बबर शम्शेर जङ्गबहादुर राणा
Commanding-General Sir बबर शमशेर जङ्गबहादुर राणा | |
---|---|
श्री ३ महाराजकुमार महारथी बबर शमशेर जङ्गबहादुर राणा | |
प्रधान सेनापति नेपाली सेना | |
कार्यकाल 1948–1951 | |
पूर्वाधिकारी | मोहन शम्शेर |
उतराधिकारी | किरण शम्शेर |
रक्षा मन्त्री of नेपालl | |
व्यक्तिगत विवरण | |
जन्म | काठमाडौँ, नेपाल | २७ जनवरी १८८८
मृत्यु | १२ मे १९६० काठमाडौँ, नेपाल | (उमेर ७२)
नाता | श्री ३ महाराज चन्द्र शमशेर जङ्गबहादुर राणा (पिता) श्री ३ महाराज मोहन शमशेर जङ्गबहादुर राणा (दाजु), फिल्ड मार्सल केशर शमशेर जङ्गबहादुर राणा (भाइ), प्रधान सेनापति गौरव शमशेर जङ्गबहादुर राणा (पनाति) |
पुरस्कार | GCVO GBE, KCSI, KCIE Order of the Star of Nepal, गोरखा दक्षिण बाहु, त्रि शक्ति पट्ट, ओम राम पट्ट, Chief Commander of the Legion of Merit |
सैन्य सेवा | |
निष्ठा | Nepal |
शाखा/सेवा | Nepalese Army |
सेवाको वर्षहरू | 1901-1951 |
श्रेणी | कमाण्डिंग अफिसर |
लडाई/युद्धहरू | प्रथम विश्वयुद्ध द्वितीय विश्वयुद्ध |
बबर शम्शेर राणा राणाशासनका अन्तिम कमाण्डर इन चिफ थिए। उनी प्रधानमन्त्री मोहन शम्शेरका भाइ थिए। मोहन सम्शेर पछि यिनी नै प्रधानमन्त्रीको रोलक्रममा थिए। यिनको नेतृत्वमा नेपाली सेना प्रथम विश्वयुद्धमा पठाइएको थियो, द्वितिय विश्वयुद्ध मा एकराज शमशेर र व्रम्ह शमशेरकाे नेतृत्वमा पठाइएको ।
अंग्रेजले भारत छाडेर जानेबेला मोहन शमसेर राणालाई अंग्रेजले आफ्नो भूभाग फिर्ता लिन पत्र लेखेका थिए । तर बबर शमसेर जङ्गबहादुर राणा राणा शासन नै धर्रमरिएको अवस्थामा त्यसो गर्न नहुने भन्दै उनका दाजु मोहन शम्शेरलाई रोकेका थिए ।
कमान्डिङ जनरल बबर शमशेर कडा स्वभावका कट्टरपन्थी पुरातनवादी थिए। प्रधानमन्त्री पद्म शमशेरलाई शासन त्यागेर निर्वासित हुने छोडने अवस्थामा पुर्याउनेमा उनको ठुलो भूमिका थियो। दाजु प्रधानमन्त्री महाराज मोहन शमशेर कमजोर शासक भएको हुनाले गर्दा जनताले बिद्रोह गर्न सकेको भन्ने उनको विश्वास थियो।
आसेपसेहरु पनि पद्म शमशेरलाई जस्तै गरेर मोहन शमशेरलाई लखेटेर शासन भार सम्हाल्नका निमित्त उनलाई सत्ता हत्याउन उकास्ने गर्थे । । राणा परिवारका कट्टर पन्थिहरु जुनसुकै हालतमा पनि राणाहरुले मुलुकको शासन भार गुमाउनु हुदैन, जनबिद्रोहलाई दमन गर्नु पर्दछ भन्ने मान्यता राख्थे । २००७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुंगिए पछि त्यस समूह नेताको खोजीमा थियो। त्यस व्यक्ति जसले मुलुकमा आतंक मच्चाएर जनताका प्रतिनिधिहरु शासन सम्हाल्न सक्षम छैनन् त्यसकारण राणा शासन पुनः फर्काउने कार्य गर्न सकोस् ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "श्रद्धाञ्जली–एक सदाबहार बिद्रोही नेतालाई" (नेपालीमा), अन्तिम पहुँच २०२२ अप्रिल ११।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]