विकिपीडिया:तटस्थ दृष्टिकोण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Green check.png यो पानाले नेपाली विकिपीडियाको आधिकारिक नीति जनाउँछ । धेरैजनाले यसको समर्थन गर्दछन् । उनीहरूको विचारमा यो एक मापदण्ड हो, जसलाई सबै प्रयोगकर्ताहरूले पालना गर्नुपर्दछ । यस पृष्ठमा परिवर्तन गर्दा कृपया ध्यान पुर्‍याउनुहोस कि सबैजना तपाईँले गरेको परिवर्तनसँग सहमत छन् । यदि तपाईँ पक्का हुनुहुन्न वा केही परिवर्तन प्रस्ताव गर्न चाहनुहुन्छ भने वार्तालाप पृष्ठको प्रयोग गर्नुहोस् ।
सङ्क्षिप्त रूप:
WP:NPOV
पृष्ठ छोटकरीमा: लेखले कुनै समूह वा कसैको पक्षपोषण गर्नुहुदैँन । यसमा तपाईं के वा कसरी भन्नुहुदैँछ, ध्यान पुर्याउनु आवश्यक छ ।
यस तराजुले सम्पुर्ण भाषाका विकिपीडियाका लेखहरु निष्पक्ष हुनुपर्छ भन्ने बताउँछ ।

विकिपीडियामा भएका सम्पुर्ण लेखहरुले तटस्थ वा निष्पक्ष दृष्टिकोण राख्ने हुनुपर्छ जसको अर्थ कसैलाई पनि फरक नसम्झी, नछुट्याई, प्रमाणित र भरपर्दो स्रोतबाट जानकारीहरु लेखिनुपर्छ । विकिपीडिया र अन्य भातृ-विकि-परियोजनाहरुमा यो कुरा लागू हुन्छ । यो अति आवश्यक र विकिपीडिया सम्पादकहरुले मान्नैपर्ने नियम हो ।

व्याख्या[सम्पादन गर्ने]

तटस्थ भन्नाले विकिपीडियामा भरपर्दो स्रोत केलाई लेखिनु हो र ती जानकारीहरुलाई कुनै पनि पक्षको लागि बोलेको प्रभाव पारिएको हुनुहुदैँन भन्ने हो । कुनै विषयमा मतभेद छ भने, त्यसैलाई लेखमा प्रकाश पारिनुपर्छ तर लेख त्यसमै आधरित हुनुहुदैँन । तटस्थ दृष्टिकोणले कुनै विचारलाई समेट्नु नै हुन्न भनेको होइन बरु विषयलाई मध्यनजर गर्दै, त्यसको महत्व बताइनुपर्छ भनेको हो ।

निम्न कुराहरूमा ध्यान दिनुहोस्:

  • आफ्नो विचारलाई यथार्थ नबताउनुहोस्: लेखहरुमा प्राय विचारहरुको व्याख्या गरिन्छ तर त्यसो गर्दा त्यसलाई विकिपीडियाको आवाज नबनाउनुहोस् । जस्तै: हत्या गर्नु महापाप हो । लेखिनुको सट्टा प्रोफेसर एक्सद्वारा हत्या गर्नु महापाप भनिएको छ । लेख्दा उपयुक्त हुन्छ ।
  • विभिन्न भरपर्दो स्रोतमा नै फरक विचार छ भने सबैलाई स्रोत खुलाई लेख्नुहोस् ।
  • यदि कुनै कुरा यथार्थ हो भने त्यसलाई विकिपीडियामा स्रोत नदिइकन लेख्नुहोस् । जस्तै: घाम पूर्वबाट उदाउँछ ।
  • मन नपरेका विषयमा यदि कुनै लेख छ भने लेखको विषयलाई फरक रुपले अरु नै अर्थ दिने सम्पादन नगर्नुहोस् ।
  • लेखको विषयमा पक्ष र विपक्ष छन् भने दुवै विषयलाई सन्तुलन कायम राखी लेख्नुहोस् ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]