संयुक्त राष्ट्रसङ्घको वडापत्रको सातौँ अध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संयुक्त राष्ट्रसंघीय बडापत्रको सातौं अध्यायले शान्ति कायम गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को अधिकार तोकेको छ। यसले परिषदलाई सुरक्षा-परिषद्ले शान्तिका विरूद्ध धम्की, शान्तिभङ्ग, वा अग्राक्रमणको स्थितिबारे निश्चय गर्न, तथा अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्न वा पुनःस्थापित गर्न कुनै कदम उठाउन अधिकार प्रदान गरेको छ।

सातौं अध्यायले सैन्य स्टाफ समितिलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको अधिकारमा रहेको सेनाको रणनीतिक समन्वयको लागि जिम्मेवारी पनि दिन्छ। यो समितिमा सुरक्षा परिषदका स्थायी सदस्यहरूका प्रधानसेनापतिहरु रहन्छन् ।

धारा ४२[सम्पादन गर्नुहोस्]

सुरक्षा परिषद्को बिचारमा धारा ४१ मा उल्लिखित उपाय अपर्याप्त हुने वा अपर्याप्त प्रमाणित भएको लागेमाअन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्न या परिस्थिति स्थापित गर्न आवश्यकता अनुसार वायु, समुन्द्र या स्थल-शक्तिको प्रयोग गर्न सक्नेछ । यस्तो कारवाईमा संयुक्त राष्ट्रसंघका सदस्यका हवाई, समुन्द्री, वा स्थल शक्तिद्वारा सैनिक प्रदर्शन,नाकाबन्दी तथा अरू कदम समावेश हुन सक्तछन् ।

धारा ५१[सम्पादन गर्नुहोस्]

धारा ५१ संयुक्त राष्ट्रसंघका कुनै सदस्य उपर सशस्त्र आक्रमण भएमा, सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायमगर्न आवश्यक कदम नउठाउन्जेलसम्म, व्यक्तिगत वा सामूहिक आत्मरक्षाको स्वाभाविक हक अधिकार प्रदान गरेको छ। [१]

नोटहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Essays, UK (नोभेम्बर २०१८), "Law Essay on Article 51 of the UN Charter", Nottingham, UK: UKEssays.com, अन्तिम पहुँच ४ नोभेम्बर २०१९