रानी कोमल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कोमल
महारानी
शासनकाल२०५८ जेठ २३-२०६५ जेठ १५
राज्याभिषेक२०५८ जेठ २३
पुर्वाधिकारीऐश्वर्य
उत्तराधिकारीराजतन्त्रको अन्त्य
Monarchराजा ज्ञानेन्द्र
सन्तानयुवराज पारस शाह
राजकुमारी प्रेरणा
पुरा नाम
कोमल राज्य लक्ष्मी देवी शाह
वंशराणा परिवार (जन्म)
शाह परिवार (विवाहe)
पिताकेन्द्र शमशेर जबरा (१९८४-२०९३ )
माताराज्य लक्ष्मी देवी शाह (१९८५-२०६२ )
जन्मबि.सं २००७ फाल्गुन ७
काठमाडौं
धर्महिन्दु


कोमल राज्य लक्ष्मी देवी शाह (जन्म २००७ फागुन ७ ) नेपालको महारानी थिइन् । उनी २०६५ जेठ १५ मा नेपालको राजतन्त्र अन्त्य हुनु अघि नेपालको अन्तिम महारानी थिइन् ।

जीवन[सम्पादन गर्ने]

रानी कोमल को जन्म बागमती, काठमाडौंमा राणा परिवार मा (पिता केन्द्र शमशेर जबरा (१९८४-२०९३ ) र आमा श्री राज्य लक्ष्मी देवी शाह (१९८५-२०६२ )) भएको थियो । [१] रानी कोमल को दिदी ऐश्वर्य को बिवाह राजा वीरेन्द्र संग भएको थियो ।  २०५८ जेठ २८ मा भएको दरवार हत्याकाण्ड मा  ऐश्वर्यको हत्या भएको थियो । कोमल त्यस घटनामा घाइते भएकी थिइन् र अस्पतालमा चार हप्ता बिताउनु परेको थियो ।[२]

हत्याकाण्डमा राजा बिरेन्द्र , युवराज दिपेन्द्र र राजकुमार निराजन वीर विक्रम शाहको हत्या भएपछी राजगद्दीमा उनका पति ज्ञानेद्र बसे । यसरि कोमल महारानी बनिन् ।[३]

कोमलको बहिनि प्रेक्षाको बिबाह अधिराजकुमार धिरेन्द्र संग भएको थियो । धिरेन्द्रको हत्या दरबार हत्याकाण्डमा भएको थियो भने प्रेक्षाको मृत्यु हेलिकप्टर दुर्घटनामा भएको थियो । उनीहरुको २०४६ मा सम्बन्ध विच्छेद भएको थियो ।[४]

 

उनको बिबाह अधिराजकुमार ज्ञानेन्द्र शाहसँग बैशाख १८, २०२७ भएको थियो । उनीहरुको दुई सन्तान थिए ।

राजतन्त्रको अन्त्य[सम्पादन गर्ने]

२०६५ जेठ १५ मा राजतन्त्र औपचारिक रुपमा अन्त्य भयो र संघीय गणतन्त्र स्थापना भयो ।[५][६]

संरक्षण[सम्पादन गर्ने]

  • राज सभा सदस्य (२०३४)
  • पशुपति क्षेत्र विकास कोष अध्यक्ष

सम्मान[सम्पादन गर्ने]

राष्ट्रिय सम्मान
  • गोरखा दक्षिण बाहु (1975)
  • ओम राम पट्ट (1980)[७]
  • त्रिशक्ति पट्ट (1998)
  • नेपाल प्रताप भास्कर (17/10/2001)
  • ओजस्वी राज्य (07/04/2004)
  • राजा महेन्द्र राज्याभिषेक पदक (02/05/1956)
  • विशेष सेवा (1971)
  • राजा बिरेन्द्र राज्याभिषेक पदक (24/02/1975)
  • राजा बिरेन्द्रको गद्दी आरोहण रजत महोत्सव पदक (31/01/1997)
  • विशेष सेवा (1999)
  • राजा ज्ञानेन्द्र राज्याभिषेक पदक (04/06/2001)
विदेशी सम्मान 
  •   Thailand : ह्वाइट इलाफेन्ट  (1979)
  •   France : नेसनल अडर अफ मेरिट (02/05/1983)[८]
  •   Spain : इसाबेल द क्याथोलिक(13/11/1987)[९]

सन्दर्भ[सम्पादन गर्ने]

शाही शीर्षक
पुर्वाधिकारी

ऐश्वर्या
 नेपालको महारानी

2001-2008
रिक्त
उत्तराधिकारी
राजतन्त्रको अन्त्य