संयुक्त राष्ट्रसङ्घको वडापत्रको चौथो अध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संयुक्त राष्ट्रसंघीय बडापत्रको चौथो अध्यायमा संयुक्त राष्ट्र महासभासँग सम्बन्धित विशेष प्रावधान, कार्य, अधिकार, मतदान र प्रक्रियाहरू समावेश छ।

धारा ९: महासभाको प्रावधान[सम्पादन गर्नुहोस्]

  1. संयुक्त राष्ट्रसंघका सबै सदस्यहरूबाट महासभा बन्नेछ।
  2. महासभामा प्रत्येक सदस्यका पाँचजना भन्दा बढता प्रतिनिधि हुने छैनन्

धारा १०,११,१२,१३,१४,१५,१६,१७[सम्पादन गर्नुहोस्]

धारा १० देखी १७ सम्ममा महासभाको काम र अधिकारको व्याख्या गरिएको छ ।

धारा १५- प्रतिवेदन माथी विचार

धारा १७ - खर्च आय व्याय (बजेट)

धारा १८-मतदान[सम्पादन गर्नुहोस्]

धारा १८ ले प्रत्एक सदस्यले एक मत दिन पाउने व्यवस्था गरेको छ । महत्त्वपूर्ण प्रश्नहरूमा महासभाको निर्णय उपस्थित तथा मत दिने सदस्यहरूको द्वि-तृतीयांश बहुमतले गरिन्छ ।  महत्त्वपूर्ण प्रश्नहरू

  1. अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम राख्ने सम्बन्धमा सिफारिस,
  2. सुरक्षा-परिषद्का अस्थायी सदस्यहरूको निर्वाचन,
  3. आर्थिक तथा सामाजिक परिषद्का सदस्यहरूको निर्वाचन,
  4. धारा ८६ कोअनुच्छेद १(ग) अनुसार जिम्मा जमानी परिषद्का सदस्यहरूको निर्वाचन,
  5. संयुक्त राष्ट्र संघमा नयाँ सदस्यहरूको प्रवेश,सदस्यताका हक तथा विशेष अधिकारको निलम्बन सदस्यहरूको निष्काशन,
  6. न्यास-संरक्षण प्रणालीका कामकाजसम्बन्धी

धारा १९[सम्पादन गर्नुहोस्]

धारा १९को अनुसार राष्ट्रा संघलाई वित्तीय चन्दा दिन बाँकी राख्ने संयुक्त राष्ट्रको सदस्यबाट लिनुपर्ने बक्यौताको अङ्क अघिल्ला पूरा दुई वर्षको चन्दा बराबर वा सो भन्दा बढी भयो भने त्यस्ता सदस्यले महासभामा मत दिन पाउदैन ।

धारा २०[सम्पादन गर्नुहोस्]

महासभाको बैठक नियमित वार्षिक अधिवेशनमा तथा आवश्यकपर्दा विशेष अधिवेशनको रूपमा बस्छ । विशेष अधिवेशन सुरक्षा परिषद् वा संयुक्त राष्ट्रसंघका बहुसंख्यक सदस्यहरूको अनुरोधमा महासचिवले बोलाउछन् ।

धारा २१[सम्पादन गर्नुहोस्]

धारा २२[सम्पादन गर्नुहोस्]

नोटहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]