ड्यानी रोज (फुटबल खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ड्यानी रोज
सन् २०१८ को फिफा विश्वकपमा रोज राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै
व्यक्तिगत जानकारी
पुरा नाम ड्यानी लि रोज[१]
जन्म मिति (1990-07-02) २ जुलाई १९९० (उमेर ३३)[२]
जन्म स्थान डोनकेस्टर, इङ्ल्यान्ड
उचाइ ५ फिट ८ इन्च (१.७३ मी)[३]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
वाटफोर्ड
सङ्ख्या
युवा करियर
२००५–२००६ लिड्स युनाइटेड
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६–२००७ लिड्स युनाइटेड (०)
२००७–२०२१ टोटनह्याम हट्स्पर १५६ (८)
२००९वाटफोर्ड (ऋण) (०)
२००९पिटरबर्ग युनाइटेड (ऋण) (०)
२०१०–२०११ब्रिस्टल सिटी (ऋण) १७ (०)
२०१२–२०१३सुन्डरल्यान्ड (ऋण) २७ (१)
२०२०-२०२१न्युक्यासल युनाइटेड (ऋण) ११ (०)
२०२१- वाटफोर्ड (०)
अन्तर्राष्ट्रिय करियर
२००५–२००६ १६ वर्ष मुनी (०)
२००६–२००७ १७ वर्ष मुनी १३ (०)
२००७–२००८ १८ वर्ष मुनी (०)
२००८–२००९ १९ वर्ष मुनी (१)
२००९–२०१३ २१ वर्ष मुनी २९ (३)
२०१२ बेलायत ओलम्पिक टोली (०)
सन् २०१६– इङ्ल्यान्ड २९ (०)
सम्मान
पुरुष फुटबल
 इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै
युइएफए राष्ट्र लिग
कांस्य पदक – तेस्रो स्थान सन् २०१९
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १७:०९, २६ नोवेम्बर २०२१ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २२:११, ११ नोवेम्बर २०२१ (युटिसी)

ड्यानी रोज (जन्म: २ जुलाई १९९०) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब वाटफोर्डइङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि रक्षापङ्क्तिको रूपमा खेल्दछन्।[४]

सन् २००६ मा रोजले इङ्ल्यान्डको लिड्स युनाइटेड नामक एक व्यावसायिक फुटबल क्लब मार्फत फुटबल क्लब कार्यजीवनको सुरुवात गरेका थिए भने उक्त क्लबमा आवद्ध भएको १ वर्षमै उनी प्रिमियर लिग नामक एक इङ्ल्यान्डको सर्वोच्च लिगमा प्रतिस्पर्धा गर्नै क्लब टोटनह्याममा सरुवा भएका थिए। सन् २००७ देखि सन् २००९ सम्म टोटनह्यामसँगको दुई वर्ष बिताएका रोजले कुल १५६ उपस्थितिहरूका जम्मा ८ गोल गर्न सफल भएका थिए भने उनी सन् २००९ मा वाट्फोर्ड नामक प्रिमियर लिगको एक क्लबसँग ऋणमा आवद्ध भएका थिए। वाटफोर्डसँग केही महिने आवद्ध पश्चात् उनी सोही पिटरबर्ग युनाइटेड नामक एक क्लबमा ऋणमा आवद्ध भएका थिए। पिटरबर्ग युनाइटेडका लागि कुल ६ उपस्थिति जनाएका रोज पुनः टोटनह्याममा फर्किएका थिए। सन् २०१० मा उनी ब्रिस्टल सिटीमा आवद्ध भएका थिए भने उनले उक्त क्लबका लागि कुल १७ उपस्थितिहरू जनाएका थिए। सन् २०१२ मा उनी इङ्ल्यान्डको सुन्डरल्यान्ड नामक एक फुटबल क्लबमा आवद्ध भएका थिए जहाँ उनले कुल २७ उपस्थितिहरूमा जम्म १ गोल गर्न सफल भएका थिए। सन् २०११ देखि सन् २०१२ सम्म उनी अन्य क्लबहरूमा आवद्ध भएतापनि उनीले अधिक समय टोटनह्यामानै खेल खेलेका गरेका थिए। सन् २०२० जनवरीमा उनी टोटनह्यामबाट ६ महिनाका लागि न्युक्यासल युनाइटेडमा आवद्ध भएका थिए।

रोजले सन् २००९ मा इङ्ल्यान्डको २१ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फुटबल कार्यजीवनको सुरुवात गरेका थिए। रोजले २१ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि कुल २९ उपस्थितिहरूमा टोलीका लागि कुल ३ गोल गर्न सफल भएका थिए। सन् २०१८ मा रूसमा आयोजना हुन लागेको फिफा विश्वकपको संस्करणका लागि इङ्ल्यान्ड राष्ट्रिय टोलीको गठन गर्ने समयमा रोजलाई पनि वरिष्ठ टोलीको एक खेलाडीको रूपमा समावेश गराइएको थियो।

क्लब खेलजीवन[सम्पादन गर्नुहोस्]

लिड्स युनाइटेड[सम्पादन गर्नुहोस्]

ड्यानी रोजको जन्म सन् १९९० जुलाई २ का दिन दक्षिण योर्कसियरको डनकेस्टरमा भएको थियो[५] भने उनले सन् २००६ मा सोही स्थानमा अवस्थित लिड्स युनाइटेड नामक एक फुटबल क्लब फुटबलमा प्रशिक्षण लिन सुरु गरेका थिए भने उनले सोही वर्ष उक्त क्लबको वरिष्ठ टोलीमा पनि आवद्ध भएका थिए।[६] लिड्स युनाइटेडबाट फुटबलमा प्रशिक्षण लिन सुरु गरेका रोजले उक्त क्लबमा एक पनि उपस्थिति नजनाई इङ्ल्यान्डको प्रिमियर लिग नामक एक सर्वोच्च लिगमा प्रतिस्पर्धा गर्ने क्लब टोटनह्याम हट्सपरमा सन् २००७ मा आवद्ध भएका थिए।[७]

टोटनह्याम हट्सपर[सम्पादन गर्नुहोस्]

सन् २०१० मा रोज

सन् २००७ जुलाई १ का दिन प्रिमियर लिगको क्लब टोटनह्याम हट्सपरले रोजलाई १० लाख युरोमा लिड्स युनाइटेडबाट खरिद गरी उक्त क्लबमा आवद्ध गराएको थियो।[८] उनले त्यसपछि सन् २००८ सम्म टोटनह्याम हट्सपरले खेलेका खेलका लागि अतिरिक्त खेलाडीको रूपमा योगदान दिएका थिए भने सोही वर्ष उनको घुँडामा चोट लागेका कारण उनले केही महिना विश्राम लिएका थिए।[९] सन् २०१० मा रोजले एफए कपमा लिड्स युनाइटेडको विरुद्धमन हट्सपरको तर्फबाट खेल खेलेका थिए भने उक्त बराबरीमा समाप्त भएको थियो।[१०] सन् २०१० अप्रिल १४ का दिन रोजले टोटनह्यामको तर्फबाट सर्वोच्च प्रिमियर लिगमा पर्दापण गरेका थिए भने त्यस खेल आर्सनल र हट्सपर बीच आयोजना गरिएको थियो।[११] यस खेलमा रोजले खेलको १० मिनेटमा टोलीका लागि पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने उक्त खेल हट्सपरले २-१ को गोल अन्तरले जित्न सफल भएको थियो।[१२] सोही वर्ष उनले त्यस खेलमा गरेको गोलका कारण टोटनह्यामको वेबसाइट र स्काई स्पोर्ट्सद्वारा सञ्चालन वर्षको सर्वोत्कृष्ट गोलको छनोटमा मतदानका कारण वर्षको उत्कृष्ट गोलको रूपमा सर्वाधिक मत प्राप्त गरेका थिए।[१३][१४] सन् २०११ मे ११ का दिन ब्ल्याकपुलको विरुद्धमा आयोजित खेलमा पनि उनले हट्सपरका तर्फबाट खेलमा सहभागिता जनाएका थिए भने उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो। [१५][१६][१७][१८]

विभिन्न क्लबहरूमा ऋणमा आवद्ध[सम्पादन गर्नुहोस्]

सन् २००९ को मार्च महिनामा उनी प्रिमियर लिगको वाट्फोर्ड नामक एक क्लबसँग ऋणमा आवद्ध भएका थिए भने उनले उक्त क्लबमा आवद्ध भएपश्चात् सन् २००८-०९ को प्रिमियर लिग संस्करणमा सोही क्लबको प्रतिनिधित्व गरेका थिए।[१९] सन् २००९ अप्रिल ४ का दिन डनक्यास्टरको विरुद्ध आयोजित खेलमा रोजले वाट्फोर्डका तर्फबाट पर्दापण गरेका थिए भने उक्त खेल वाट्फोर्डले २-१ को गोल अन्तरले जित्न सफल भएको थियो।[२०] सन् २००९ सेप्टेम्बर २९ का दिन रोज सन् २०१० को जनवरीसम्मका लागि पिटरब्रोउग युनाइटेड फुटबल क्लबसँग ऋणमा आवद्ध भएका थिए।[२१] पिटरब्रोउग युनाइटेडका प्रबन्धकको प्रस्थान पश्चात् सन् २००९ नोभेम्बर ११ का दिन उनी पुनः टोटनह्याममा फिर्ता भएका थिए। [२२]

सन् २०१० सेप्टेम्बर ९ का दिन उनले इङ्ल्यान्ड च्याम्पियनसिप नामक दोस्रो सर्वोच्च लिग च्याम्पियनसिपको क्लब ब्रिस्टल सिटीसँग ऋणमा आवद्ध भएका थिए। [२३]१३ नोभेम्बरका दिन उनी ब्रिस्टल सिटीको तर्फबाट पूर्व क्लब लिड्स युनाइटेडको विरुद्ध मैदान उत्रिएका थिए भने उनको उक्त क्लबमा उपस्थिति देखेर घरेलुु समर्थकहरूले उनको आलोचना गरेका थिए।[२४] सन् २०११ को फेब्रुअरी महिनामा उनी पुनः टोटनह्याम हट्सपरमा फिर्ता भएका थिए। सन् २०१२ अगस्ट ३१ का दिन उनले प्रिमियर लिगको क्लब सुन्डरल्यान्डमा ऋणमा आवद्ध भएका थिए।[२५] रोजले सन् २०१२ सेप्टेम्बर १५ का दिन लिभरपुलको विरुद्ध उक्त क्लबका लागि प्रिमियर लिगमा पहिलो उपस्थिति जनाएका थिए।[२६] सन् २०१३ अप्रिल २९ का दिन एस्टर भिल्लाको विरुद्ध आयोजित खेलमा उनले क्लबका तर्फबाट पहिलो गोल गर्न सफल भएका थिए। [२७]रोज त्यसपछि सन् २०१३ मानै हट्सपरमा फिर्ता भएका थिए भने सन् २०१३ मे महिनामा आयोजित एक खेलमा पाखुरामा चोट लागेका कारण उनीको पाखुराको शल्यक्रिया गराएका थिए।[२८]

अन्तर्राष्ट्रिय खेलजीवन[सम्पादन गर्नुहोस्]

सन् २००५ मा रोजले १६ वर्ष मुनिको इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीको तर्फबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल कार्यजीवनको सुरुवात गरेका थिए भने उनले उक्त टोलीमा आवद्ध रहँदा १ वर्षको अवधिमा कुल ५ उपस्थितिहरू जनाएका थिए।[२९] सन् २००६ मा उनको १७ वर्ष मुनिको राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो भने उनले १ वर्षे बसाइँमा उक्त टोलीका लागि कुल १३ उपस्थितिहरू जनाएका थिए।[३०] सन् २००९ जुन १ का दिन रोजलाई २१ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नका लागि बोलाइएको थियो भने उनले सोही वर्ष आयोजित युरोपेली च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा टोलीका तर्फबाट केही खेलहरू खेलेका थिए। ८ जुनका दिन आयोजित अजरबैजान विरुद्धको मैत्रीपूर्ण खेलमा रोजले टोलीका तर्फबाट पहिलो आधिकारिक खेल खेलेका थिए भने उक्त खेलमा राष्ट्रिय टोलीले अजरबैजान राष्ट्रिय टोलीलाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्न सफल भएको थियो। [३१]सन् २००९ नोभेम्बर १४ का दिन रोजले सन् २०११ को युरोपेली च्याम्पियन्सिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको छनोट खेलमा पुर्तुगाल विरुद्ध पहिलो आधिकारिक गोल गर्न सफल भएका थिए भने उक्त खेलमा इङ्ल्यान्ड २१ वर्ष मुनिको राष्ट्रिय टोलीले पुर्तुगाल २१ वर्ष मुनिको राष्ट्रिय टोलीलाई पराजित गर्न सफल भएको थियो।[३२] सन् २०१० अगस्ट १० का दिन आयोजित उज्बेकिस्तान विरुद्धको खेलमा रोजले दोस्रो गोल गर्दै टोलीका लागि थप अग्रता दिलाएका थिए भने उक्त खेल इङ्ल्यान्डले २-० गोल अन्तरले जित्न सफल भएको थियो।[३३] सन् २०११ को युरोपेली च्याम्पियनसिप आयोजना हुनु भन्दा अगाडिको अन्तिम खेलमा रोजले नर्वेको विरुद्ध व्यक्तिगत तेस्रो गोल गर्न सफल भएका थिए भने उक्त खेल पनि राष्ट्रिय टोलीले २-० गोल अन्तरले हात पारेको थियो। [३४][३५]

सन् २०१८ फिफा विश्वकपमा रोज राष्ट्रिय टोलीीीीको प्रतिनिधित्व गर्दै


सन् २०१२ अक्टोबर १६ का दिन आयोजित सन् २०१३ को युएफा अन्डर २१ च्याम्पियनसिपको छनोट खेलमा इङ्ल्यान्ड र सर्विया विरुद्धको खेल आयोजना गरिएको थियो भने उक्त खेलको सकिएपछि रोजले बललाई खुट्टाले प्रहार गर्दै दर्शक स्थित ठाउँमा पुर्‍याएका कारण उनले रातो कार्ड खाएका थिए।[३६] उक्त खेलको अन्तिम समय निकै तनावग्रस्त भएतापनि उक्त खेल इङ्ल्यान्डले जित्न सफल भएको थियो। सन् २०१६ को यएफा युरो कपको छनोट खेलमा रोजलाई सन् २०१४ अगस्ट २४ का दिन पहिलोपटक वरिष्ठ राष्ट्रिय टोलीमा समावेश गरिएको थियो।[३७][३८] सन् २०१६ मार्च २६ का दिन आयोजित जर्मनी विरुद्धको एक मैत्रीपूर्ण खेलमा रोजले वरिष्ठ राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल जगतमा पर्दापण गरेका थिए भने उक्त खेलमा राष्ट्रिय टोलीले जर्मनीलाई ३-२ गोल अन्तरले पराजित गर्न सफल भएको थियो। सन् २०१८ मा रूसमा आयोजना हुन लागेको फिफा विश्वकपको संस्करणका लागि इङ्ल्यान्ड राष्ट्रिय टोलीको गठन गर्ने समयमा रोजलाई पनि वरिष्ठ टोलीको एक खेलाडीको रूपमा समावेश गराइएको थियो।[३९]

खेलजीवन तथ्याङ्क[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

अद्यावधिक ८ सेप्टेम्बर २०२०
क्लबका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
क्लब संस्करण लिग एफए कप इएफएल कप युरोप जम्मा
विभाग उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
लिड्स युनाइटेड २००६–०७[४०] च्याम्पियनसिप
टोटनह्याम हट्सपर २००७–०८[४१] प्रिमियर लिग
२००८–०९[४२] प्रिमियर लिग
२००९–१०[४३] प्रिमियर लिग
२०१०–११[४४] प्रिमियर लिग
२०११–१२[४५] प्रिमियर लिग ११ [क] २०
२०१३–१४[४६] प्रिमियर लिग २२ [क] ३०
२०१४–१५[४७] प्रिमियर लिग २८ [क] ३४
२०१५–१६[४८] प्रिमियर लिग २४ [क] ३०
२०१६–१७[४९] प्रिमियर लिग १८ [ख] २१
२०१७–१८[५०] प्रिमियर लिग १० [ख] १७
२०१८–१९[५१] प्रिमियर लिग २६ [ख] ३७
२०१९–२०[५२] प्रिमियर लिग १२ [ख] १६
जम्मा १५६ १६ १० ३२ २१४ १०
वाटफोर्ड (ऋण) २००८–०९[४२] च्याम्पियनसिप
पिटरबर्ग युनाइटेड (ऋण) २००९–१०[४३] च्याम्पियनसिप
ब्रिस्टोल सिटी (ऋण) २०१०–११[४४] च्याम्पियनसिप १७ १७
सुन्डरल्यान्ड (ऋण) २०१२–१३[५३] प्रिमियर लिग २७ २९
न्युक्यासल युनाइटेड (ऋण) २०१९–२०[५२] प्रिमियर लिग ११ १३
कार्यकाल जम्मा २२४ १९ ११ ३२ २८६ ११
  1. १.० १.१ १.२ १.३ युएफा युरोपा लिगहरूमा उपस्थिति सहित
  2. २.० २.१ २.२ २.३ युएफा च्याम्पियन्स लिगमा जनाएको उपस्थितिहरू सहित

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

अद्यावधिक ११ अक्टोबर २०१९[५४]
वर्षमा राष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति तथा गरोको गोलहरू
राष्ट्रिय टोली वर्ष उपस्थिति गोल
इङ्ल्यान्ड २०१६ १२
२०१७
२०१८ ११
२०१९
जम्मा २९

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "FIFA World Cup Russia 2018: List of players: England", FIFA, १५ जुलाई २०१८, पृ: १०, मूलबाट १९ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०१८ 
  2. Hugman, Barry J., सम्पादक (२०१०), The PFA Footballers' Who's Who 2010–11, Edinburgh: Mainstream Publishing, पृ: ३६१, आइएसबिएन 978-1-84596-601-0 
  3. "Danny Rose: Overview", Premier League, अन्तिम पहुँच १४ डिसेम्बर २०१७ 
  4. Ed, Aarons (२०२०-०१-२९)। "Tottenham's Danny Rose set to join Newcastle on loan until end of season" (बेलायती अङ्ग्रेजी भाषा)। The Guardian। आइएसएसएन 0261-3077 
  5. "Manager Blackwell sacked by Leeds", BBC Sport, २० सेप्टेम्बर २००६, अन्तिम पहुँच १२ फेब्रुअरी २०१२ 
  6. "Leeds United: Rose has no regrets", Yorkshire Evening Post (Leeds), २५ मे २००९, अन्तिम पहुँच १६ मे २०१७ 
  7. "Relegated Leeds in administration", BBC Sport, ४ मे २००७, अन्तिम पहुँच १४ अप्रिल २०१७ 
  8. "Tottenham snap up Leeds youngster", BBC Sport, २५ जुलाई २००७, अन्तिम पहुँच २१ मे २०१७ 
  9. Lyon, Sam (१९ जनवरी २००८), "Tottenham 2–0 Sunderland", BBC Sport, अन्तिम पहुँच १४ अप्रिल २००८ 
  10. Cadden, Phil (१३ नोभेम्बर २०१०), "Leeds v Bristol City: Hate mob will give Danny Rose El", Dailystar.co.uk 
  11. Vesty, Marc (१४ अप्रिल २०१०), "Tottenham 2–1 Arsenal", BBC Sport, अन्तिम पहुँच १४ अप्रिल २०१० 
  12. Kay, Oliver (१५ अप्रिल २०१०), "Danny Rose blooms at right time as Spurs secure rare derby triumph", The Times (London), अन्तिम पहुँच १७ अप्रिल २०१० 
  13. "Goals of the season!", Sky Sports, २७ मे २०१०, अन्तिम पहुँच २२ अगस्ट २०१० 
  14. "Goal of the season – RBristol Cityesult", Tottenham Hotspur F.C., ४ जुन २०१०, अन्तिम पहुँच २२ अगस्ट २०१० 
  15. McNulty, Phil (१० मे २०११), "Man City 1–0 Tottenham", BBC Sport, अन्तिम पहुँच १६ अप्रिल २०१७ 
  16. Sanghera, Mandeep (१५ मे २०११), "Liverpool 0–2 Tottenham", BBC Sport, अन्तिम पहुँच १६ अप्रिल २०१७ 
  17. Dawkes, Phil (२२ मे २०११), "Tottenham 2–1 Birmingham", BBC Sport, अन्तिम पहुँच १६ अप्रिल २०१७ 
  18. Soneji, Pranav (७ मे २०११), "Tottenham 1–1 Blackpool", BBC Sport, अन्तिम पहुँच १४ अप्रिल २०१७ 
  19. "Watford sign Rose from Tottenham", BBC Sport, २४ मार्च २००९, अन्तिम पहुँच ९ मे २००९ 
  20. Smith, Frank (२४ मार्च २००९), "Tottenham's Danny Rose joins Watford until end of the season", Watford Observer, अन्तिम पहुँच ९ मे २००९ 
  21. "Doncaster 1–2 Watford", BBC Sport, ४ अप्रिल २००९, अन्तिम पहुँच १४ अप्रिल २०१७ 
  22. "Posh loan for Rose", Tottenham Hotspur F.C., २९ सेप्टेम्बर २००९। 
  23. "Peterborough 1–2 Plymouth", BBC Sport, २९ सेप्टेम्बर २००९, अन्तिम पहुँच २९ सेप्टेम्बर २००९ 
  24. "Tom staying grounded", Tottenham Hotspur F.C., ११ नोभेम्बर २००९। 
  25. Taylor, Louise (९ नोभेम्बर २००९), "Peterborough 'part company' with Darren Ferguson", The Guardian, अन्तिम पहुँच २८ अप्रिल २०२० 
  26. "City deal in Danny", Bristol City F.C., ९ सेप्टेम्बर २०१०, मूलबाट ११ सेप्टेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१० 
  27. "BECCHIO HAT-TRICK SINKS BRISTOL CITY" 
  28. "Spurs recall midfielder Danny Rose from Bristol City", BBC Sport, २२ फेब्रुअरी २०११, अन्तिम पहुँच २१ मे २०१७ 
  29. "England calls for Rose and Stearman", football365.com, १ जुन २००९, मूलबाट ५ जुन २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २००९  वेब्याक मेसिन अभिलेखिकरण ५ जुन २००९ मिति
  30. "Danny makes England U21 bow", Tottenham Hotspur F.C., ८ जुन २००९। 
  31. "Danny Rose edges England Under-21s past Portugal". The Guardian. London. 14 November 2009. Retrieved 17 October 2012.
  32. "England 2–0 Uzbekistan". The Football Association. 10 August 2010. Retrieved 17 October 2012.
  33. "England 2–0 Norway". The Football Association. 5 June 2011. Retrieved 17 October 2012.
  34. "Serbia U21 0–1 England U21". BBC Sport. 16 October 2012. Retrieved 17 October 2012.
  35. Kelso, Paul (२ जुलाई २०१२), "London 2012 Olympics: Stuart Pearce names Team GB football squad", The Daily Telegraph (London), अन्तिम पहुँच ५ नोभेम्बर २०१७ 
  36. McNulty, Phil (२६ मार्च २०१६), "Germany 2–3 England", BBC Sport, अन्तिम पहुँच २७ मार्च २०१६ 
  37. "Roy calls up four new faces for Norway and Switzerland", The Football Association, २८ अगस्ट २०१४, अन्तिम पहुँच २८ अगस्ट २०१४ 
  38. "Danny Rose could choose Jamaica over England if Roy Hodgson does not act", The Guardian (London), १३ मार्च २०१५, अन्तिम पहुँच १५ मार्च २०१५ 
  39. "England World Cup squad: Trent Alexander-Arnold in 23-man squad", BBC Sport, १६ मे २०१८, अन्तिम पहुँच १७ मे २०१८ 
  40. "सन् २००६/२००७ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३१ मार्च २०१६ 
  41. "सन् २००७/२००८ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३१ मार्च २०१६ 
  42. ४२.० ४२.१ "सन् २००८/२००९ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३१ मार्च २०१६ 
  43. ४३.० ४३.१ "सन् २००९/२०१० मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच २३ अगस्ट २०१४ 
  44. ४४.० ४४.१ "सन् २०१०/२०११ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच २३ अगस्ट २०१४ 
  45. "सन् २०११/२०१२ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच २३ अगस्ट २०१४ 
  46. "सन् २०१३/२०१४ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच २३ अगस्ट २०१४ 
  47. "सन् २०१४/२०१५ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच २७ डिसेम्बर २०१५ 
  48. "सन् २०१५/२०१६ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच २९ मे २०१६ 
  49. "सन् २०१६/२०१७ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १९ जुलाई २०१७ 
  50. "सन् २०१७/२०१८ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८ 
  51. "सन् २०१८/२०१९ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ९ जुन २०१९ 
  52. ५२.० ५२.१ "सन् २०१९/२०२० मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ११ अक्टोबर २०१९ 
  53. "सन् २०१२/२०१३ मा ड्यानी रोजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच २३ अगस्ट २०१४ 
  54. "Rose, Danny", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच ११ अक्टोबर २०१९ 
    McNulty, Phil (११ अक्टोबर २०१९), "Czech Republic २–१ England", BBC Sport, अन्तिम पहुँच ११ अक्टोबर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]