युइएफए युरोपेली च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युइएफए युरोपेली च्याम्पियनसिप
स्थापना१९६०
क्षेत्रयुरोप (युइएफए)
समूह सङ्ख्या२४ (फाइनल)
५४ (छनौटको लागि योग्य)
वर्तमान विजेता पोर्तगाल (१औं उपाधि)
सबैभन्दा सफल टोली जर्मनी
 स्पेन
(प्रत्येकको ३ उपाधि)
वेबसाइटआधिकारिक वेबसाइट
युइएफए युरोकप २०२० छनौट

युइएफए युरोपियन च्याम्पियनसिप युरोपेली फुटबल महासङ्घका सदस्य राष्ट्रहरूबिच युरोपेली विजेताको फैसला गर्न गरिने प्रतियोगिता हो। सन् १९६० यता हरेक चार वर्षमा आयोजना गरिँदै आएको यो प्रतियोगिताको सुरुको नाम युइएफए युरोपियन नेसन्स कप थियो भने सन् १९६८ देखि युइएफए यूरोपियन च्याम्पियनसिप भन्न थालिएको हो। फिफा विश्वकपपछि सबभन्दा बढी लोकप्रिय यस प्रतियोगितामा छनौटका लागि आयोजक राष्ट्र(जुन स्वत छनौट हुन्छ) बाहेक प्रत्येक राष्ट्रले छनौट खेल खेल्दछन्।[१][२] यसको विजेताले आउँदो फिफा कन्फेडेरेसन कपमा सहभागिताको अवसर प्राप्त गर्दछ। हालसम्म जर्मनी (१९७२, १९८० र १९९६) र स्पेन (१९६४,२००८ र २०१२) ले सर्वाधिक तीन पटक युइएफए युरो जितेका छन्। फ्रान्स हालसम्म ३ पटक (१९८४ र २०००) फाइनल पुगेकोमा २ पटक विजेता बन्यो। त्यस्तै इटाली, डेनमार्क, नेदरल्यान्ड, रसिया, ग्रीसचेकोस्लोभाकियाले एकएक पटक यो उपाधि चुम्न सफल भएका छन्। हालसम्म स्पेनमात्र एक त्यस्तो टोली हो जसले लगातार दुई पटक यो उपाधि जित्न सकेको छ। यस प्रतियोगिताको पछिल्लो संस्करण सन् २०१६ मा फ्रान्सले आयोजना गरेकोमा फाइनल खेलमा पोर्चुगल ले फ्रान्स लाई १-० अन्तरले पराजित गर्दै जितेको थियो। आउँदो संस्करणको युरोकप ? हुनेछ।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pros and Cons of Multi-hosted Euros" वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-२५ मिति, Soccer Newsday, 4 July 2012, Retrieved 24 March 2014.
  2. "What Does Hosting the Copa America in 2016 Mean to the United States?", Bleacher Report, 25 October 2012, Retrieved 24 March 2014.
  3. "Focus turns to France in 2016", UEFA.com, Union of European Football Associations, २ जुलाई २०१२, अन्तिम पहुँच १५ अगस्ट २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]