottenham midfielder given four-match ban for confronting fan", BBC Sport, ८ जुलाई २०२०। 
  6. "Transfer news: Eric Dier completes move to Spurs on five-year deal", Sky Sports, २ अगस्ट २०१४, अन्तिम पहुँच २ अगस्ट २०१४ 
  7. "Spurs sign Eric Dier from Sporting", ESPN FC, २ अगस्ट २०१४, अन्तिम पहुँच २ अगस्ट २०१४ 
  8. Rose, Gary (१६ अगस्ट २०१४), "West Ham United 0–1 Tottenham Hotspur", BBC Sport, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  9. Fifield, Dominic (२४ अगस्ट २०१४), "Tottenham give Harry Redknapp unhappy homecoming with QPR defeat", The Guardian (London), अन्तिम पहुँच २४ अगस्ट २०१४ 
  10. McNulty, Phil (१ मार्च २०१५), "Chelsea 2–0 Tottenham Hotspur", BBC Sport, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  11. "Eric Dier: Tottenham defender signs new contract until 2020", BBC Sport, ९ सेप्टेम्बर २०१५, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  12. "Eric Dier ready to put his strange start to the season for Tottenham behind him", The Guardian (London), ११ डिसेम्बर २०१६। 
  13. Sanghera, Mandeep (२६ सेप्टेम्बर २०१५), "Tottenham Hotspur 4–1 Manchester City", BBC Sport, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  14. "Eric Dier: Tottenham midfielder signs new five-year contract", BBC Sport, १३ सेप्टेम्बर २०१६, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  15. "Eric Dier", UEFA, अन्तिम पहुँच २ अप्रिल २०१७ 
  16. "Burnley 0 Tottenham 2: Eric Dier's goal sends Spurs on their way back into title picture", The Daily Telegraph (London), १ अप्रिल २०१७। 
  17. "Sky Sports announce Eric Dier contract extension", Sky Sports, २१ जुलाई २०२०। 
  18. Hyter, Dave (२३ अक्टोबर २०१५), "Tottenham’s Eric Dier: Some people forget I’m essentially a foreign player", Guardian, अन्तिम पहुँच ८ अगस्ट २०२० 
  19. Edwards, Richard, "How Eric Dier's Portuguese education set him apart from his peers", FourFourTwo, अन्तिम पहुँच ८ अगस्ट २०२० 
  20. Winter, Henry (२० जनवरी २०११), "Everton sign Sporting Lisbon youngster Eric Dier on loan as England close in on his services", The Daily Telegraph (London), अन्तिम पहुँच २१ जनवरी २०११ 
  21. "Eric Dier", The Football Association, अन्तिम पहुँच ५ डिसेम्बर २०१३ 
  22. "Eric Dier", The Football Association, अन्तिम पहुँच ५ डिसेम्बर २०१३ 
  23. "Final squad named", The Football Association, २८ मे २०१३, मूलबाट १५ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०१३ 
  24. Veevers, Nicholas (१६ जुन २०१३), "Training win for Three Lions", The Football Association, मूलबाट २४ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०१३ 
  25. "England Under-21s thrash Scotland 6–0 in friendly", BBC Sport, १३ अगस्ट २०१३, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  26. "Tottenham centre-half Eric Dier opts out of England Under-21 duty to train with Premier League paymasters", The Daily Telegraph (London)। 
  27. "Eric Dier in England squad for Spain and France friendlies", BBC Sport, ५ नोभेम्बर २०१५, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  28. McNulty, Phil (१४ नोभेम्बर २०१५), "Spain 2–0 England", BBC Sport, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  29. https://www.bbc.co.uk/sport/football/34129999
  30. McNulty, Phil (२६ मार्च २०१६), "Germany 2–3 England", BBC Sport, अन्तिम पहुँच २८ मार्च २०१६ 
  31. "England 1–1 Russia", BBC Sport, ११ जुन २०१६, अन्तिम पहुँच ११ जुन २०१६ 
  32. "Tottenham's Eric Dier to captain England for friendly against Germany", The Independent, ९ नोभेम्बर २०१७। 
  33. "England World Cup squad: Trent Alexander-Arnold in 23-man squad", BBC Sport, १६ मे २०१८, अन्तिम पहुँच १७ मे २०१८ 
  34. "Who scored as England beat Colombia on penalties", The Independent, अन्तिम पहुँच ४ जुलाई २०१८ 
  35. ३५.० ३५.१ ३५.२ ३५.३ "E. Dier: Summary", Soccerway, Perform Group, अन्तिम पहुँच २ जुन २०१८ 
  36. "सन् २०१४/२०१५ मा एरिक डायरद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१७ 
  37. "सन् २०१५/२०१६ मा एरिक डायरद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१७ 
  38. "सन् २०१६/२०१७ मा एरिक डायरद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१७ 
  39. "सन् २०१७/२०१८ मा एरिक डायरद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच २२ मार्च २०१९ 
  40. "सन् २०१८/२०१९ मा एरिक डायरद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ९ जुन २०१९ 
  41. "सन् २०१९/२०२० मा एरिक डायरद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १० सेप्टेम्बर २०२० 
  42. "सन् २०२०/२०२१ मा एरिक डायरद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १३ सेप्टेम्बर २०२० 
  43. "Dier, Eric", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच १० सेप्टेम्बर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]