संयुक्त राष्ट्रसङ्घको वडापत्रको पहिलो अध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त राष्ट्र ध्वज १९४५–१९४७।

संयुक्त राष्ट्रसङ्घको वडापत्रको पहिलो अध्यायमा संयुक्त राष्ट्रसङ्घ को को उद्देश्य र सिद्धान्त प्रस्तुत गरिएको छ। यी सिद्धान्तहरूमा राष्ट्रहरूको समानता र आत्मनिर्णय , मानव अधिकार र मौलिक स्वतन्त्रताको सम्मान र सदस्य राष्ट्रहरूको बडापत्रको पालना गर्नु, संयुक्त राष्ट्र सुरक्षा परिषद्सँग सहकार्य गर्नु र द्वन्द्व सुल्झाउन शान्तिपूर्ण साधन प्रयोग गर्नु समावेश छ। यी "उद्देश्य र सिद्धान्त" ले संयुक्त राष्ट्रसङ्घको प्रभावकारितालाई बृहत्तर दिशानिर्देशका साथ यसको संगठनहरू र सदस्य राष्ट्रहरूको कार्यसम्बन्धी निर्देशिकरणको साथ अभिवृद्धि गर्ने आधार प्रतिबिम्बित गर्दछ।

धारा १: संयुक्त राष्ट्रको उद्देश्य[सम्पादन गर्नुहोस्]

  1. अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम राख्ने, तथा त्यस लक्ष्य प्राप्तिका निमित्त, शान्ति भङ्ग गर्ने धम्की रोक्न र हटाउन, तथा अग्राक्रमणका काम वा अरू शान्ति भङ्ग गर्ने कार्यहरूको दमन गर्न सामूहिकरूपबाट प्रभावकारी कदमहरू उठाउने तथा शान्ति भङ्ग गर्ने किसिमका अन्तर्राष्ट्रिय झगडा वा परिस्थितिहरू मिलाउन वा तय गर्न न्याय र अन्तर्राष्ट्रिय कानूनका सिद्धान्तहरू अनुरूप शान्तिपूर्ण ढङ्गले समाधान गराउनु;
  2. समान अधिकारका र जनताहरूका आत्म-निर्णयका सम्मानमा आधारित सिद्धान्तहरूका राष्ट्रहरू बीच मैत्रीपूर्ण सम्बन्ध विकसित गर्नु तथा विश्व शान्ति बलियो तुल्याउन अन्य समुचित कदमहरू उठाउनु;
  3. आर्थिक, सामाजिक, सांस्कृतिक, अथवा लोकहितका अन्तर्राष्ट्रिय समस्या समाधान गर्नमा, तथा जाति,लिङ्ग, भाषा र धर्ममा भेदभाव नराखी सबैका निमित्त मौलिक हक एवं मानव अधिकारहरू प्रति सम्मानको भाव प्रोत्साहितर विकास गर्नमा अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्ने; र
  4. यी साझा उद्देश्यको प्राप्तिमा राष्ट्रहरूका कारवाईमा एकरूपता ल्याउन एउटा केन्द्र हुने ।" [१]

धारा २: संयुक्त राष्ट्रका सिद्धान्तहरू[सम्पादन गर्नुहोस्]

"धारा १ मा भनिएका उद्देश्यहरूको अनुसरण गर्दै यो सङ्घ तथा यसका सदस्यहरूले तलका सिद्धान्तअनुसार काम गर्नेछन्।

  1. यो सङ्घ यसका सबै सदस्यहरूको सार्वभौम सत्ताको समानताका सिद्धान्तमा आधारित छ,
  2. सबै सदस्यहरूले, आफू सबैलाई सदस्यताबाट प्राप्त हुने अधिकार र लाभ उपभोग गर्नका निमित्त वर्तमानबडापत्र अनुसार आफूले लिएका दायित्त्व इमान्दारीसाथ पूरा गर्नेछन् ।
  3. सबै सदस्यहरूले आफ्ना -आफ्ना अन्तर्राष्ट्रिय झगडा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र न्यायमा आँच नआउनेगरी शान्तिपूर्ण ढङ्गले मिलाउनेछन्
  4. सबै सदस्यहरूले आफ्ना -आफ्ना अन्तर्राष्ट्रिय सम्बन्धहरूमा कुनै पनि राज्यको प्रादेशिक अखण्डता वा राजनैतिक स्वतन्त्रताका विरूद्ध अथवा संयुक्त राष्ट्रका उद्देश्यमा नमिल्ने किसिमबाट धम्की वा शक्ति प्रयोग गर्ने छैनन् ।
  5. सबै सदस्यहरूले राष्ट्र सङ्घलाई वर्तमान वडापत्र अनुसार गर्न लागेको कुनै पनि कारवाईमा भरमगदूर सहायतादिनेछन्, तथा राष्ट्रसङ्घले कुनैपनि राज्यका विरूद्ध कारवाई गर्दा त्यस्तो राज्यलाई सहायता दिनेछैनन् ।
  6. राष्ट्रसङ्घका सदस्य नभएका राज्यहरूलाई पनि अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्न आवश्यक परे जतिहदसम्म सङ्घले यिनै सिद्धान्तहरू बमोजिम काम गर्न निश्चित गर्नेछ।
  7. वर्तमान वडापत्रमा भएको कुनै कुराले पनि संयुक्त राष्ट्रसङ्घलाई कुनै राज्यको आन्तरिक अधिकार-क्षेत्रभित्रका विषयहरूमा हस्तक्षेप गर्ने अधिकार दिनेछैन, नत सदस्यहरूलाई वर्तमान बडापत्र बमोजिम समाधानका लागियस्ता विषयहरू पेश गर्न बाध्य गराउनेछ; तर यस सिद्धान्तले अध्याय ७ अन्तर्गत कदमहरू उठाउनमा प्रतिकूल प्रभाव पार्नेछैन। " [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "UN Charter Chap I", UN, UN, अन्तिम पहुँच २ जनवरी २०१८  उद्दरण त्रुटी: Invalid <ref> tag; name "unc" defined multiple times with different content