विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/भीमसेन थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भीमसेन थापा[सम्पादन गर्नुहोस्]

भीमसेन थापा

भीमसेन थापा (सन् १७७५ अगस्ट - सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन्। राजा रणबहादुर शाहका अङ्गरक्षक तथा व्यक्तिगत सचिव भएपछी भीमसेनको उदय भएको हो। सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन वाराणसी जाँदा भीमसेन पनि सँगै गएका थिए। यसै कृतज्ञताका कारण, रणबहादुरले भीमसेनलाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे। सन् १८०६ मा रणबहादुरको हत्या उनकै सौतेनी भाईद्वारा भएपश्चात भीमसेनले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार बने।

भीमसेनको प्रधानमन्त्रीकालमा गोरखा साम्राज्यको निक्कै विस्तार भएको थियो। यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यससमयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो। तर, सन् १८१४-१८१६ सम्म नेपाल विनाशकारी अङ्ग्रेज-नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमीन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो। यस युद्धको कारण नेपालमा ब्रिटिशहरूको स्थायित्व समेत भएको थियो। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: Aaniyo र बिप्लब आनन्द
  • आवेदनकाे कारणहरू: लेखको आधार तथा राष्ट्रिय विभूति भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
* उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:३६, २९ अक्टोबर २०१६ (युटिसी(UTC))