राजुकाजी शाक्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजुकाजी शाक्य
व्यक्तिगत जानकारी
पुरा नाम राजुकाजी शाक्य
जन्म मिति (1960-07-07) ७ जुलाई १९६० (उमेर ६३)
जन्म स्थान धरान, नेपाल
खेल्ने स्थान(हरू) Striker
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
1975–1985 एनआरटी क्लब
1986–1988 Victoria SC
1996–1997 East End Club
अन्तर्राष्ट्रिय करियर
1981–97 नेपाल 91[१] (0)
प्रबन्धक करियर
2004 Nepal u-14
2012–13 मछिन्द्र
2012–13 Nepal u-20
2013–14 नेपाल (कार्याबाहक)
2014–2015 थ्री स्टार क्लब
2015– मनाङ- मर्स्याङ्दी क्लब
*क्लब घरेलु लिग उपस्थिति र गोल

राजुकाजी शाक्य एक नेपाली फुटबल प्रबन्धक र पूर्व फुटबलर हुन् जसले नेपाल राष्ट्रिय फुटबल टिमको कप्तानी गरेका थिए। [२] शाक्य हाल न्यूरोड टिमका प्रशिक्षक हुन् । सन् १९६० जुलाईमा नेपालको धरानमा जन्मेका उनले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको रूपमा पनि काम गरिसकेका छन्।

करियर[सम्पादन गर्नुहोस्]

शाक्यले सन् १९७५ देखि व्यावसायिक फुटबल खेल्न थालेका थिए । उनको १९८१ देखि १९९७ सम्मको अन्तर्राष्ट्रिय करियरमा उनले उनले १९८१ -१९९७ सम्म कप्तानको रूपमा खेले। उनले बंगलादेशको लिगमा पनि व्यावसायिक फुटबल खेलेका छन् ।

शाक्यले सन् १९८७ मा सोभियत संघ र १९८७ मा पूर्वी जर्मनी र १९८९ मा पश्चिम जर्मनीविरुद्ध तीनवटा उल्लेखनीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टिमको नेतृत्व गरेका थिए।

प्रशिक्षण करियर[सम्पादन गर्नुहोस्]

१९९१ देखि १९९३ सम्म, शाक्यले नेपालमा कोकाकोला वर्ल्ड फुटबल डेभलपमेन्ट प्रोग्राम अन्तर्गतको Futuroमा (फिफा-स्वीकृत कोचिङ कोर्स ) हिस्सा लिए। १९९८ मा, उनले इन्ल्यांडमा युएफा द्वारा स्वीकृत एफ.ए इन्टरनेसनल कोचिङ बि-लाइसेन्स ( FA international coaching B-licence) हासिल गरे । चार वर्ष पछी शाक्यले नेपालमा ए.एफ.सी कोचिङ सी-लाइसेन्स (AFC coaching C-licence ) पाए ।

शाक्यले २००४ एएफसी यू-१४ फुटबल महोत्सवका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको यू-१४ टोलीलाई प्रशिक्षण दिन सुरु गरे । यसपछि २००४ मा, शाक्यले जर्मन ओलाम्पिसर सपोर्टबोन्ड र जर्मन फुटबल संघ द्वारा मान्यता प्राप्त छोटो अवधीको फुटबल कोचिङ कोर्समा भाग लिए। अन्ततः ४ वर्षपछि शाक्यले सन् २००८ मा जापान फुटबल संघबाट अन्तर्राष्ट्रिय सी-लाइसेन्स प्राप्त गरे।

२०१३ मे मा, शाक्यले मछिन्द्र फुटबल क्लबसंगको आफ्नो सम्झौतालाई मुख्य प्रशिक्षकको रूपमा विस्तार गरे उनी बाँकी सिजनको लागि उक्त जिम्मेवारीमा रहनेछन्। [३]

२०१३ मा, ज्याक स्टेफानोस्कीलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त नहुँदा सम्म, शाक्यललाई नेपाल राष्ट्रिय फुटबल टोलीको लागि अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।

२०१४ अक्टोबर मा शाक्यलाई थ्री स्टार क्लबको मुख्य प्रशिक्षक नियुक्त गरियो। त्यस अवधिमा थ्री स्टार क्लब गभर्नर्स गोल्डकपको ३५ औं संस्करणमा डिफेन्डिङ च्याम्पियनको रूपमा सहभागी भए । [४] तर अतिरिक्त समयमा आत्मघाती गोलका कारण सिक्किम एफएसँग पराजित भयो । [५]

२०१५ जनवरी मा नवीन न्यौपानेको स्थानमा मनाङ मस्र्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा शाक्य नियुक्त भएका थिए । न्यौपानेलाई बर्खास्त नभई गरिएको होइन, बरु आगामी २०१४-१५ नेपाल रेडबुल राष्ट्रिय लिगका लागि शाक्यको सहायक प्रशिक्षकको रूपमा काम गर्नेछन्। [६] [७]

उनी न्यूरोड टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । [८]

सम्मान[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

राष्ट्रिय टोलि[सम्पादन गर्नुहोस्]

व्यक्तिगत[सम्पादन गर्नुहोस्]

  • वर्षको सर्वोत्कृष्ट खेलाडी (१): १९९२
  • स्टेट्सम्यान सोसाइटी अवार्ड (१): अज्ञात
  • वर्षको उत्कृष्ट खेलाडी – नेपाल जेसिस (१): १९९३
  • वर्ष खेलाडी – नेपाल पत्रकार संघ (१): १९९३
  • रुपक उत्कृष्ट खेलाडी अवार्ड - एन्फा (१): १९९६
  • लाइफटाइम अचिभमेन्ट अवार्ड - एन्फा (१): २००५

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Mamrud, Roberto, "Raju Kaji Shakya - International Appearances", RSSSF, मूलबाट २०२२-०५-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-२४ 
  2. Strack-Zimmermann, Benjamin, "NFT Player – National Team & Club Appearances: Shakya, Raju Kaji", national-football-teams.com (अङ्ग्रेजीमा), National Football Teams, मूलबाट २४ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-१८ 
  3. "Raju Shakya To COntinue As Machindra FC Coach; Karna Limbu Sugns A Deal", goalnepal.com, २३ मे २०१३, मूलबाट १३ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १३ अगस्ट २०१४ मिति
  4. "35th Governor's Gold Cup: Three Star Club Coach Raju Kaji Shakya: Young Players In The Team Have Right Time To Prove Their Worth", GoalNepal.com, १३ अक्टोबर २०१४, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  5. "BREAKING NEWS: Defending Champs Three Star Club Goes Down To Sikkim FA In 35th Governor's Gold Cup", GoalNepal.com, १४ अक्टोबर २०१४, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  6. "MMC Appoint Experienced Raju Shakya As A Head Coach", GoalNepal.com, १९ जनवरी २०१५, मूलबाट १९ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१५ मिति
  7. "Former MMC Player Raju Kaji Shakya: It's A Challenging Job To Handel MMC But I Am Ready To Win National League With The Team", GoalNepal.com, १९ जनवरी २०१५, मूलबाट १९ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१५ मिति
  8. "A Division League Warm Up: NRT Beats Church Boys In A Pre-Season Friendly", goalnepal.com, Goal Nepal, ४ फेब्रुअरी २०२३, मूलबाट २१ फेब्रुअरी २०२३-मा सङ्ग्रहित। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]