संयुक्त राष्ट्रसङ्घको वडापत्रको तेस्रो अध्याय
स्वरूप
संयुक्त राष्ट्रसंघीय बडापत्रको तेस्रो अध्याय संयुक्त राष्ट्र संघका प्रधान अङ्गहरू स्थापना गरेको छ र संयुक्त राष्ट्रसंघमा कर्मचारी नियुक्त गर्दा लङ्गिक समानाता नीती अनुसार गर्ने घोषणा गर्दछ ।
धारा ७
[सम्पादन गर्नुहोस्]धारा ७ ले संयुक्त राष्ट्र संघका प्रधान अङ्गहरू स्थापित गर्दछ:
- संयुक्त राष्ट्र महासभा ;
- संयुक्त राष्ट्र सुरक्षा परिषद् ;
- संयुक्त राष्ट्र आर्थिक र सामाजिक परिषद ;
- संयुक्त राष्ट्र जिम्मा जमानी परिषद
- अन्तर्राष्ट्रिय न्याय अदालत ; र
- संयुक्त राष्ट्र संघ सचिवालय ।
संयुक्त राष्ट्र संघले आवश्यक ठहरिएका सहायक अङ्गहरू यसै धारा अनुसार स्थापित गर्न सक्छ।
धारा ८
[सम्पादन गर्नुहोस्]तेस्रो अध्यायमा समान अवसरको प्रावधान पनि रहेको छ । संयुक्त राष्ट्रले आफ्ना प्रधान र सहायक अङ्गहरूमा समानताका शर्तमा तथा कुनै पनि हैसियतमा भाग लिने लोग्ने महिला पुरुष रोज्ने काममा बाधा गर्ने छैन ।